ब्यवसाय प्रवर्धनका लागि साकोस ब्यवस्थापकहरुसँग अन्तरक्रिया
'नेफ्स्कूनले सदस्य संघ संस्थाहरुको हितको लागि काम गर्छ'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'नेफ्स्कूनले सदस्य संघ संस्थाहरुको हितको लागि काम गर्छ'

काठमाडौं । नेफ्स्कून सुनसरी सदस्य सेवा कार्यालयको आयोजनामा ब्यवसाय प्रवर्धनका लागि साकोस ब्यवस्थापकहरुसँग अन्तरक्रिया तथा विजया दशमीको शुभकामना कार्यक्रम आज इटहरीमा सम्पन्न गरिएको छ ।

नेफ्स्कून सञ्चालक एवम् सुनसरी सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक लक्ष्मी सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा उपसमिति सदस्यहरु चन्द्रबहादुर सुवेदी र प्रदीप पोखरेल लगायत अतिथि रहनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सुवेदीले राख्नुभएको थियो ।

कार्यक्रममा नेफ्स्कून सञ्चालक सापकोटाले नेफ्स्कून सधै सदस्यहरुको साथ रहेको विश्वास दिलाउनुभएको थियो । सञ्चालक सापकोटाले नेफ्स्कून के हो, यसले गरेका कामहरुबारे उल्लेख गर्दै भन्नुभयो, ‘नेफ्स्कूनले सदस्य संघ संस्थाको हितबाहेक केही काम गर्दैन ।’ नेफ्स्कून सञ्चालक समितिले निस्वार्थ भावले सदस्यहरुको हित प्रवर्धनमा काम गरेको भन्दै उहाँले संघमार्फत भएका बहसपैरवी, संघको वस्तु तथा सेवा, मिरा इआरपी, स्तरीकरण र स्थिरीकरण कोष आदिबारे सहभागीहरुलाई स्पष्ट पार्नुभएको थियो । 

आजको छलफलमा सदस्य अनुगमन, सदस्य सूचना प्रणालीमा तथ्याङ्क अद्यावधिक, गुणस्तर सुनिश्चितता कार्यक्रममा सहभागिता, स्थिरीकरण कोषमा योगदान, जोखिम सुपरिवेक्षण, तालिम तथा शिक्षा आदि विषयहरु समेटिएका थिए ।

नेफ्स्कून सञ्चालक सापकोटाले साकोस अभियान र संस्था सञ्चालनका विषयमा व्यवस्थापन जानकार हुनुपर्नेमा जोड दिनुभयो । शरिर होस् वा साकोस हाम्रो बानी परिक्षण नगराउने रहेको भन्दै त्यसो गर्न नहुने उहाँले सुझाउनुभयो । उहाँले संघका बस्तु तथा सेवाहरु, नेपालमा सहकारीको संस्थागत विकास, नेफ्स्कूनको भूमिका, सहकारीका समसामयिक विषयबस्तुहरुबारे धारणा राख्नुभएको थियो । कार्यक्रममा आसन्न बडा दशैंको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

१७ साकोसबाट २७ जनाको सहभागिता रहेको कार्यक्रमको विषयवस्तुमााथि संघको सुनसरी सदस्य सेवा कार्यालय प्रमुख रामकृष्ण भट्टराईले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कूनकी बरिष्ठ सहायक विन्दा भट्टराईले तथा प्रविधि सहजकीरण संघका सूचना प्रविधि सहायक मिलन कोइरालाले गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरुले साकोस अभियानको समसामयिक मुद्दाहरुमा बहसपैरवीसँगै नेफ्स्कूनका लागि विभिन्न सुझावहरु समेत राख्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४१ दिन अगाडि

पाठकबाट थप