ब्यवसाय प्रवर्धनका लागि साकोस ब्यवस्थापकहरुसँग अन्तरक्रिया
'नेफ्स्कूनले सदस्य संघ संस्थाहरुको हितको लागि काम गर्छ'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'नेफ्स्कूनले सदस्य संघ संस्थाहरुको हितको लागि काम गर्छ'

काठमाडौं । नेफ्स्कून सुनसरी सदस्य सेवा कार्यालयको आयोजनामा ब्यवसाय प्रवर्धनका लागि साकोस ब्यवस्थापकहरुसँग अन्तरक्रिया तथा विजया दशमीको शुभकामना कार्यक्रम आज इटहरीमा सम्पन्न गरिएको छ ।

नेफ्स्कून सञ्चालक एवम् सुनसरी सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक लक्ष्मी सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा उपसमिति सदस्यहरु चन्द्रबहादुर सुवेदी र प्रदीप पोखरेल लगायत अतिथि रहनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सुवेदीले राख्नुभएको थियो ।

कार्यक्रममा नेफ्स्कून सञ्चालक सापकोटाले नेफ्स्कून सधै सदस्यहरुको साथ रहेको विश्वास दिलाउनुभएको थियो । सञ्चालक सापकोटाले नेफ्स्कून के हो, यसले गरेका कामहरुबारे उल्लेख गर्दै भन्नुभयो, ‘नेफ्स्कूनले सदस्य संघ संस्थाको हितबाहेक केही काम गर्दैन ।’ नेफ्स्कून सञ्चालक समितिले निस्वार्थ भावले सदस्यहरुको हित प्रवर्धनमा काम गरेको भन्दै उहाँले संघमार्फत भएका बहसपैरवी, संघको वस्तु तथा सेवा, मिरा इआरपी, स्तरीकरण र स्थिरीकरण कोष आदिबारे सहभागीहरुलाई स्पष्ट पार्नुभएको थियो । 

आजको छलफलमा सदस्य अनुगमन, सदस्य सूचना प्रणालीमा तथ्याङ्क अद्यावधिक, गुणस्तर सुनिश्चितता कार्यक्रममा सहभागिता, स्थिरीकरण कोषमा योगदान, जोखिम सुपरिवेक्षण, तालिम तथा शिक्षा आदि विषयहरु समेटिएका थिए ।

नेफ्स्कून सञ्चालक सापकोटाले साकोस अभियान र संस्था सञ्चालनका विषयमा व्यवस्थापन जानकार हुनुपर्नेमा जोड दिनुभयो । शरिर होस् वा साकोस हाम्रो बानी परिक्षण नगराउने रहेको भन्दै त्यसो गर्न नहुने उहाँले सुझाउनुभयो । उहाँले संघका बस्तु तथा सेवाहरु, नेपालमा सहकारीको संस्थागत विकास, नेफ्स्कूनको भूमिका, सहकारीका समसामयिक विषयबस्तुहरुबारे धारणा राख्नुभएको थियो । कार्यक्रममा आसन्न बडा दशैंको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

१७ साकोसबाट २७ जनाको सहभागिता रहेको कार्यक्रमको विषयवस्तुमााथि संघको सुनसरी सदस्य सेवा कार्यालय प्रमुख रामकृष्ण भट्टराईले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कूनकी बरिष्ठ सहायक विन्दा भट्टराईले तथा प्रविधि सहजकीरण संघका सूचना प्रविधि सहायक मिलन कोइरालाले गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरुले साकोस अभियानको समसामयिक मुद्दाहरुमा बहसपैरवीसँगै नेफ्स्कूनका लागि विभिन्न सुझावहरु समेत राख्नुभएको थियो ।

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

२ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२० घण्टा अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

२ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२० घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

पाठकबाट थप