सञ्जाल अभिमुखीकरण तथा व्यवसाय प्रवर्धन कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सञ्जाल अभिमुखीकरण तथा व्यवसाय प्रवर्धन कार्यक्रम सम्पन्न

झापा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) दमक सदस्य सेवा कार्यालय तथा विर्तामोड सेवा केन्द्रले पनि हालै साकोसका व्यवस्थापकहरुसँग बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना सहित साकोस सञ्जाल अभिमुखीकरण तथा ब्यवसाय प्रवद्र्धन सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।

नेफ्स्कून दमक सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य एवम् स्वर्णलक्ष्मी साकोस दमकका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षतामा आयोजित कार्यक्रममा दमकमा १२ व्यवस्थापक तथा विर्तामोडमा ६ जना व्यवस्थापकको सहभागिता थियो । 

कार्यक्रममा सबैले एक आपसमा शुभकामना आदानप्रदान गर्नु भएको थियो । कार्यक्रममा सम्पूर्ण सहभागिलाई बिजया दशमी र शुभ दिपावली २०८१ को शुभकामना समेत व्यक्त गर्दै नेफ्स्कूनले सहकारी अभियानका लागि गरि रहेको पहल कदमी बारे कार्यक्रमका सभाअध्यक्षले जानकारी गराउनु भएको थियो । 

विभिन्न साकोसका सहभागि हुनु भएका अध्यक्षहरुले नेफ्स्कून धेरै लामो पछि यसरी आयोजना गरेको सञ्जाल अभिमुखीकरण तथा अन्तक्र्रिया कार्यक्रम एकदमै प्रभावकारी रहेको र धेरै कुराहरु सिक्ने अवसर प्राप्त भएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा सदस्य सेवा कार्यालयका प्रमुख रिसभराज रेग्मीले संघको प्रदान गरीराखेको वित्तिय सेवाहरु, बचत तथा ऋण सहकारीका सिद्धान्तहरु, सहकारी नियमनको अन्तराष्ट्रिय अभ्यास, नफ्स्कूनको छैटै रणनीतिक योजना, सञ्जालका संथागत मूल्यहरु, स्थिरीकरण कोषको कानुनी पृष्ठभूमि, सञ्चालन समितिको संरचना, स्थिरीकरण कोष किन आवश्यक छ, कोषमा सहभागिताका लागि योग्यता र कोषको उपयोग, नेफ्स्कूनका बस्तु तथा सेवाहरु, जोखिम सुपरीवेक्षण कार्यक्रम, तालिम, शिक्षा, सदस्य सूचना प्रणाली (एम.आई.एस) मा तथ्यांक अद्यावधिक, मिरा सफ्टवेयरको प्रयोग, नेफ्स्कूनको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्दै जानकारी गराउनु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप