स्थिरीकरण कोष अभिमुखीकरण तथा व्यवस्थापन प्रमुखहरुसँग अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थिरीकरण कोष अभिमुखीकरण तथा व्यवस्थापन प्रमुखहरुसँग अन्तरक्रिया

काठमाडौं । नेफ्स्कून नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सदस्य सेवा कार्यालय दाङको आयोजना तथा लमही नगरपालिका दाङको समन्वयमा स्थिरीकरण कोष अभिमुखीकरण तथा व्यवस्थापन प्रमुखहरुसँग अन्तरक्रिया कार्यक्रम असोज २० गते आइतबार सम्पन्न भएको छ ।

कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले  स्थिरीकरण कोषको आवश्यकता, पहलकदमी, उद्देश्य लगायत बिषयमा मार्ग निर्देशनात्मक भनाइ राख्नुभएको थियो ।  

नेफ्स्कून सदस्य सेवा कार्यालय ब्यवस्थापन उप–समिति सदस्य शिवध्वज मल्लको अध्यक्षता  रहेको कार्यक्रममा प्रमूख अतिथी लमही नगरपालिका प्रशासन शाखा प्रमूख महेश थापा ठेडी रहनुएको थियो भने जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष  बिमल अधिकारी,  नगरपालिकाका सहकारी प्रवद्धन तथा रोजगार शाखा प्रमूख लक्ष्मी सुवेदी, जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक सदस्य जोगमान खड्का, देउखुरी सहकारी क्लव संयोजक माधव पौडेल लगायत रहनुभएको थियो । 

कार्यक्रममा प्रमूख अतिथि  ठेडीले बचत तथा ऋण सहकारीहरुको सुरक्षा कवचको रुपमा रहेको स्थिरीकरण कोषको बिषय सहकारी ऐन २०७४ मा नै ब्यवस्था भएको हुदा यो कोषलाई कार्यान्वयनमा ल्याउन अभिमुखीकरण कार्यक्रमको महत्वपूर्ण भुमिका रहेको जानकारी गराउनु भयो । समुदायमा आधारित सहकारीहरुमा अझै पनि सहकारी सम्बन्धी चेतना, मुल्य मान्यताका, सिद्धन्तको बारेमा जानकारी नभएको हुँदा यस्ता तालिम तथा शिक्षाका कार्यक्रम सञ्चालनले सहकारी सञ्चालनमा सजिलो हुने कुरा जानकारी गराउदै कार्यक्रम सफलताको शुभकामना दिनुभयो । 

यस्तै, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष अधिकारील स्थिरीकरण कोषमा योगदान गर्न न्यूनतम मापदण्ड रहेको जानकारी गराउँदै साकोसहरुलाई कोषमा जोडन अनुरोध गर्नुभयो । कोषले सस्था निरन्तर सञ्चालनमा महत्वपूर्ण भुमिका खेल्ने उहाँले जानकारी गराउनुभयो । 

यस्तै, नेफ्स्कून दाङ सदस्य सेवा कार्यालय ब्यवस्थापन उप–समिति सदस्य मल्लले अन्तर्राष्ट्रिय  अभ्यासहरु हेर्दा नेपालमा पनि यो कोषको आवश्यकता रहेको हुँदा यो कोष खडा गरिएको जानकारी गराउँदै कोषमा जोडिन सबैलाई आब्हान गर्दै उद्घाटन समारोह समापन गनुभयो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक सदस्य जोगमान खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नेफ्स्कून सदस्य सेवा कार्यालयका प्रमुख बिष्णुदत्त जोशीले स्थिरीकरण कोष तथा संघका वस्तु तथा सेवाबारे प्रस्तुतीकरणसँगै कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न साकोसका ४० जना ब्यवस्थापकको उपस्थिति रहेको थियो । कार्यक्रमको व्यवस्थापन सदस्य सेवा कार्यालय सहायक दिनेश महराले गर्नुभएको थियो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप