स्थापनाको १६औं वर्ष प्रवेशको खुसी साट्दै समायोजन साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थापनाको १६औं वर्ष प्रवेशको खुसी साट्दै समायोजन साकोस

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-३ स्थित समायोजन बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १६औं स्थापना दिवसको पूर्वसन्ध्यामा आज एक कार्यक्रम आयोजना गरेको छ ।

साकोसको स्थापना दिवस असोज २६ गते भएपनि बडा दशैंको सम्मुख पर्ने भएकाले आज एक कार्यक्रम गरी वार्षिकोत्सवको खुसी साटासाट, चाडपर्वहरुको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम आयोजना गरेको हो ।

साकोसका अध्यक्ष दामोदर पौड्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी प्रमुख अतिथि रहनुभएको थियो भने उपप्रमुख अनिता लामा, नेफ्स्कून सञ्चालकद्वय सिता ढकाल पौडेल तथा खेमराज सुवेदी, बुढानिलकण्ठ नगरपालिकाको १३ वटै वडाका वडा अध्यक्षहरु बिशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, वडा सदस्यहरु, बुद्धिजीवी, पत्रकार, उद्योगीहरु तथा छिमेकी सहकारी संस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरु, साकोसको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति, उपसमिति, व्यवस्थापन तथा सेयर सदस्यहरुको बाक्लो सहभागिता रहेको नेफ्स्कून चावहिल सदस्य सेवा कार्यालय प्रमुख राधा पोखरेलले जानकारी गराउनुभयो ।

साकोसका अध्यक्ष पौड्याल नेफ्स्कून चाबहिल सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य समेत हुनुहुन्छ ।

भर्खरै
लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप