चाड पर्वमा हाम्रो जनकल्याण
'हाम्रो जनकल्याणको खाद्यान्न सहयोगले दशैं खुशीका साथ बित्छ'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'हाम्रो जनकल्याणको खाद्यान्न सहयोगले दशैं खुशीका साथ बित्छ'

दोलखा । चाड पर्वमा हाम्रो जनकल्याण भन्ने अभियानलाई सार्थक बनाउँदै भीमेश्वर नगरपालिकाका ९ वटाका असहाय व्यक्ति तथा परिवारलाई खाद्यन्न सहयोग वितरण गरिएको छ ।

९ वटै वडाले सिफारिस गरेका ३/३ जना गरी २७ जना व्यक्तिलाई सम्बन्धित वडाको पायक पर्ने स्थानमा पुगी उक्त खाद्यन्न सहयोग वितरण गरिएको हो ।

चाड पर्वहरु मध्ये नेपाली समाजमा बढी महत्व पाएको र पारिवारिक जमघटका साथ मनाइने चाड दशैंमा आयआर्जन गर्न सक्ने परिवारमा जुन खुशीका साथ दशैं भित्रन्छ आयआर्जन गर्न नसक्ने र असहाय परिवारमा दशैंले पीडा थप्ने रे खुशी लुटिने भएकाले थोरै भएपनि खुशी बाँड्नु पर्छ र असहाय व्यक्ति  वा परिवारमा पनि खुशीका साथ दशैं मनाउने वातावरण बनाउनुपर्छ भन्ने सन्देशका साथ विगत ३ वर्षदेखि हाम्रो जनकल्याणले खाद्यन्न सहयोग वितरण गर्दै आएको छ ।

खाद्यन्न सामग्रीमा चामल, तेल, चिउरा, मसला, चिनी लगायतका सामग्री राखिएको थियो । प्रति व्यक्तिलाई तीन हजार तीन सय बराबरको सामग्री वितरण गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिनुभयो ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत फरक फरक गतिविधि सञ्चालन गर्दै आइरहेको छ । त्यसै अन्तरगत खाद्यन्न सहयोगलाई निरन्तरता दिएको संस्थाका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिनुभयो ।

हाम्रो जनकल्याण आफ्नो मुख्य व्यवसायसँगै सामाजिक गतिविधि र स्थानीय सरकारको साझेदारका रुपमा रहेको भीमेश्वर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हरिशरण शिवाकोटी बताउनुहुन्छ ।

हाम्रो जनकल्याणले गर्ने गतिविधिहरु पारदर्शी र समाजको आवश्यकतालाई पूरा गर्ने किसिमको भएको बताउँदै भीमेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नबीन कुमार लामाले बताउनुभयो ।

खाद्यन्न सामग्री ग्रहण गर्दै भीमेश्वर १ सुस्पाक्षमावतीको ८५ वर्षीय मंगली थामीले हाम्रो जनकल्याण मेरो लागि ईश्वर भएर आएको बताउनुभयो । सहयोग प्राप्त गर्ने त्यसै वडाकी एक सय वर्षकी आइतीमाया थामी जसले श्रीमान गुमाएको ५० वर्ष भइसक्यो । देवरको हेरचाहमा रहेकी आइतीमायाको देवरको मृत्यु भएको पनि १५ वर्ष बढी भइसकेको छ । नजिकै रहेकी छोरीले हेरचाह गरेपनि छोरीको पनि आर्थिक अवस्था भने दयनीय नै भएको स्थानीयहरु बताउँछन् ।

त्यसैगरी, उमेरमै उच्च रक्तचाप भई शारीरिक अपाङ्गता भएका ३७ वर्षीय पूर्ण सार्की गहभरी आँशु बनाउँदै ७४ वर्षका वृद्ध बुबालाई पालनपोषण गर्नुपर्नेमा आफू विरामी परेकाले वृद्ध बाबुको कमाइले आफू बाँच्नु परेको छ । यस्तो अवस्थामा वडाले गरेको सिफारिसमा हाम्रो जनकल्याणले दिएको खाद्यन्न सहयोगले दशैं खुशीका साथ बित्ने बताउनुहुन्छ । खाद्यन्न सामग्री प्राप्त गर्ने अधिकांश व्यक्तिहरु एकल, अपाङ्गता भएका, दिर्घरोगी तथा श्रीमानबाट पीडित भएका छन् । 
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप