पश्चिम नेपाल साकोस: १७ औं बार्षिक साधारण सभा
सुशासनलाई केन्द्रमा राखेर संस्था सञ्चालन गर्न नेफ्स्कून सञ्चालक गिरीको आग्रह
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुशासनलाई केन्द्रमा राखेर संस्था सञ्चालन गर्न नेफ्स्कून सञ्चालक गिरीको आग्रह

म्याग्दीस्थित पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औं बार्षिक साधारण सभा असोज १९ गते सम्पन्न भएको छ । संस्थाको गत बैशाख ११ गतेको सञ्चालक समितिको निर्णयानुसार असोज ५ गतेबाट सुरु भएको सेवा केन्द्रस्तरीय साधारण सभा असोज १९ गते निर्णय प्रमाणीकरण सभा गरी सम्पन्न भएको हो । 

साकोसका अध्यक्ष भिमप्रसाद गौतमको अध्यक्षतामा आयोजित साधारण सभाकी प्रमुख अतिथि नेफ्स्कून सञ्चालक कमला देवि गिरी रहनुभएको थियो । सभामा उहाँले समयमै साधारण सभा सम्पन्न गरेकोमा पश्चिम नेपाल साकोसलाई बधाई शुभकामना दिदैं साकोसको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

उहाँले साकोसले नीति, विधि र प्रविधिमा आधारित भई सदस्यहरुको सेवामा कटिवद्ध हुनुपर्ने भन्दै सुशासनलाई केन्द्रमा राखेर साकोस सञ्चालनका लागि आग्रह गर्नुभयो । समुदायमा आधारित सहकारीहरुको आवश्यकता आजको दिनमा झनै टड्कारो भएको भन्दै सदस्यहरुलाई हर प्रकारको सेवा प्रदान गर्ने सहकारीहरु सदस्यको मनमा बस्ने पनि उहाँले बताउनुभयो । 

सभामा स्थानीय लब्धप्रतिष्ठितहरु, साकोसको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा उपसमिति, व्यवस्थापन तथा सेयर सदस्यहरुको बाक्लो उपस्थिति थियो ।

२०६३ सालमा स्थापित पश्चिम नेपाल साकोस समुदायमा आधारित भई सदस्यहरुलाई सेवारत छ । यसैगरी, साकोसका अध्यक्ष गौतम नेफ्स्कूनको पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य समेत हुनुहुन्छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप