नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालयको आयोजनामा दुई महत्वपूर्ण कार्यक्रम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालयको आयोजनामा दुई महत्वपूर्ण कार्यक्रम 

काठमाडौं । नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालयको आयोजनामा हिजो र आज दुई महत्वपूर्ण कार्यक्रम सम्पन्न भएका छन् ।
असोज २१ गते साकोस व्यवस्थापकहरुसँग अन्तरक्रिया तथा बडा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ भने हिजो असोज २० गते उद्यमशिलता विकास कार्यक्रम आयोजना गरिएको थियो ।

दुबै कार्यक्रम नेफ्स्कून सञ्चालक एवम् पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक कमला देवी गिरीको अध्यक्षतामा सम्पन्न भएका थिए । 

आजको कार्यक्रममा नेफ्स्कून सञ्चालक गिरीले संघमार्फत भैरहेका बहसपैरवीहरु, संघको छैठौं रणनीतिक योजनाका विशेषताहरु, संघको वस्तु तथा सेवा, मिरा इआरपी, स्थिरीकरण कोष, स्तरीकरण कार्यक्रम लगायतका समसामयिक विषयमा विकसित पछिल्लो अवस्थाबारे अवगत गराउनुभएको थियो । सञ्चालक गिरीले संघको रणनीतिक योजना कार्यान्वयनमा सदस्य संस्थाहरुको सहयोग र योगदानको अपेक्षा गर्नुभएको थियो । सदस्य संघ संस्थाका जिम्मेवार व्यक्तिहरुबाट प्राप्त सुझाव नेफ्स्कूनका लागि मार्गदर्शन हुने उहाँले बताउनुभयो ।

साथै उहाँले अन्तरक्रिया कार्यक्रममा सहभागिताका लागि सबैप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विजया दशमी, दिपावली लगायतका आसन्न चाडको शुभकामना आदानप्रदान समेत गरिएको थियो । कार्यक्रममा पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत एवम् नेफ्स्कूनका पूर्व सञ्चालक भिम गुरुङ, पोखरा महानगर सहकारी व्यवस्थापन समितिका सदस्य नारायणप्रसाद आचार्य, सीएमसी कास्कीका सहसचिव प्रेमसागर अधिकारी लगायत १० साकोसका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसैगरी, हिजोको कार्यक्रममा उद्यमशीलता के हो ? उद्यमशीलता प्रवर्धनमा सरकारका प्रयासहरु, उद्यमशीलताका विशेषताहरु, नेफ्स्कूनमार्फत उद्यमशीलता विकासका लागि भएका रणनीतिक सहकार्यहरु र तिनको प्रभावकारिता, उद्यमशीलता र सहकारी अभियानबीचको सम्बन्ध आदिबारे प्रस्तुतीकरणमार्फत सहभागीहरुलाई जानकारी गराइएको थियो ।  कार्यक्रममा विभिन्न साकोसका व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।

दुबै कार्यक्रम सञ्चालन संघको पोखरा सदस्य सेवा कार्यालय इन्चार्ज दिप्ती आचार्यले गर्नुभएको थियो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप