व्यवसाय प्रबर्द्धनका लागि व्यवस्थापकसँग अन्तरक्रिया
साकोस अभियानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जालको विश्वासपात्र नेफ्स्कून भएको सञ्चालक सापकोटाको दाबी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस अभियानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जालको विश्वासपात्र नेफ्स्कून भएको सञ्चालक सापकोटाको दाबी

काठमाडौं । नेफ्स्कून विराटनगर सेवा केन्द्रको आयोजनामा व्यवसाय प्रबर्द्धनका लागि व्यवस्थापकसँग अन्तरक्रिया कार्यक्रम १७ साकोसबाट २४ जनाको उपस्थितिमा सम्पन्न भएको छ ।

नेफ्स्कून सञ्चालक एवम् संघको सुनसरी सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक लक्ष्मी सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा उहाँले संघ सबैको निर्विकल्प अभिभावक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेफ्स्कून सधैं सदस्यको मात्र हित चाहने स्वार्थरहित संघ हो । यो सधैं सदस्य संघ संस्थाको स्थायित्वप्रति चिन्तित रहन्छ ।’

उहाँले नेफ्स्कूनको वर्तमान सञ्चालक समिति तथा व्यवस्थापन साकोस अभियानको सुदृढीकरणप्रति लागि परेको विश्वास सहभागीहरुलाई दिलाउनुभयो । साकोस अभियान कमजोर होस् भन्ने कामना गर्नेहरु नेफ्स्कूनको विरोधमा हुनु आश्चार्यको विषय नभएको समेत उहाँले उल्लेख गर्नुभयो ।

सोही कारण सबै संघ संस्थाहरुले आ–आफ्नो स्थानबाट साकोस अभियानलाई सबल र सुदृढ बनाउन योगदान गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।

यसैगरी, सञ्चालक सापकोटाले नेफ्स्कून साकोस अभियानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जालको विश्वासपात्र भएको समेत दाबी गर्नुभयो । साकोस अभियानको डिजिटलाइजेसनबारे सञ्चालक सापकोटाले भन्नुभयो, ‘मिरा इआरपीबाट अब सबै समाधान दिने प्रयास भैरहेको छ ।’

कार्यक्रममा उहाँले आसन्न बडा दशैं, दिपावली, छठ, नेपाल सम्वत्को शुभकामना समेत दिनुभएको थियो ।

कार्यक्रमको विषयवस्तुमाथि संघको सुनसरी सदस्य सेवा कार्यालय प्रमुख रामकृष्ण भट्टराईले प्रस्तुतीकरण गर्नुभएको थियो ।  कार्यक्रम संचालन नेफ्स्कून विराटनगर सेवा केन्द सेवा केन्द्र ईन्चार्ज लक्षमण अधिकारीले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

पाठकबाट थप