नवविकास साकोसका सञ्चालकहरुको क्षमता विकास तालिम
‘हामी सञ्चालकहरु सदस्यका लागि काम गर्न आएका हौं’ भन्ने बोध हुनुपर्दछ: नेफ्स्कून अध्यक्ष
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘हामी सञ्चालकहरु सदस्यका लागि काम गर्न आएका हौं’ भन्ने बोध हुनुपर्दछ: नेफ्स्कून अध्यक्ष

भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारी अभियानको छवि पुनर्स्थपित गर्न धेरै काम गर्नुपर्ने आवश्यकता औल्याउनुभएको छ । यसका लागि अभियान नेतृत्वको काँधमा गहन जिम्मेवारी भएको स्वीकार्दै त्यो निर्वाह गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो । 

रौतहटको चन्द्रपुरस्थित नवविकास बचत तथा ऋण सहकारी संस्था लि. का सञ्चालकहरुको क्षमता विकास तालिम (सीयूडीसीसी) को हिजो भक्तपुरको नगरकोटमा उद्घाटनका क्रममा प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष ढकालले उक्त विचार राख्नुभएको हो ।

साकोसका अध्यक्ष राजेन्द्र तिवारीले अध्यक्षता गर्नुभएको तालिम कार्यक्रममा  रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघका महासचिव एवम् साकोसका निवर्तमान अध्यक्ष देव बहादुर सापकोटासँगै १७ जनाको सहभागिता रहेको छ ।

उद्घाटनमा नेफ्स्कून अध्यक्ष ढकालले सुशासन, इमानदारी, पारदर्शिता, एकता, सदस्य हित जस्ता सहकारीका अन्तर्निहित मूल्य, मान्यतासँगै सिद्धान्तको टेको टेकेर निन्तरत अघि बढ्ने विश्वास दिलाउनुभएको हो । यसैगरी, प्रारम्भिक संस्थाहरुले पनि आफ्नो तर्फबाट झनै गहन जिम्मेवारी निर्वाह गर्नुपर्ने भन्दै छवि पुनर्निर्माणका लागि आफ्ना नीति, कार्यक्रम, रणनीति, कार्ययोजना आदि निर्माण गर्दा सदस्य र समुदाय केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । यसो गर्न सक्दा सदस्यहरुले संस्थाप्रति अपनत्व महशुस गर्ने उहाँले बताउनुभयो । 

सहकारीका सदस्यहरुले आफ्नो मान्दा संस्थाग्रत ग्रोथ समस्या नहुने र यसले सम्रग अभियानको छवि स्थापित हुने दाबी गर्नुभयो । ‘मुख्य कुरा भनेको हामीले सदस्यको विश्वास आर्जन गर्ने काम गर्नुपर्दछ, ’अध्यक्ष ढकालले भन्नुभयो, ‘तपाई सञ्चालकहरुले सदस्यहरुलाई नवविवकास साकोसको इतिहास र स्थापनाकालीन मर्म बुझाउन सक्नुपर्दछ । सँगै उक्त मर्मलाई आत्मसात गरी संस्थाको व्यवहारमा लागू गर्नुपर्दछ ।’

उहाँले अगाडि भन्नुभयो, ‘हामीले अन्य सहकारीहरुले गरेका राम्रा कार्यहरु अवलोकन गर्ने, सिक्ने र असल अभ्यासहरुलाई लागू गर्न सक्यौं भने त्यसले सदस्य र समुदायलाई हित हुन्छ ।’ उहाँले संस्थाले कति सदस्यहरुलाई जोड्यो, वित्तीय पहुँचविहिन कति सदस्यहरुलाई जोड्न सक्यो भन्ने लेखाजोखा गरी अघि बढ्नुपर्ने सुझाव उहाँको थियो । मूलतः यस्तै कार्यहरुले सहकारीको छवि पुनस्र्थापित गर्न मद्दत गर्ने अध्यक्ष ढकालको भनाइ थियो ।

सहकारीमार्फत प्रचूर काम गर्न सकिने वास्तविकता बताउँदै सञ्चालकहरुले ‘हामी सदस्यका लागि काम गर्न आएका हौं’ भन्ने बोध गरेर काम गनुपर्ने उल्लेख गर्नुभयो । यी विषयहरुलाई केन्द्रमा राखेर सेवा विविधिकरणको आवश्यकतामा समेत अध्यक्ष ढकालले जोड दिनुभयो ।

उद्घाटन कार्यक्रममा मधेश प्रदेशको सानको रुपमा रहेको नवविकास साकोसको गर्विलो इतिहास, उपलब्धिसँगै नयाँ सञ्चालक समितिको गहन जिम्मेवारीसँगै भावी रणनीति र सदस्य सेवाका विषयमा अध्यक्ष तिवारीले धारणा राख्नुभएको थियो । यसैगरी, ४ वर्ष निरन्तर प्रोवेसन ब्राण्ड प्राप्त साकोसले भावी दिनमा थप सक्रियताका साथ सदस्य सेवामा समर्पित गर्ने धारणा पनि राखिएको थियो ।

नवविकास साकोस हाल नेफ्स्कूनले एशियाली ऋण महासंघ (अकू) को प्राविधिक सहयोगमा सञ्चालन गरेको अन्तर्राष्ट्यि स्तरको एक्सेस स्तरीकरण कार्यक्रममा आवद्ध छ ।

३० जनाको सहभागिता रहेको तालिममा आज नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले सहकारीमा नेतृत्व विकास तथा छवि निर्माणबारे सत्र सहजीकरण गर्नुभएको छ । तालिम सहजीकरण संघका सहायक कार्यकारी अधिकृत गणेशप्रसाद तिमल्सिना तथा अनुगमन अधिकृत सुमनराज घिमिरेले गर्नुभएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप