ढिकालेथर महिला साकोसको १२औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 ढिकालेथर महिला साकोसको १२औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । पोखरा महानगरपालिका वडा नं १२ ढिकालेथर चोकस्थित ढिकालेथर महिला बचत तथा ऋण सहकारी संस्था लि. ले १२ औ बार्षिक साधारण सभा कार्तिक ३ गते शनिबार सम्पन्न गरेको छ । साकोसकी अध्यक्ष सृजना आचार्य सिग्देलको अध्यक्षतमा भएको कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) की संचालक सदस्य कमलादेवी गिरी प्रमुख अतिथि रहनुभएको थियो ।

सभामा नेफ्स्कून संचालक गिरीले वर्तमान अवस्थामा सहकरीमा देखिएको समस्या र समाधानबारे चर्चा गर्दै बचत ऋण सहकारीको केन्द्रीय संघको रुपमा नेफ्स्कूनले जल्दाबल्दा विषयमा जारी राखेको बहसपैरवी, क्षमता अभिवृद्धिका लागि निरन्तर गरिरहेको तालिम, शिक्षा कार्यक्रम, सदस्य साकोसहरुको गुणस्तर सुनिश्चितताका लागि सञ्चालनमा रहेका कार्यक्रमहरु, स्थिरीकरण कोष, सञ्जाल साझेदारी लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

उहाँले सदस्य हितलाई केन्द्रमा राखेर संघले रणनीतिक योजना निर्माण तथा लागू गरेको जानकारी गराउनुभएको थियो । साथै उहाँले ढिकालेथर महिला साकोसले समयमै वार्षिक साधारण सभा सम्पन्न गरेकोमा बधाई शुभकामनासँगै महिलाहरुले सञ्चालन गरेका सहकारीहरु उदाहरणीय बनेको तथ्य पनि पस्कनुभएको थियो ।

सभामा कास्की जिल्ला सहकारी संघ तथा राष्ट्रिय सहकारी बैककी लेखा सुपरिवेक्षण समिति सदस्य चन्द्रा ढकाल पराजुलीले सबै मिली आफ्नो आर्थिक, सामाजिक र सांस्कृति माथि उठाउन गरिएको सामुहिक प्रयास नै सहकारी भएको धारणा राख्नुभयो । सभामा साकोसकी संस्थापक अध्यक्ष जमुना आचार्य, सल्लाहकारद्धय कुलप्रसाद दाहाल, बलवहादुर कार्की, शेयर सदस्य भगवती बाँस्तोला र छिमेकी संस्था सुनौलो भविष्य महिला बचत तथा ऋण सहकारी संस्था लि. की अध्यक्ष प्रतिभा तिमिल्सिना लगायतले शुभकामनसहित समसामयिक विषयमा धारणा राख्नुभएको थियो ।

सभामा साकोसकी उपाध्यक्ष सीता गौतम दाहालले स्वागत र सचिव प्रभा तिमिल्सिनाले आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

८ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

८ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप