ढिकालेथर महिला साकोसको १२औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 ढिकालेथर महिला साकोसको १२औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । पोखरा महानगरपालिका वडा नं १२ ढिकालेथर चोकस्थित ढिकालेथर महिला बचत तथा ऋण सहकारी संस्था लि. ले १२ औ बार्षिक साधारण सभा कार्तिक ३ गते शनिबार सम्पन्न गरेको छ । साकोसकी अध्यक्ष सृजना आचार्य सिग्देलको अध्यक्षतमा भएको कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) की संचालक सदस्य कमलादेवी गिरी प्रमुख अतिथि रहनुभएको थियो ।

सभामा नेफ्स्कून संचालक गिरीले वर्तमान अवस्थामा सहकरीमा देखिएको समस्या र समाधानबारे चर्चा गर्दै बचत ऋण सहकारीको केन्द्रीय संघको रुपमा नेफ्स्कूनले जल्दाबल्दा विषयमा जारी राखेको बहसपैरवी, क्षमता अभिवृद्धिका लागि निरन्तर गरिरहेको तालिम, शिक्षा कार्यक्रम, सदस्य साकोसहरुको गुणस्तर सुनिश्चितताका लागि सञ्चालनमा रहेका कार्यक्रमहरु, स्थिरीकरण कोष, सञ्जाल साझेदारी लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

उहाँले सदस्य हितलाई केन्द्रमा राखेर संघले रणनीतिक योजना निर्माण तथा लागू गरेको जानकारी गराउनुभएको थियो । साथै उहाँले ढिकालेथर महिला साकोसले समयमै वार्षिक साधारण सभा सम्पन्न गरेकोमा बधाई शुभकामनासँगै महिलाहरुले सञ्चालन गरेका सहकारीहरु उदाहरणीय बनेको तथ्य पनि पस्कनुभएको थियो ।

सभामा कास्की जिल्ला सहकारी संघ तथा राष्ट्रिय सहकारी बैककी लेखा सुपरिवेक्षण समिति सदस्य चन्द्रा ढकाल पराजुलीले सबै मिली आफ्नो आर्थिक, सामाजिक र सांस्कृति माथि उठाउन गरिएको सामुहिक प्रयास नै सहकारी भएको धारणा राख्नुभयो । सभामा साकोसकी संस्थापक अध्यक्ष जमुना आचार्य, सल्लाहकारद्धय कुलप्रसाद दाहाल, बलवहादुर कार्की, शेयर सदस्य भगवती बाँस्तोला र छिमेकी संस्था सुनौलो भविष्य महिला बचत तथा ऋण सहकारी संस्था लि. की अध्यक्ष प्रतिभा तिमिल्सिना लगायतले शुभकामनसहित समसामयिक विषयमा धारणा राख्नुभएको थियो ।

सभामा साकोसकी उपाध्यक्ष सीता गौतम दाहालले स्वागत र सचिव प्रभा तिमिल्सिनाले आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
 
भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२३ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप