पोखरामा ‘सहकारीका साझा सवाल सम्बन्धी सचेतना कार्यक्रम’ सम्पन्न  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरामा ‘सहकारीका साझा सवाल सम्बन्धी सचेतना कार्यक्रम’ सम्पन्न  

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा गण्डकी प्रदेशको कास्की जिल्लास्थित पोखरामा 'सहकारीमा साझा सवाल सम्बन्धी सचेतना कार्यक्रम' आज सम्पन्न भएको छ ।  नेफ्स्कून सञ्चालक एवं गण्डकी प्रदेश संयोजक गोपाल प्रसाद गौतमको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेफ्स्कून सञ्चालक एवं पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक कमला देवी गिरी विशेष व्यक्तित्व रहनुभएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका पूर्व सञ्चालक तथा पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भिम गुरुङ, जिल्ला सहकारी संघ लि तनहुँका अध्यक्ष एवं राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक प्रदिप अधिकारी, कास्की जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का कार्यबहाक अध्यक्ष इश्वर प्रसाद सुवेदी, नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन समिति सदस्यहरु रुद्रनाथ पौडेल, टिकाराम आचार्य, महानगर सहकारी व्यवस्थापन समितिका सहकारी विज्ञ नारायण प्रसाद आचार्य लगायत प्रदेशका विभिन्न जिल्लाका साकोसकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेफ्स्कून सञ्चालकहरु  कमला देवी गिरी तथा गोपाल प्रसाद गौतमले कार्यक्रमको उद्देश्य, सहकारीहरुले दिगो विकासका लागि खेल्नुपर्ने भूमिका, नेफ्स्कूनका गतिविधिहरुसँगै सहकारीका समसामयिक विषयमा चर्चा गर्नुभएको थियो भने नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन समिति सदस्य रुद्रनाथ पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन पछिका सत्रहरुमा नेफ्स्कूनका प्राचार्य बल्लभ तिमिल्सिनाले दिगो विकासका लक्ष्यमा सहकारीहरुको योगदान, अन्तराष्ट्रिय सहकारी बर्ष २०२५ लाई संस्थाको कार्यक्रममा  समाहित गरी मनाउने विषयसँगै सहकारी परिचयको आयातनलाई फराकिलो बनाउँदै आन्तरिक संगठन र सुशासन चुस्त बनाउने देखि समाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा सहभागी हुँदै सदस्यहरुको सर्वाङ्गीण विकासमा सहकारीको भूमिका थप मजबूत बनाउने विषयहरु समेटिएको प्रस्तुतीकरण सहित विषयवस्तुमाथि समूह कार्य, प्रस्तुति आदिका माध्यमबाट सहजीकरण गर्नुभएको थियो भने संघका कार्यक्रम अधिकृत मनोज खड्काले सहजीकरण सहयोग गर्नुभएको थियो ।

आजको कार्यक्रम संघको पोखरा सदस्य सेवा कार्यालय प्रमुख दिप्ती आचार्यले सञ्चालन गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप