चितवनमा ‘सञ्जाल साझेदारी बैठक’ सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनमा ‘सञ्जाल साझेदारी बैठक’ सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा आज २०८१ कार्तिक ८ गते बिहिबार चितवनको भरतपुरमा ‘सञ्जाल साझेदारी बैठक’ सम्पन्न भएको छ । सञ्जाल साझेदारी सम्बन्धी नेफ्स्कूनको रणनीतिक प्राथमिकताका सम्बन्धमा विभिन्न संघहरुसँग छलफल गर्ने, थप स्पष्ट पार्ने तथा रचनात्मक सुझावहरु संकलन गर्ने उद्देश्यका साथ संघले यो प्रादेशिक बैठक आयोजना गरेको हो । सोही सिलसिलामा आज बागमती प्रदेशस्तरीय यो कार्यक्रम आयोजना गरिएको हो ।

बैठकमा नेफ्स्कून सञ्चालक एवम् बागमती प्रदेश संयोजक खेमराज सुवेदीको अध्यक्षता रहेको थियो भने संघका लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेलको प्रमुख आतिथ्यता र संघकी सञ्चालक सिता ढकाल पौडेलको आतिथ्यता थियो । यसैगरी, राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक तेजेन्द्रबहादुर खड्का, चितवन जिल्ला बचत संघकी अध्यक्ष विद्या कोइराला, संघको चितवन सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरु तुलमणि पौडेल, रामशरण सिलवाल, केदार न्यौपाने तथा संघको मकवानपुर सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरु आशा कुमारी र राजेन्द्र पौडेलको आतिथ्यता थियो । यस्तै, नवलपुर जिल्ला बचत तथा ऋण सघ लि. का सन्चालक सदस्य श्याम सुन्दर लामिछाने, मकवानपुर जिल्ला बचत संघका सहसचिव बिजय बहादुर बस्नेतको पनि सहभागिता रहेको थियो ।

बैठकमा चितवन, नवलपुर र मकवानपुर जिल्लाका बचत संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बैठकमा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिना, चितवन सदस्य सेवा कार्यालय प्रमुख यमकला सुवेदीसँगै स्थानीय व्यवस्थापनको सहभागिता थियो । 

अन्तरक्रियात्मक बैठकमा बक्ताहरुले सञ्जाल साझेदारीको आवश्यकतासँगै संघको वर्तमान सञ्चालक समितिले यसलाई दिएको प्राथमिकताबारे चर्चा गर्नुका साथै सञ्जाल साझेदारीले साकोस अभियान सुदृढ अनि सबल हुने धारणा व्यक्त गर्नुभएको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१७ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१७ घण्टा अगाडि

पाठकबाट थप