सञ्जाल साझेदारी बैठक
'सञ्जाल व्यवस्थापनको प्रभावकारिता आजको आवश्यकता'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सञ्जाल व्यवस्थापनको प्रभावकारिता आजको आवश्यकता'

काठमाडौं । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा आज भेला भएका साकोसकर्मीहरुले सञ्जाल व्यवस्थापन अहम् विषय भएको धारणासहित यसको प्रभावकारिता अभिृवद्धि गर्दै लानुपर्ने सुझाव राख्नुभएको छ । नेफ्स्कूनले सञ्जाल व्यवस्थापनको अपरिहार्यता सहित यसको मोडालिटीमा गरेको संशोधन तथा यसलाई दिएको रणनीतिक महत्वको स्वागत गर्दै उहाँहरुले सञ्जाल व्यवस्थापन साकोस अभियानको सबलीकरण र सुदृढीकरणका लागि भएको बताउनुभएको छ ।

यसको प्रभावकारितालाई थप अभिवृद्धि गर्दै साकोस अभियानलाई सशक्तीकरण गर्नुपर्ने सुझाव नेफ्स्कूनसमक्ष राख्नुभएको छ । उहाँहरुले सञ्जाल व्यवस्थापनको प्रभावकारितामार्फत सबै संघहरु आफ्नो सदस्यहरुको हितमा थप सशक्त ढंगले काम गर्न सक्ने विश्वास समेत व्यक्त गर्नुभएको छ । 

नेफ्स्कूनले बुटवलमा आयोजना गरेको सञ्जाल साझेदारी बैठकका सहभागी साकोसकर्मीहरुले त्यस्तो विश्वास व्यक्त गर्नुभएको हो । बैठकमा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, महासचिव घनश्याम अधिकारी, कोषाध्यक्ष दिपक थापा, सञ्चालक तथा संघको रुपन्देही सदस्य सेवा कार्यालय व्यस्थापन उपसमिति संयोजक ज्ञानु पौड्याल तथा संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाको सहभागिता थियो । 

यस्तै, उक्त बैठकमा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि=का अध्यक्ष कृष्ण प्रसाद नेपाल, पाल्पा जिल्ला सहकारी संघ लि.का अध्यक्ष भूपति पाण्डेय, रुपन्देही बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष बसन्त प्रसाद ढकाल नवलपरासी जिल्ला बचत तथा ऋण सहकारी संघ लि।का अध्यक्ष राजन आचार्य,  पाल्पा बचत संघका अध्यक्ष जगदीश भट्टराई, सचिव धनबहादुर रायमाझी, प्युठान बचत संघका सञ्चालक प्रेम प्रसाद आचार्य, जिल्ला बचत संघ गुल्मीका कार्यवाहक अध्यक्ष तोय नारायण ज्ञवाली,  नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालय व्यवस्थापन उप समिति सदस्यहरु महेश्वर प्रसाद श्रेष्ठ, लगायत ती संघहरुका सञ्चालक तथा व्यवस्थापन प्रतिनिधिहरुको उपस्थिति थियो ।

सहभागीहरुले साकोस अभियानका चुनौती र अन्य साझा सवालहरु एकताबद्ध रुपमा उठाउनुपर्ने पनि बताउनुभएको छ । सँगै समृद्धिको यात्रामा अघि बढ्नुपर्ने धारणा उहाँहरुको थियो ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष ढकालले सञ्जालीकरण अपरिहार्य रहेको बताउँदै अभियानका साझा सवालमा ऐक्यबद्धताको खाँचो औंल्याउनुभयो । साझा लक्ष्य प्राप्तिका लागि सबै एउटै लक्ष्य बोकेर हिड्नुपर्ने भन्दै उहाँले प्रारम्भिक संस्थाहरुलाई सुरक्षा प्रदान गर्न पनि सञ्जाल आवश्यक भएको तर्क गर्नुभयो । यसैगरी, बरिष्ठ उपाध्यक्ष अधिकारीले पनि सञ्जाल व्यवस्थापनले अभियानलाई सुरक्षित, दिगो र विश्वासिलो बनाउने विचार व्यक्त गर्नुभयो । बैठकमा संघका महासचिव अधिकारीले सञ्जाल व्यवस्थापनमा लुम्बिनी प्रदेशका संघहरुको ऐक्यबद्धताले अभियान सशक्त भएको सन्देश प्रवाह हुने बताउनुभयो ।

यस्तै, बैठकमा लुम्बिी प्रोस्कूनका अध्यक्ष नेपालले केही सहकारीहरुका कारण समुदायमा आधारित र सदस्य केन्द्रीत संस्थाहरुलाई पनि समस्या परेको धारणा राख्नुभएको थियो । सहकारीहरुको सघन अनुगमन समयमै नहुँदा त्यस्ता संस्थाको मनोमानी बढेको र अन्ततोगत्वा त्यसले सहकारी क्षेत्रलाई नै धुमिल बनाउने आशंका व्यक्त गर्नुभयो ।

यस्तै, रुपन्देही बचत संघका अध्यक्ष ढकालले सञ्जाल साझेदारीको अपनत्व लिने बताउँदै तालिम शिक्षामा सहकार्य आवश्यक भएको बताउनुभयो । यस्तै, पाल्पा बचत संघका अध्यक्ष भट्टराइले पनि सहकार्यका लागि तयार रहेको बताउँदै केही विषयहरुमा थप छलफल आवश्यक भएको धारणा राख्नुभएको थियो ।

त्यसैगरी, नवलपरासी बचत संघका अध्यक्ष राजन कुमार आचार्यले पनि सञ्जाल साझेदारीप्रति सकारात्मक धारणासहित क्रमिक रुपमा अघि बढ्नुपर्ने बताउनुभएको थियो ।

बैठकमा सहभागी सबै जिल्लाको बचत तथा ऋण सहकारी अभियानबारे जानकारी लिने काम नेफ्स्कून अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा सञ्चालक पौड्यालसँगै प्रमुख कार्यकारी अधिकृतले गर्नुभएको थियो भने सञ्जाल साझेदारीका विषयमा सुझावहरु पनि संकलन गरिएको थियो ।

बैठकमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले सञ्जाल साझेदारीबारे प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले सञ्जाल साझेदारीको महत्व, संघको रणनीतिक मार्गचित्रमा अटाएको सञ्जाल साझेदारीको उपादेयतासँगै यससम्बन्धी सफल अन्तर्राष्ट्रिय अभ्यास समेटेर प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा नेफ्स्कून व्यवस्थापनका तर्फबाट बरिष्ठ सहायक नेत्रप्रसाद सापकोटा तथा व्यवसाय सहायक प्रकाश लुहारको पनि सहभागिता थियो ।
 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप