हाम्रो साकोसको २६ औं वार्षिक साधारण सभा सम्पन्न, घिमिरेको अध्यक्षतमा सर्वसम्मत् सञ्चालक समिति
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो साकोसको २६ औं वार्षिक साधारण सभा सम्पन्न, घिमिरेको अध्यक्षतमा सर्वसम्मत् सञ्चालक समिति

ललितपुरस्थित हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. को २६ औं वार्षिक साधारण सभाको दोश्रो इकाईसभा तथा समापन कार्यक्रम हिजो २०८० साल कार्तिक १० गते संस्थाका अध्यक्ष शम्भु प्रसाद फुयालको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

सभामा प्रमुख अतिथि ढकालले सहकारी संस्थाको जोखिम कम गर्न संघले कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण गठनका लागि गरेको पहलमा नेपाल सरकार र नेपाल राष्ट्र बैंक सकारात्मक भई तत्काल कार्यान्वयन हुने चरणमा पुगेको जानकारी गराउनुभयो ।

उहाँले संस्थाको जोखिम कम गर्नका लागि सञ्चालक समिति र व्यवस्थापनको भूमिका महत्वपूण हुने बताउनु भयो । विशेष अतिथि बागमती प्रोस्कुनका महासचिव जिवसराज खड्काले अहिलेको विषम परिस्थितिमा सदस्यसँग अन्तरक्रिया, समुदायमा विभिन्न कार्यक्रम तथा खुल्ला छलफल सहित साधारण सभा सम्पन्न गर्ने सहकारी संस्थाहरुले नै समुदायका प्रतिनिधित्व गर्ने र दिगो रुपमा सञ्चालन हुने बताउनुभयो । 

सभामा संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयालले बागमती प्रदेश सहकारी मापदण्ड बमोजिम अध्यक्ष तथा ।संस्थाको सुशासन नीति बमोजिम संस्थाका सबै पदाधिकारी लगातार दुइ कार्यकाल भन्दा बढी निरन्तर बस्न नमिल्ने व्यवस्था अनुसरण गर्दै सहज नेतृत्व परिवर्तन गरिएको बताउनुभयो । अध्यक्ष फुयालले आफ्नो कार्यकालका सहकर्मी समिति उपसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

सभामा हाम्रो सकोस बौद्धिक उपभोक्ता सहकारी तथा टिकाभैरब नमुना कृषि सहकारी संस्था लिं विच एकीकरण कार्यबिधि पारित गरि तीन ओटा संस्थाका अध्यक्षले समेत हस्तक्षर गर्नुभएको थियो । 

घिमिरेको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति 
साधारण सभाबाट श्यामकृष्ण घिमिरेको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र नारायण थामाको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित भएको छ । सभामा बागमती प्रदेश सहकारी संघ लि. का बरिष्ठ उपाध्यक्ष जगतलाल महर्जन, जिल्ला सहकारी संघ लि.का अध्यक्ष केदार गार्खाली, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का बरिष्ठ उपाध्यक्ष करुणरत्न बज्राचार्य, निर्वाचन समितिका संयोजक राजेन्द्र प्रसाद तिमल्सिना, सदस्यहरु मेदनाथ सापकोटा र निमनाथ फुयाल, सेयर सदस्यहरु तथा साकोसको व्यवस्थापनको सहभागिता थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप