सहकारीका साझा सवाल सम्बन्धी सचेतना कार्यक्रम
अभियान बलियो बनाउन मेचीदेखि महाकालीसम्म कार्यक्रम गरेका हौं : नेफ्स्कून कोषाध्यक्ष थापा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अभियान बलियो बनाउन मेचीदेखि महाकालीसम्म कार्यक्रम गरेका हौं : नेफ्स्कून कोषाध्यक्ष थापा

धनगढी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा आज कार्तिक १० गते शनिवार  कैलाली जिल्लाको धनगढीमा  ‘सहकारीका साझा सवाल सम्बन्धी सचेतना कार्यक्रम’ सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेश भित्रका ४५ संस्थाबाट ६५ जनाको उत्साहजनक एवम् सक्रिया सहभागिताका साथ कार्यक्रम सम्पन्न भएको हो ।

नेफ्स्कून सञ्चालक सदस्य दिप्ती शाहीको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख व्यक्तित्व नेफ्स्कून कोषाध्यक्ष दिपक थापा रहनुभएको छ भने संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाको पनि सहभागिता थियो । 

प्रदेशस्तरीय कार्यक्रम अन्तर्गत आज सुदूर पश्चिको कैलाली जिल्लाको धनगढीमा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ सञ्चालक सदस्य एवम् सुदुरपश्चिम प्रदेश बचत संघका अध्यक्ष माधव प्रसाद जोशी, कञ्चनपुर बचत संघका अध्यक्ष भवानी चन्द, जिल्ला सहकारी संघ कैलालीका लेखा सुपरिवेक्षण समिति संयोजक मनमोहन विष्टसँगै संघको कञ्चनपुर सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरु मदनराज रेग्मी, सुरत बोगटी र कल्पना विष्ट, संघको डडेलधुरा सदस्य सेवा व्यवस्थापन उपसमिति सदस्यहरु लोकेश लाल शाह, तेज बहादुर ऐर, विरेन्द्र बहादुर थापा र खेमराज थापा लगायतको सहभागिता थियो ।

कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष थापाले सदस्य नरहे संस्था पनि नरहने भन्दै सदस्य र संस्था सम्बद्र्धनमा लाग्न सहभागीहरुलाई आग्रह गर्नुभयो । सदस्यहरुलाई कसरी हुन्छ दिगो, आर्थिक रुपमा सक्षम र समृद्ध बनाउनुपर्नेमा कोषाध्यक्ष थापाको विशेष जोड थियो । 

एक अर्को प्रसङ्गमा उहाँले संस्था राम्रो हुन सहकारीका संञ्चालकहरुको नियत ठिक हुनु आवश्यक रहेको बताउनुभयो । त्यसका लागि सहकारीका सिद्धान्त र प्रचलित कानून परिपालना हुनुपर्ने उहाँले बताउनुभयो । 

त्यस्तै, कार्यक्रमको औचित्य पुष्टि गर्दै उहाँले नेफ्स्कूनले साकोस अभियान बलियो बनाउन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कार्यक्रम गरेको बताउनुभयो । यसले सहकारीका साझा सवालमा अभियान एकताबद्ध छ भन्ने सन्देश गएको उहाँले दाबी गर्नुभयो । यसैगरी, उद्देश्य अनुरुप सहकारीहरुले काम गर्नुपर्ने भन्दै कोषाध्यक्ष थापाले बचत तथा ऋणको काम केडिट युनिटले गनुपर्ने बताउनुभयो । कोषाध्यक्ष थापाले विश्व अर्थतन्त्रमा आएको समस्या सहकारीमा पनि देखा परेको समेत उल्लेख गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष एवम् नेफ्स्कून सञ्चालक शाहीले सहकारीको समसामयिक बिषमा चर्चा गर्दै सदस्यहरुको बचत संरक्षणको सुरक्षण हुने गरी संघले रणनीतिक मार्गचित्र बनाएको जानकारी गराउनुभयो । निति विधि, प्रबिधिको चर्चा गर्दै उहाँले सहकारीका मूल्य मान्यता अक्षरशः अवलम्बन गर्नुपर्नेमा सहभागीहरुको ध्यानार्षण गराउनुभयो । सहकारी भित्र सुशासन अपरिहार्य रहेको उहाँले बताउनुभयो । सहकारी सञ्चालनमा राज्यको कानुन बमोजिम कार्य गर्दा कुनै पनि समस्या नहुने पनि शाहीले तर्क गर्नुभयो । उहाँले सहकारी संस्थाहरु सिकाइमा अब्बल हुनुपर्ने बताउँदै नेफ्स्कूनको सुदूर प्रदेश स्तरीय कार्यक्रमबाट अधिकतम लाभ लिन आग्रह गर्नुभयो । 

यस्तै, नेफ्स्कूनका निवर्तमान सञ्चालक समेत रहनुभएका राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् सुदूर पश्चिम प्रदेश बचत संघका अध्यक्ष जोशीले नेफ्स्कूनले साझा सवाल सम्बन्धि सचेतना कार्यक्रम देशैभरि सम्पन्न गरेकोमा बधाई दिदैं यसले सकारात्मक प्रभाव पर्ने धारणा राख्नुभयो । नेफ्स्कूनले जहिले पनि संस्थाहरुको हक अधिकार बारे काम गरेको भन्दै विगतमा पनि गरिदै आएका यस्ता सचेतना  कार्यक्रमलाई आगामी दिनमा निरन्त गर्नुपर्ने सुझाव उहाँले राख्नुभयो । 

कार्यक्रममा संघको कञ्चनपुर सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य सुरत बोगटीले स्वागत मन्तव्यको क्रममा कार्यक्रमको उद्देश्यसँगै अभियानका साझा सवालहरु, नेफ्स्कूनको छबि, संघले सहकारी अभिायनमा खेलेको भूमिका आदिबारे चर्चा गर्नुभएको थियो । अर्का सदस्य मदन राज रेग्मीले शुभकामना मन्तव्य राख्दै संस्थालाई सुरक्षित, बलियो, वित्तीय रुपमा स्वस्थ्य बनाउनुपर्नेमा  जोड दिनुभयो । सहकारी ऐन र नियमावली बमोजिम संस्था सञ्चालन गर्नुपर्नेमा उहाँको जोड थियो ।

उद्घाटन पछिको कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत डा. सापकोटाले आईसीए एपी क्षेत्रको फिलिपिन्सको मनिलामा सम्पन्न साधारण सभाबाट तय भएको सहकारीः हाम्रो साझा सवाल’ ले औल्याएका आधा दर्जन विषयहरुलाई मुख्य रुपमा प्रस्तुतीकरणसँगै समूह छलफल गराउनुभएको थियो । दिगो विकास लक्ष्य प्राप्तिमा सहकारी संस्थाले खेल्नुपर्ने भूमिकाहरुको पहिचान, लक्ष्य निर्धारणसँगै कार्यक्रम तर्जुमा तथा कार्यन्वयनका विषयमा समेत उहाँले समुहमा छलफल गराउनुभएको थियो ।

यसैगरी, अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ लाई सदस्य संस्थाहरुले कसरी योजनामा राखेका छन् सो को पुनरावलोकन र पूर्वतयारीका विषय पनि प्रस्तुतीकरणमा अटाएको थियो । साकोसहरुले बार्षिक कार्यक्रम तथा योजनाहरु तथा सहकारी सिद्धान्तलाई कार्याक्रममा लैजानको लागी ११ बुँदाम समूह छलफल गराइएको थियो ।

उद्घाटन कार्यक्रम सञ्चालन संघको कञ्चनपुर सदस्य सेवा कार्यालय प्रमुख यम डाँगीले गर्नुभएको थियो भने ब्यवस्थापन सहयोग धनगढी सेवा केन्द्रका प्रमुख योगेश बोहरा लगायत सम्पूर्ण ब्यवस्थापनको रहेको थियो ।

 


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप