ब्रजेश्वरी साकोस: १६औं वार्षिक साधारण सभा
'सहकारी समस्या होइन बरु समाधान हो'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सहकारी समस्या होइन बरु समाधान हो'

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीलाई समस्याका रुपमा होइन समाधानका रुपमा हेरिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ । सहकारीबाटै तल्लो वर्गको सर्वाङ्गीण सुधार हुने भन्दै समाज रुपान्तरणको माध्यम सहकारी भएको दाबी गर्नुभएको छ । त्यसका लागि सहकारीको नेतृत्व सहकारी मैत्री अनि सदस्यहरु चनाखो हुनुपर्ने उहाँको भनाइ थियो ।

काठमाडौं महानगरपालिका ३२ स्थित ब्रजेश्वरी बचत तथा ऋण सहकारी संस्थाले आज २०८१ कार्तिक १० गते शनिबार आयोजना गरेको १६औं वार्षिक साधारण सभाका प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष ढकालले भन्नुभयो, ‘सहकारीबाटै सम्भावना छ । सहकारी समस्या होइन समाधान हो । सहकारी आशा हो अनि सहकारी उत्साह पनि हो ।’ 

त्यसका लागि सहकारीको नेतृत्व वास्तवमै सहकारी मैत्री (कोअपरेटिभ फ्रेण्ड्ली) हुनुपर्ने भन्दै अहिले समस्या देखिएका सहकारीहरुको नेतृत्वमा त्यो चारित्रिक गुण नदेखिएको बताउनुभएको छ । आज जति पनि ‘सहकारी’ मा समस्या देखिएका छन् तिनको नेतृत्व वास्तवमा कोअपरेटिभ फ्रेण्ड्ली नभएको बताउँदै उहाँले सहकारीको नेतृत्व सहकारी मैत्री हुनैपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ढकालले नियमित बचत, समयमै ऋण भुक्तानी, व्यक्तिगत लाभ नभइ सामूहिक हित प्रवर्धन जस्ता विषयहरुमा जोड दिदैं सदस्यहरुले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्ने र संस्थाका गतिविधिहरुप्रति चनाखो हुनुपर्ने बताउनुभयो । साकोसका अध्यक्ष शत्रुधन प्रसाद ढकालको अध्यक्षतामा आयोजित सभामा नेफ्स्कून चाबहिल सदस्य सेवा कार्यालय प्रमुख राधा पोखरेलको पनि सहभागिता थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप