काठमाडौं । नेफ्स्कून लमजुङ सदस्य सेवा कार्यालयको आयोजनामा गोरखामा सञ्चालित 'अग्रभागका कर्मचारीहरुको क्षमता विकास तालिम' आज सम्पन्न भएको छ । तालिममा १७ साकोसबाट १५ महिलासहित कुल २० जनाको सहभागिता थियो ।
सहभागीहरुले तालिमको विषयवस्तु र सिकाइप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै नेफ्स्कूनको उपस्थिति बलियो बनाउन तालिमहरुको संख्या र प्रभावकारिता बढाउनुपर्ने धारणा राख्नुभएको थियो । नेफ्स्कून लमजुङ सदस्य सेवा कार्यालय प्रमुख सुरज चालिसेले साकोस आवाजलाई जानकारी गराएअनुसार समसामयिक विषयवस्तुमा सदस्य संघ संस्थाहरुको माग र अपेक्षालाई समेत सम्बोधन गर्ने गरी प्रभावकारी तालिमहरु आयोजना गर्न सहभागीहरुले सुझाव राख्नुभएको थियो । यसैगरी, नेफ्स्कूनले निःशुल्क तालिमहरु पनि आयोजना गर्नुपर्नेतर्फ सहभागीहरुले ध्यानाकर्षण गराउनुभएको थियो ।
तालिम समापनमा नेफ्स्कून लमजुङ सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य रामबाबु श्रेष्ठ उपस्थित भई सहभागीहरुलाई हौसला प्रदान गर्नुभएको थियो । उहाँले सिकाइलाई सार्थक बनाउन पनि आग्रह गर्नुभयो । तालिम सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत कोमलराज अधिकारीले गर्नुभएको थियो ।
१८ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
३ दिन अगाडि
६ दिन अगाडि
४ दिन अगाडि
६ दिन अगाडि
१४ दिन अगाडि
६ दिन अगाडि
४ दिन अगाडि
१३ दिन अगाडि