महासंघले आज र भोलि 'सहकारी सम्बन्धी नीति संवाद' कार्यक्रम गर्दै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महासंघले आज र भोलि 'सहकारी सम्बन्धी नीति संवाद' कार्यक्रम गर्दै

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपालले सहकारी क्षेत्रका समस्याहरूको समाधान र नीतिगत सुधारका लागि आज र भोलि ललितपुरको सानेपामा दुई–दिने 'सहकारी सवाल सम्बन्धी नीति संवाद' कार्यक्रम गर्दैछ ।  

कार्यक्रमको मुख्य उद्देश्य सहकारी क्षेत्रको हालको नीतिगत र कानूनी अवस्थाको समीक्षा गर्दै यसलाई देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बा बनाउन आवश्यक सुधारहरू पहिचान गर्ने रहेको महासंघले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको कर्जा सूचना केन्द्र र विद्यमान निक्षेप तथा कर्जा सुरक्षण कोषमा सहकारीलाई समावेश गर्ने तथा सहकारीहरूको नियमन र सुपरिवेक्षण निकाय ९एसटीआई० गठन सम्बन्धी विषयमा भएको सहमतिलाई अघि बढाउन यो संवाद अपरिहार्य रहेको महासंघले विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘वर्तमान समयमा बचतकर्ता सदस्यहरूको आन्दोलन, ठगीका घटनामा उच्च पदस्थ व्यक्तिहरूको संलग्नता, ऋण असुलीको समस्या र बचत रकमको दुरुपयोगका घटनाहरू बाहिर आएका छन् । यी विषयहरु मात्र उजागर हुँदा सहकारी अभियानले सामाजिक, आर्थिक  र सांस्कृतिक क्षेत्रमा पु¥याएको योगदानको उपेक्षा भएको छ ।

यसर्थ समुदायमा आधारित सहकारीका असल अभ्यासहरूलाई समेत कार्यक्रमले उजागर गर्ने  विश्वास छ । कार्यक्रममा संघ, प्रदेश, र स्थानीय तहका  प्रतिनिधिहरू, सहकारी अभियन्ताहरू, नियामक निकायहरू, नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरू, राजनीतिक दलका नेताहरू र सातै प्रदेशका सहकारीकर्मीहरूको सहभागिता रहनेछ ।’

छलफलका प्रमुख विषयहरूमा सहकारी ऐन र नियमावलीको संशोधन, स्वनियमन र सुशासनमा सुधार, सहकारीहरूको तहगत संरचना, कोप भिजन २०३०, सहकारीमा वित्तीय र व्यवस्थापकीय सवाल र सम्बोधन रहेका छन् । भर्खरै सार्वजनिक भएको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानविन प्रतिवेदनमा सहकारी क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउन निर्देशन दिइएको छ, जसलाई नीति संवादमा गहन छलफल गरिने भएको छ । यो संवादले सहकारीहरूको दिगोपना र पारदर्शिताका लागि ठोस नीतिगत उपायहरू पहिचान गर्नेछ विश्वास महासंघको  छ ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन समितिका सभापति सूर्य थापा, पूर्व अर्थ सचिव रामेश्वर खनाल लगायतले सहकारीका समसामयिक विषय र नीतिग सुधारहरुबारे आफ्नो धारणा राख्नुहुनेछ । 

कार्यक्रममा सातै प्रदेशबाट सहभागिता हुने भएकाले हाल देखिएको समस्याहरुका बारेमा समेत यथार्थ अवस्थाको जानकारी हुने विश्वास महासंघले लिएको लिएको अध्यक्ष ओमदेवी मल्लले बताउनुभयो ।

भर्खरै
नियमित बचतको माध्यमबाट वृद्धाश्रममा बस्नुपर्ने बाध्यता अन्त्य हुन्छ: नेफ्स्कून महासचिव अधिकारी
नियमित बचतको माध्यमबाट वृद्धाश्रममा बस्नुपर्ने बाध्यता अन्त्य हुन्छ: नेफ्स्कून महासचिव अधिकारी

३ दिन अगाडि

भारत भ्रमण ‘ल्याण्डमार्क भिजिट’ साबित भएको छ 
भारत भ्रमण ‘ल्याण्डमार्क भिजिट’ साबित भएको छ 

४ दिन अगाडि

महाराष्ट्र बचत ऋण सहकारी संघको आयोजनामा अन्तर्राष्ट्रिय सहकारी सम्मेलन-२०२५ सम्पन्न
महाराष्ट्र बचत ऋण सहकारी संघको आयोजनामा अन्तर्राष्ट्रिय सहकारी सम्मेलन-२०२५ सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनद्वारा एनसीयूआइ तथा नाफ्कूबसँग नयाँ दिल्लीमा छलफल
नेफ्स्कूनद्वारा एनसीयूआइ तथा नाफ्कूबसँग नयाँ दिल्लीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनले वित्तीय विवरणमा कुनै छेडखानी नगरेको कोषाध्यक्ष थापाको स्पष्टोक्ति
नेफ्स्कूनले वित्तीय विवरणमा कुनै छेडखानी नगरेको कोषाध्यक्ष थापाको स्पष्टोक्ति

७ दिन अगाडि

हामीले सधै साकोस अभियानलाई साक्षी राखेर काम गरेका छौं : नेफ्स्कून महासचिव अधिकारी
हामीले सधै साकोस अभियानलाई साक्षी राखेर काम गरेका छौं : नेफ्स्कून महासचिव अधिकारी

८ दिन अगाडि

शुभकामना साकोसले रक्त संकलन कक्ष निर्माणमा आर्थिक सहयोग गर्ने
शुभकामना साकोसले रक्त संकलन कक्ष निर्माणमा आर्थिक सहयोग गर्ने

८ दिन अगाडि

नेफ्स्कूनको वित्तीय अवस्थालाई लिएर दिग्भ्रमित हुनुपर्ने अवस्था छैनः कार्यवाहक अध्यक्ष अधिकारी
नेफ्स्कूनको वित्तीय अवस्थालाई लिएर दिग्भ्रमित हुनुपर्ने अवस्था छैनः कार्यवाहक अध्यक्ष अधिकारी

८ दिन अगाडि

लोकप्रिय
भक्तपुरका साकोसहरुबीच वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
भक्तपुरका साकोसहरुबीच वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन

९५५ दिन अगाडि

जिल्ला बचत संघ मोरङको आयोजनामा भोलिदेखि साकोस गोष्ठी सुरु हुने 
जिल्ला बचत संघ मोरङको आयोजनामा भोलिदेखि साकोस गोष्ठी सुरु हुने 

९५९ दिन अगाडि

जोखिम सुपरिवेक्षण कार्यक्रममा सहभागी काठमाडौं दोस्रो समुहको सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 
जोखिम सुपरिवेक्षण कार्यक्रममा सहभागी काठमाडौं दोस्रो समुहको सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 

९६३ दिन अगाडि

दिगो र सुशासित सहकारीका लागि बलियो आन्तरिक नियन्त्रण प्रणाली आवश्यक
दिगो र सुशासित सहकारीका लागि बलियो आन्तरिक नियन्त्रण प्रणाली आवश्यक

२८३ दिन अगाडि

नेफ्स्कून ’कन्सोलिडेटेड’ अवस्थामा पुगेको छ  
नेफ्स्कून ’कन्सोलिडेटेड’ अवस्थामा पुगेको छ  

२८९ दिन अगाडि

नवलपुर जिल्ला बचत संघको आयोजनामा 'लेखा सुपरिवेक्षण समितिको क्षमता विकास तालिम'
नवलपुर जिल्ला बचत संघको आयोजनामा 'लेखा सुपरिवेक्षण समितिको क्षमता विकास तालिम'

३२७ दिन अगाडि

'प्रथम सहकारी डिजिटल कन्क्लेभ’ को सात बुँदे प्रतिबद्धता
'प्रथम सहकारी डिजिटल कन्क्लेभ’ को सात बुँदे प्रतिबद्धता

३३६ दिन अगाडि

सहकारी अभियानको भावनासँग जोडिन्छु र सहयोग गर्छुः मन्त्री अधिकारी
सहकारी अभियानको भावनासँग जोडिन्छु र सहयोग गर्छुः मन्त्री अधिकारी

३४१ दिन अगाडि

पाठकबाट थप