कैलालीमा 'सञ्जाल साझेदारी बैठक'; साझेदारी मार्फत साकोस अभियान बलियो बनाउनुपर्नेमा एकमत
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कैलालीमा 'सञ्जाल साझेदारी बैठक'; साझेदारी मार्फत साकोस अभियान बलियो बनाउनुपर्नेमा एकमत

कैलाली । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा आज कार्तिक ११ गते आइतबार कैलाली जिल्लाको धनगढीमा सञ्जाल साझेदारी बैठक सम्पन्न भएको छ ।

कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष दिपक थापा, सञ्चालक दिप्ती शाही, राष्ट्रिय सहकारी महासंघ सञ्चालक एवम् सुदुरपश्चिम प्रदेश बचत संघका अध्यक्ष माधव प्रसाद जोशी, कैलाली बचत संघका अध्यक्ष सुनेन्द्र बहादुर बडुवाल, कञ्चनपुर बचत संघका अध्यक्ष भवानी चन्द, संघको कञ्चनपुर सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरु मदनराज रेग्मी, सुरत बोगटी, संघको डडेलधुरा सदस्य सेवा व्यवस्थापन उपसमिति सदस्यहरु लोकेश लाल शाह र तेज बहादुर ऐर, लगायतको सहभागिता थियो । 

बैठकमा नेफ्स्कूनका कोषाध्यक्ष थापाले प्रदेश तथा जिल्ला बचत संघसँग सहकार्य गरेर काम गर्न नेफ्स्कून तयार रहेको बताउनुभयो । त्यसका लागि साझेदारी सझौता अपरिहार्य रहेको भन्दै यसले  संघहरु सक्षम भई अभियान बलियो हुने दाबी गर्नुभयो । सञ्जाल साझेदारी साकोस अभियानलाई सबल, सुदृढ र गतिशील बनाउने उद्देश्यले अघि बढाइएको कोषाध्यक्ष थापाले बताउनुभयो ।

अन्य संघहरु बलियो हुँदा नेफ्स्कून बलियो हुने र नेफ्स्कून बलियो हुँदा सहकारी अभियमान बलियो हुने कोषाध्यक्ष थापाको भनाइ थियो । सञ्जाल साझेदारी कार्यक्रमका सम्बन्धमा आजको बैठकबाट प्राप्त सुझावहरु सबै केन्द्रमा लाने प्रतिवद्धता नेफ्स्कूनले कोषाध्यक्षले व्यक्त गर्नुभयो ।

सहकारीका ऐन, नीति, नियम अनुसार सहकारीहरु चल्नुपर्ने भन्दै उहाँले केही नियत खराब भएका सञ्चालकहरुको कारण सहकारी अभियान अप्ठारोमा परेको बताउनुभयो । 

बैठकमा नेफ्स्कून सञ्चालक शाहीले सञ्जाल साझेदारीका विषयमा प्रष्ट पार्दै सबै संघहरुसँग सम्झौता गरी अघि बढ्न नेफ्स्कून तयार रहेको जानकारी गराउनुभयो । प्रदेश र जिल्ला बचत संघहरुलाई सक्रिय बनाउन पनि प्रदेश तथा जिल्ला संघहरुसँग साझेदारी आवश्यक भएको शाहीले स्पष्ट पार्नुभयो । सबै संघहरुसँग सहकार्य गर्न नेफस््ूकन तयार रहेको उहाँले पनि जोड दिनुभयो । उहाँले सञ्जाल साझेदारीको महत्व, संघको रणनीतिक मार्गचित्रमा सञ्जाल साझेदारीको उद्देश्य यस सम्बन्धी सफल अभ्यासहरु बारे जानकारी गराउनुभएको थियो ।

बैठकमा सुदूर पश्चिम प्रदेश बचत संघका अध्यक्ष जोशीले सञ्जाल साझेदारी मार्फत अभियान बलियो बनाउनुपर्ने भन्दै साझेदारीका लागि तयार रहेको जानकारी गराउनुभयो । साझेदारी कार्यक्रम मार्फत कार्यक्रम तालिमको शुल्क कम गर्नमा सहयोग पुग्ने, उहाँको धारणा थियो, ‘सञ्जाल साझेदारी अपरिहार्य छ ।’ उहाँले केही व्यक्तिले बद्मासी गरेका कारण नै सहकारी क्षेत्रमा संकट आएको भन्दै सबै मिलेर सुशासित भई अभियानको साख फर्काउनुपर्ने उल्लेख गर्नुभयो । 

बैठकमा कैलाली बचत संघका अध्यक्ष सुनेन्द्र बहादुर बडुवालले नेफ्स्कून अभिभावक भएका कारण अभिभावकीय भूमिकानै पूरा गुर्नुपर्ने सुझाव राख्नुभयो । नेफ्स्कूनले साख जोगाउका लागि  लागी संघहरु बलियो भएको खण्डको सहकारी अभियमान बलियो हुनेमा जोड दिनुभएको थियो ।

यस्तै, कञ्चनपुर बचत संघका अध्यक्ष भवानी चन्दले साझेदारी गर्दा जिल्ला संघहरु नै परिपक्व हुने भन्दै कार्यान्यनमा जानुपर्नेमा जोड दिनुभयो । यद्यपि, साझेदारीमा स्पष्टता आवश्यक भएकोमा जोड दिनुभयो । उहाँले नेफ्स्कूनले तालिमको लागि समायनुकूल शुल्कमा सहुलियत उपलब्ध गराउनुपर्ने सुझाव राख्नुभयो । उहाँले ब्यावसायिक दृष्टिकोणबाट एकद्धार प्रणालीबाट संघ प्रदेश जिल्ला जानुपर्नेमा जोड दिनुभयो । उहाँले नेफ्स्कूनबाट नतिजामुखी कार्यको अपेक्षा गरेको बताउनुभयो ।

यस्तै, कञ्चनपुर सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य सुरत बोगटीले जिल्ला संघहरुमा सञ्जाल साझेदारी सम्बन्धी रणनीतिक योजना बनाएर लागु गर्दा अभियान बलियो बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो ।

बैठकमा सहभागी सबै जिल्लाको बचत तथा ऋण सहकारी अभियानबारे जानकारीका साथै सञ्जाल साझेदारीका विषयमा सहभागीहरुका राय, सल्लाह र सुझाव संकलन गरिएको छ ।

बैठकमा संघको कञ्चनपुर सदस्य सेवा कार्यालय प्रमुख यम डाँगी, धनगढी सेवा केन्द्रका प्रमुख योगेश बोहरा लगायत सम्पूर्ण ब्यवस्थापनको सहभागिता थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप