सहकारीका सवाल सम्बन्धी नीति संवाद
चेतना, समाज र भुगोल हेरेर नीति निर्माण गर्नुपर्छ:  मन्त्री अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चेतना, समाज र भुगोल हेरेर नीति निर्माण गर्नुपर्छ:  मन्त्री अधिकारी

ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राष्ट्रको आयआर्जनलाई जनतासँग जोडेर आर्थिक उन्नति गराउने सहकारी क्षेत्रभित्रका चुनौतीलाई क्रमशः समाधान गर्दै दरिलो खम्बाका रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्री अधिकारीले पुरानै तरिकाको नीतिले सहकारीहरु चलेको र विदेशी शैली हेरेर पनि नेपालका सहकारी चल्न नसक्ने बताउँदै हाम्रो समाज, चेतना र भुगोल सुहाउँदो नीति निर्माण गर्न आवश्यक रहेको औल्याउनुभएको छ । 

उहाँले राष्ट्रिय सहकारी महासंघले आज आइतबार आयोजना गरेको सहकारीका सवालसम्बन्धी नीति संवाद कार्यक्रममा समयमा नै नियम विधि कार्यविधि बनाएर गलत गर्नेलाई नियन्त्रण गर्ने काम नभएकाले सहकारीमा समस्या देखिएको औल्याउनुभएको छ ।

उहाँले अहिले सहकारीमा देखिएको चुनौती समाधानका लागि आवश्यक परेकाले नयाँ नियामक निकाय जन्माउनका लागि छलफल भएको बताउनुभएको छ । साथै  बैंक वित्तिय संस्थाका लागि हाल विधमान रहेको  कर्जा सूचना केन्द्र र निक्षेप तथा कर्जा सुरक्षण कोषमा नै सहकारीलाई पनि समेटेने गरी छलफल भए अनुसार राष्ट्र बैंकलाई परिपत्र समेत भइसकेको जानकारी गराउनुभयो ।  

‘दोस्रो तहको नियामकीय निकाय बनाउने विषयमा अभियान नै अन्यौलमा रहेको देखिन्छ । यसमा कसरी जाने भन्ने विषयमा एकिन गरेर आउन सबैलाई आग्रह पनि गर्छु ।’ उहाँले भन्नुभयो । उहाँले सहकारी प्रवद्र्धन कोष सहकारीमा नै फिर्ता गर्ने भए पनि त्यसमा हाल सहकारीले रकम जम्मा गर्न छोडेकोमा दुखेसो व्यक्त गर्नुभयो । उहाँले अभियानसँग पनि सहकारीको तथ्यांक नभएको र सरकारसँग पनि नभएकाले समस्या रहेको बताउँदै तथ्यांक संकलनका लागि पनि सबैलाई परिपत्र भइरहेको बताउनुभयो । 

साझा सहकारीको देशभर सम्पत्ति रहेको भन्दै त्यो कहाँ कसरी प्रयोग गर्ने, कसले प्रयोग गर्ने भन्ने विषयलाई पनि एकिन गर्न लागिएको जानकारी दिनुभयो । त्यसैगरी ६ हजार सदस्य भएको सहकारीलाई २५ जनाले निवेदन दिने वित्तिकै समस्याग्रस्त घोषणा गरिनु गलत भएको औल्याउनुभयो ।

 कार्यक्रममा महासंघका अध्यक्ष ओमदेवी मल्लले पछिल्लो समय सहकारीमा आएको चुनौतीका कारण सरकार नपुगेको स्थानमा सहकारी पुगेको सन्दर्भ ओझेलमा परेको औल्याउनुभयो । उहाँले नीति संवादमार्फत सहकारीका विषयमा सरकार, अभियानबिच साझा धारणा तय गरेर नयाँ चरणमा सहकारीलाई प्रवेश गराउने अभियान शुरु भएको बताउनुभएको छ । 

त्यसैगरी कार्यक्रममा पूर्व अर्थ सचिव रामेश्वर खनालले मुख्य वक्ताका रुपमा बोल्दै सहकारीले बाह्य नियमनकारी निकाय खोज्नु भन्दा पनि स्वनियमनलाई बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले महासंघलेले सहकारकिो उच्चतम नेतृत्व गर्नुपर्ने धारणा राख्नुभएको छ । उहाँले अफसाइट र अनसाइट नियमनलाई प्रभावकारी बनाउन सकिने बताउनुभएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमण कुमार गौतमले १९ वटा समस्याग्रसत सहकारीबाट बचतकर्ताले ४० अर्ब मागदावी गरेको र २ वटा संस्थाको बचत फिर्ता सम्पन्न गरेको जानकारी गराउँदै समतिले प्रभावकारी रुपमा कार्य गरिरहेको बताउनुभएको छ ।

महासंघका उपाध्यक्ष इन्दिरा पन्तले नीतिमा गए सहकारीमा विशाल सम्भावना रहेको र सहकारीको समस्याबाट यस क्षेत्रभन्दा बाहिरको समाज पनि प्रभावित भएकाले नीतिगत रुपमा समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले महासंघको स्थितिपत्र तथा कोप भिजन २०३० प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा सहकारीका मुख्य समस्या, चुनौती र समाधानका उपाय विषयमा नेपाल राष्ट्र बैंकका उप-निर्देशशक डा रमेश चौलागाईले गरेको प्रस्तुतिमाथि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुन पोखरेलले संवाद संचालन गर्नुभएको थियो । जसमा महासंघका संचालक खेम पाठक, नेफ्स्कूननका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ललितपुर महानगरपाकिा सहकारी शाखा प्रमुख सहजित राई हुनुहुन्थ्यो ।

त्यसैगरी राष्ट्रिय सहकारी विकास बोर्डका सदस्यसचिव डा खगराज शर्माको सहकारी ऐन नियमावलीमा संशोधनको सवाल विषयको प्रस्तुतीमा महासंघका लेखा सुपरिवेक्षण समितिका संयोजक भिम तुलाचनले बहस संचालन गर्नुभएको थियो । जसमा सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सह सचिव मानबहादुर अर्याल, महासंघका संचालक परितोष पौड्याल, राष्ट्रिय सहकारी बैंकका संचालक रामहरि बजगाई हुनुहुन्थ्यो ।

२ दिनसम्म संचालन हुने नीति संवादबाट निस्केको निस्कर्ष सरकारलाई अगामी दिनमा नीति निर्माण गर्नका लागि सहजीकरण गर्ने उद्देश्यले उपलब्ध गराउने लक्ष्य रहेको छ । 

भर्खरै
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि सिर्जना महिला साकोसमा नेफ्स्कूनको अनुगमन
सहकारी सुशासन सुदृढीकरणका लागि सिर्जना महिला साकोसमा नेफ्स्कूनको अनुगमन

२२ घण्टा अगाडि

सहकारी सुदृढीकरण अभियान अन्तर्गत प्यासिफिक साकोसको सुपरिवेक्षण
सहकारी सुदृढीकरण अभियान अन्तर्गत प्यासिफिक साकोसको सुपरिवेक्षण

२ दिन अगाडि

प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण
प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण

२ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

३ दिन अगाडि

२५ वर्षको यात्रा सम्झिँदै वीरेन्द्रनगर साकोसद्वारा स्मारिका विमोचन, योगदानकर्तालाई रजत सम्मान
२५ वर्षको यात्रा सम्झिँदै वीरेन्द्रनगर साकोसद्वारा स्मारिका विमोचन, योगदानकर्तालाई रजत सम्मान

३ दिन अगाडि

स्याङजा स्थित श्री देउराली साकोसको स्थलगत सुपरिवेक्षण 
स्याङजा स्थित श्री देउराली साकोसको स्थलगत सुपरिवेक्षण 

३ दिन अगाडि

महिला एकता साकोसमा नेफ्स्कूनको नियमित स्थलगत सुपरिवेक्षण
महिला एकता साकोसमा नेफ्स्कूनको नियमित स्थलगत सुपरिवेक्षण

३ दिन अगाडि

लोकप्रिय
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

३ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

५ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन

२१ घण्टा अगाडि

चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना
चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना

१० दिन अगाडि

पाठकबाट थप