काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले सदस्यको समृद्धि नै सहकारीको समृद्धि भएको बताउँदै सहकारीले सदस्यहरुको जीवनस्तर सुधारका लागि काम गर्नुपर्ने बताउनुभएको छ ।
न्यूरोडस्थित सिटी भिलेज बचत तथा ऋण सहकारी संस्था लि. को आज आयोजित १५ औं वार्षिक साधारण सभाका प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष ढकालले सदस्यको मायाले आज संस्थाले प्रगति गरी यो स्थानमा साधारण सभा गर्न सकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सदस्यले बनाएको नेतृत्व राम्रो भएर नै सिटी भिलेज साकोस राम्रो भएको दाबी गर्नुभयो । अध्यक्ष ढकालले सभामा सहभागी साकोसका सदस्यहरुलाई एउटै डुङ्गामा खुट्टा टेक्न आग्रह गर्दै एउटै प्रकृतिका सहकारीमा दोहोरो सदस्य नबन्न प्रेरित गर्नुभयो । उहाँले सहकारीलाई सदस्यमैत्री बनाउनुपर्नेमा बिशेष जोड दिनुभयो ।
संस्थाका अध्यक्ष टिकादत्त लुइटेलको अध्यक्षतामा आयोजित सभामा सभामा साकोसको सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, लेखापरिक्षक, कानूनी सल्लाहकार, उपसमिति, कर्मचारी, सदस्य लगायतको उपस्थिति रहेको थियो । नेफ्स्कून न्यूरोड सदस्य सेवा कार्यालय इन्चार्ज खिलनाथ लुइटेल पनि सभाका अतिथि हुनुहुन्थ्यो । साकोसको कुल सम्पत्ति ६८ करोड ६८ लाख बढीको रहेको छ ।
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
३ दिन अगाडि
६ दिन अगाडि
४ दिन अगाडि
६ दिन अगाडि
१४ दिन अगाडि
६ दिन अगाडि
४ दिन अगाडि
१३ दिन अगाडि