सीयूडीसीसी: बजरंगबली साकोस
'बजरंगबली साकोसको वित्तीय स्वास्थ्य राम्रो छ, यसलाई कुनै पनि समस्याले हल्लाउन सक्दैन'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'बजरंगबली साकोसको वित्तीय स्वास्थ्य राम्रो छ, यसलाई कुनै पनि समस्याले हल्लाउन सक्दैन'

भक्तपुर । बजरंगबली साकोस, मध्यमुर ठिमी, लोहकिन्थली भक्तपुरको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा ‘साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम-CUDCC’ कार्तिक २२ गतेबाट नगरकोटमा सुरु भएको छ । बजरंगी साकोसको गत असोज १९ गते सम्पन्न साधारण सभाबाट निर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति तथा नवगठित उपसमिति समेतलाई ध्यानमा राखी यो तालिम आयोजना गरिएको हो । तालिममा साकोसको उच्च व्यवस्थापन समेत गरी १७ जनाको सहभागिता छ ।

तालिम उद्घाटनमा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले बजरंगबली साकोस वित्तीय रुपमा स्वस्थ्य रहेको भन्दै कुनै पनि समस्याले साकोसलाई हल्लाउन नसक्ने उल्लेख गर्नुभयो । सबै साकोसहरुलाई वित्तीय रुपमा सबल र संस्थागत सुशासन कायम गर्न सक्ने बनाउनु नेफ्स्कूनको उद्देश्य भएको अध्यक्ष ढकालले बताउनुभयो ।

साकोसका संचालकहरु त्यागी भावका साथ तालिममा सहभागी भएकोमा उहाँले प्रसन्नता समेत व्यक्त गर्नुभयो । उहाँले संस्थामा कुनै गलत प्रतिक्रियाको 'सुवेच' हुन नदिन सबै संचालकहरु दुढ हुनुपर्ने भन्दै संस्थालाई विश्वासयोग्य बनाउन उहाँले आग्रह गर्नुभयो । साकोसको नेतृत्वलाई अध्यक्ष ढकालको सुझाव थियो, ‘नेतृत्वले कहिल्यै हरेस खान हुँदैन ।’

नेफस्कूनले सञ्चालन गरेको गुणस्तर सुनिश्चितता कार्यक्रमले आवद्ध सदस्यहरुमा पोजेटिभ भाइब ल्याएको दाबी गर्नुभयो । उहाँले त्यस्तो सकारात्मक तरंगले संस्थागत काममा उत्साह सञ्चार गरेको बताउनुभयो ।

बहसपैरवीको विषयमा अध्यक्ष ढकालले भन्नुभयो, ‘२०८१ साल सहकारी ऐन कार्यान्वयनको वर्ष हो । यो हामीले देखिपनि रहेको छौं । यसका परिणामहरु बिस्तारै देखिदै जाने छन् ।’ 

कार्तिक २५ गतेसम्म चल्ने तालिम सहजीकरण संघका प्राचार्य बल्लभ तिमल्सिना र तालिम अधिकृत श्याम राजा तिमल्सिनाको रहेको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप