भक्तपुर । बजरंगबली साकोस, मध्यमुर ठिमी, लोहकिन्थली भक्तपुरको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा ‘साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम-CUDCC’ कार्तिक २२ गतेबाट नगरकोटमा सुरु भएको छ । बजरंगी साकोसको गत असोज १९ गते सम्पन्न साधारण सभाबाट निर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति तथा नवगठित उपसमिति समेतलाई ध्यानमा राखी यो तालिम आयोजना गरिएको हो । तालिममा साकोसको उच्च व्यवस्थापन समेत गरी १७ जनाको सहभागिता छ ।
तालिम उद्घाटनमा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले बजरंगबली साकोस वित्तीय रुपमा स्वस्थ्य रहेको भन्दै कुनै पनि समस्याले साकोसलाई हल्लाउन नसक्ने उल्लेख गर्नुभयो । सबै साकोसहरुलाई वित्तीय रुपमा सबल र संस्थागत सुशासन कायम गर्न सक्ने बनाउनु नेफ्स्कूनको उद्देश्य भएको अध्यक्ष ढकालले बताउनुभयो ।
साकोसका संचालकहरु त्यागी भावका साथ तालिममा सहभागी भएकोमा उहाँले प्रसन्नता समेत व्यक्त गर्नुभयो । उहाँले संस्थामा कुनै गलत प्रतिक्रियाको 'सुवेच' हुन नदिन सबै संचालकहरु दुढ हुनुपर्ने भन्दै संस्थालाई विश्वासयोग्य बनाउन उहाँले आग्रह गर्नुभयो । साकोसको नेतृत्वलाई अध्यक्ष ढकालको सुझाव थियो, ‘नेतृत्वले कहिल्यै हरेस खान हुँदैन ।’
नेफस्कूनले सञ्चालन गरेको गुणस्तर सुनिश्चितता कार्यक्रमले आवद्ध सदस्यहरुमा पोजेटिभ भाइब ल्याएको दाबी गर्नुभयो । उहाँले त्यस्तो सकारात्मक तरंगले संस्थागत काममा उत्साह सञ्चार गरेको बताउनुभयो ।
बहसपैरवीको विषयमा अध्यक्ष ढकालले भन्नुभयो, ‘२०८१ साल सहकारी ऐन कार्यान्वयनको वर्ष हो । यो हामीले देखिपनि रहेको छौं । यसका परिणामहरु बिस्तारै देखिदै जाने छन् ।’
कार्तिक २५ गतेसम्म चल्ने तालिम सहजीकरण संघका प्राचार्य बल्लभ तिमल्सिना र तालिम अधिकृत श्याम राजा तिमल्सिनाको रहेको छ ।
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
१३ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
१२ दिन अगाडि