सहकारी अभियानमा योगदानका लागि पोखरा रोयल र चन्द्रागिरी साकोसबीच १७ बुँदे सहमति 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियानमा योगदानका लागि पोखरा रोयल र चन्द्रागिरी साकोसबीच १७ बुँदे सहमति 

कास्की । मुलुकको सहकारी अभियानमा योगदानका लागि कास्कीको पोखरा रोयल साकोस तथा काठमाडौंको चन्द्रागिरी साकोसबीच १७ बुँदे सहमति सहमति भएको छ । नेपालको सहकारी अभियानका उत्कृष्टमध्येका दुई सहकारी संस्थाले सहकारीप्रति गलत भाष्य निर्माण भैरहेको समयमा झनै आवश्यकता बोध गरी सकारात्मक योगदान दिने हेतुले साझा प्रतिबद्धतासहित मार्गचित्र तयार पारी सम्झौता गरेका हुन् । पोखरा रोयल साकोस र चन्द्रागिरी साकोसका प्रतिनिधिहरुबीच आज भएको अन्तरक्रिया पछि यस्तो सम्झौता भएको हो । 

पोखरा रोयल साकोसको निमन्त्रणामा त्यहाँ पुगेको चन्द्रागिरी साकोसको सञ्चालक समिति, उपसमिति र कर्मचारी प्रतिनिधिहरु तथा पोखरा रोयल साकोसका प्रतिनिधिहरु बीच दुई संस्थाले हासिल गरेका सफलता, सदस्य सेवामा गरिरहेको असल अभ्यास, संस्थाले भोगिरहेका चुनौती, भावी रणनीति साथै सहकारी अभियानमा पुर्याउन सक्ने योगदानका सन्दर्भमा समेत चर्चा भएको पोखरा रोयल साकोसका सूचना अधिकारी मीलन ढकालले बताउनु भयो । 

कोभिड महामारीको समयदेखि भगिनी सम्बन्ध स्थापित गरेका दुई साकोसका अध्यक्षद्धय रुद्रकुमारी गुरुङ्ग र योगेन्द्र कुमार कुँवरले संस्थाका गतिविधिलाई थप गतिशील, समयानूकूल, सदस्यमूखी र सहकारी अभियानमा योगदान दिने उद्धेश्यका साथ १७ बुँदे सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

सम्झौता बमोजिम सहकारी क्षेत्रको साख वृद्धि, मानव संसाधनको क्षमता अभिवृद्धि, प्रविधीमैत्री सेवामा पहुँच वृद्धि, एकरुपता, सुशासन, असल अभ्यासहरुको आदानप्रदान र अनुसरण, बस्तु तथा सेवाको विकास र विस्तारमा संयुक्त खोजी गर्ने जस्ता विषयहरुमा दुबै संस्थाले दृढताका साथ लागि पर्ने अध्यक्षद्धयले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

अन्तरकृया कार्यक्रममा पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले Exit Plan in Cooperatives र चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले Grooming the Cooperative Leadership विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

सिईओद्धय गुरुङ्ग र श्रेष्ठ नेफ्स्कूनले प्रदान गर्ने साकोस अभियानको उत्कृष्ट सिईओ पुरस्कार प्राप्त गर्न सफल व्यवस्थापन प्रमुख हुनुहुन्छ । गुरुङ्ग वर्ष २०२४ र श्रेष्ठ वर्ष २०२३ मा उत्कृष्ट सिईओको अवार्ड बाट पुरस्कृत हुनुभएको थियो । त्यसैगरी, पोखरा रोयल साकोस र चन्द्रागिरी साकोस  संस्थागत रुपमा राष्ट्रिय सहकारी महासंघ, नेफस्कून र राष्ट्रिय सहकारी बैकबाट सहकारी क्षेत्रका उत्कृष्ट पुरस्कार तथा सम्मान प्राप्त संस्था हुन् । हाल दुबै संस्था नेफस्कूनद्धारा सञ्चालित स्तरीकरण कार्यक्रममा समेत आवद्ध छन् । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

पाठकबाट थप