सहकारी अभियानमा योगदानका लागि पोखरा रोयल र चन्द्रागिरी साकोसबीच १७ बुँदे सहमति 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियानमा योगदानका लागि पोखरा रोयल र चन्द्रागिरी साकोसबीच १७ बुँदे सहमति 

कास्की । मुलुकको सहकारी अभियानमा योगदानका लागि कास्कीको पोखरा रोयल साकोस तथा काठमाडौंको चन्द्रागिरी साकोसबीच १७ बुँदे सहमति सहमति भएको छ । नेपालको सहकारी अभियानका उत्कृष्टमध्येका दुई सहकारी संस्थाले सहकारीप्रति गलत भाष्य निर्माण भैरहेको समयमा झनै आवश्यकता बोध गरी सकारात्मक योगदान दिने हेतुले साझा प्रतिबद्धतासहित मार्गचित्र तयार पारी सम्झौता गरेका हुन् । पोखरा रोयल साकोस र चन्द्रागिरी साकोसका प्रतिनिधिहरुबीच आज भएको अन्तरक्रिया पछि यस्तो सम्झौता भएको हो । 

पोखरा रोयल साकोसको निमन्त्रणामा त्यहाँ पुगेको चन्द्रागिरी साकोसको सञ्चालक समिति, उपसमिति र कर्मचारी प्रतिनिधिहरु तथा पोखरा रोयल साकोसका प्रतिनिधिहरु बीच दुई संस्थाले हासिल गरेका सफलता, सदस्य सेवामा गरिरहेको असल अभ्यास, संस्थाले भोगिरहेका चुनौती, भावी रणनीति साथै सहकारी अभियानमा पुर्याउन सक्ने योगदानका सन्दर्भमा समेत चर्चा भएको पोखरा रोयल साकोसका सूचना अधिकारी मीलन ढकालले बताउनु भयो । 

कोभिड महामारीको समयदेखि भगिनी सम्बन्ध स्थापित गरेका दुई साकोसका अध्यक्षद्धय रुद्रकुमारी गुरुङ्ग र योगेन्द्र कुमार कुँवरले संस्थाका गतिविधिलाई थप गतिशील, समयानूकूल, सदस्यमूखी र सहकारी अभियानमा योगदान दिने उद्धेश्यका साथ १७ बुँदे सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

सम्झौता बमोजिम सहकारी क्षेत्रको साख वृद्धि, मानव संसाधनको क्षमता अभिवृद्धि, प्रविधीमैत्री सेवामा पहुँच वृद्धि, एकरुपता, सुशासन, असल अभ्यासहरुको आदानप्रदान र अनुसरण, बस्तु तथा सेवाको विकास र विस्तारमा संयुक्त खोजी गर्ने जस्ता विषयहरुमा दुबै संस्थाले दृढताका साथ लागि पर्ने अध्यक्षद्धयले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

अन्तरकृया कार्यक्रममा पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले Exit Plan in Cooperatives र चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले Grooming the Cooperative Leadership विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

सिईओद्धय गुरुङ्ग र श्रेष्ठ नेफ्स्कूनले प्रदान गर्ने साकोस अभियानको उत्कृष्ट सिईओ पुरस्कार प्राप्त गर्न सफल व्यवस्थापन प्रमुख हुनुहुन्छ । गुरुङ्ग वर्ष २०२४ र श्रेष्ठ वर्ष २०२३ मा उत्कृष्ट सिईओको अवार्ड बाट पुरस्कृत हुनुभएको थियो । त्यसैगरी, पोखरा रोयल साकोस र चन्द्रागिरी साकोस  संस्थागत रुपमा राष्ट्रिय सहकारी महासंघ, नेफस्कून र राष्ट्रिय सहकारी बैकबाट सहकारी क्षेत्रका उत्कृष्ट पुरस्कार तथा सम्मान प्राप्त संस्था हुन् । हाल दुबै संस्था नेफस्कूनद्धारा सञ्चालित स्तरीकरण कार्यक्रममा समेत आवद्ध छन् । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप