दाङको हरियाली साकोस एक्सेस कार्यक्रममा आवद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दाङको हरियाली साकोस एक्सेस कार्यक्रममा आवद्ध

काठमाडौं । दाङ जिल्लामा अवस्थित हरियाली बचत तथा ऋण सहकारी संस्था लि. एक्सेस कार्यक्रममा आवद्ध भएको छ । हरियाली साकोसका अध्यक्ष रेशम बहादुर थापा र नेफ्स्कून सदस्य सेवा कार्यालय दाङका प्रमुख विष्णु जोशीले आज त्यससम्बन्धी द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी आदानप्रदान समेत गर्नुभएको छ ।

हरियाली साकोसले एक्सेस कार्यक्रममा आवद्धतासँगै संस्थागत विकासमा उल्लेख्य टेवा पुग्ने विश्वास लिएको छ । नेफ्स्कून सदस्य सेवा कार्यालयमा आयोजित उक्त कार्यक्रममा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य शिवध्वज मल्ल, साकोसका व्यवस्थापक उमेश चौधरी तथा नेफ्स्कूनका कर्मचारी दिनेश महराको पनि उपस्थिति थियो ।

एक्सेस, एशियाली ऋण महासंघ (अकू) को प्राविधिक सहयोगमा नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी अन्तर्राष्ट्रिय मान्यताप्राप्त स्तरीकरण कार्यक्रम हो ।

२०६२ साल माघ ६ गते स्थापना भएको हरियाली साकोसमा हाल ५ हजार बढी सदस्य छन् । समुदायमा आधारित उक्त साकासको कुल सम्पत्ति ४५ करोड रहेको छ भने शुद्ध संस्थागत पुँजी ८ प्रतिशत रहेको छ । हरियाली साकोसले हाल एउटा सेवा केन्द्र सञ्चालन गरेको छ भने कुल कर्मचारी २० जना छन् । साकोसको सञ्चालक समिति ९ सदस्यीय छ भने ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेको छ ।

नेफ्स्कून सदस्य सेवा कार्यालय दाङ प्रमुख जोशीका अनुसार दाङ जिल्लामा हाल एक्सेसमा ३, प्रोवेसनमा ६ र कर्ब्समा १२ संस्था आवद्ध छन् ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप