हाम्रो सुपर साकोसः १४औं वार्षिक साधारण सभा
नेफ्स्कून सबै किसिमले सबल बन्दै गएको अध्यक्ष ढकालको दाबी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून सबै किसिमले सबल बन्दै गएको अध्यक्ष ढकालको दाबी

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले संघ सबै किसिमले सबल बन्दै गएको बताउनुभएको छ । उहाँले सदस्य संघ संस्थाहरुको विश्वासका कारण संघसँग अहिले पर्याप्त तरलता सञ्चिती रहेको बताउनुभयो । यस्तै, संघको वित्तीय स्थिति पनि राम्रो बन्दै गएको उहाँले दाबी गर्नुभयो । आफ्नो अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित हुँदाको घाटाको अवस्थामा हाल सुधार भई संघ नाफाको स्थितिमा पुगेको उहाँले प्रष्ट पार्नुभयो ।

बर्दघाट २, चिसापानी, नवलपरासी (ब.सु.प) स्थित हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि. को आज २०८१ कार्तिक २७ गते आयोजित १४औं वार्षिक साधारण सभाका प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष ढकालले संघ सञ्चालक समितिको सक्रियता तथा व्यवस्थापकीय कार्यकुशलताका कारण वित्तीय अवस्थामा सुधार आएको बताउनुभयो । साकोसका अध्यक्ष खेमराज सुवेदीको अध्यक्षतामा आयोजित सभामा संघको सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, उपसमिति, व्यवस्थापन, सदस्य तथा सरोकारवालाहरुको उपस्थिति थियो ।

नेफ्स्कूनको छैठौं रणनीतिक मार्गचित्रका आधारमा सञ्जाल व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइएको भन्दै अध्यक्ष ढकालले पछिल्लो समय करिब ३ दर्जन संघहरुसँग साझेदारी सम्झौता भई काम अघि बढेको बताउनुभयो । साझेदारी मार्फत संघका कार्यक्रमहरुमा एकरुपता ल्याउने प्रयास गरिएको उहाँले बताउनुभयो । उहाँले सञ्जालीकरणका लागि चालु योजनामा एक सय संस्था लिने नेफ्स्कूनको योजना रहेको पनि सुनाउनुभएको ।

संघले तालिम शिक्षालाई व्यापकता दिनुका साथै सदस्यहरुलाई आत्मनिर्भर बनाउन उद्यमशिलता विकासका लागि यूएसएडसँग सम्झौता अनुरुप काम सञ्चालनमा रहेको जानकारी पनि उहाँले गराउनुभयो ।

स्थिरीकरण कोषका सम्बन्धमा अध्यक्ष ढकालले कोषमार्फत सदस्यहरुको गैरस्थलगत सुपरिवेक्षण गर्ने उल्लेख गर्नुभयो । नेफ्स्कूनले स्थलगत एवम् गैरस्थलगत सुपरिवेक्षण विधिमार्फत सदस्य संघ संस्थाहरुको सघन र नियमित सुपरिवेक्षणका गर्ने भन्दै पछिल्लो समय कानूनी तथा नीतिगत संरचनाका साथै बलियो आन्तरिक तयारी गरी अफसाइट सुपरिवेक्षणको काम स्थिरीकरण कोषमामर्फत थालनीको तयारी गरिएको उहाँले बताउनुभयो । तत्पश्चात वित्तीय सहकारीको अनुशासनमा रहेका संस्थाहरुको जिम्मा स्थिरीकरण कोष मार्फत नेफ्स्कूनले लिने पनि अध्यक्ष ढकालले विश्वास दिलाउनुभयो ।

सुपरिवेक्षणका ढाँचाहरु केन्द्रीय बैंकका ढाँचाहरुसंग मिलान गरी कोष सञ्चालन समितिले स्वीकृत गरि सकेको र हाल सफ्टवेयर  प्रणाली विकासको चरणमा रहेको अध्यक्ष ढकालले बताउनुभयो ।

यस्तै, जनशक्ति प्रमाणीकरणको संरचना तयार गरिएको, कर्जा सूचना केन्द्र, ऋण असुली न्याधिकरण, बचत सुरक्षण कोषका लागि पैरबी गरिएको र ती क्रमशः कार्यान्वयनमा जाने विश्वास दिलाउनुभयो । उहाँले बचत तथा ऋण सहकारीहरुलाई वित्तीय संस्था मान्न नेपाल राष्ट्र बैंक तयार नभएकाले क्रेडिट युनियन ऐनका लागि बहस पैरवी गरिएको बताउनुभयो । त्यसैगरी अध्यक्ष ढकालले प्रविधितर्फ मिरा इआरपी ३६८ सहकारी संघसंस्थाहरुले प्रयोगमा ल्याएको पनि बताउनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप