नेफ्स्कूनको ३३औं वार्षिक साधारणसभा व्यवस्थापन उप–समिति बैठकद्वारा कार्यदल गठन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३३औं वार्षिक साधारणसभा व्यवस्थापन उप–समिति बैठकद्वारा कार्यदल गठन

बुटवल । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३३औं वार्षिक साधारणसभा व्यवस्थापन उप–समितिको बैठक बुटवलमा सम्पन्न भएको छ ।

संघका बरिष्ठ उपाध्यक्ष एवम् साधारणसभा व्यवस्थापन उप–समितिका संयोजक दामोदर अधिकारीको अध्यक्षतामा आज कात्तिक ३० गते सम्पन्न बैठकले आसन्न साधारणसभालाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।

बैठकले साधारण सभाको समग्र व्यवस्थापन (उपस्थिति, कार्यक्रम स्थल, सहभागी व्यवस्थापन, सहभागीहरुको भ्रमण व्यवस्थापन, खाना, छपाई लगायत) गर्नका लागि प्रारम्भिक कार्ययोजना तयार गरी उपसमिति समक्ष २०८१ मंसिर ७ गते भित्र पेश गर्ने गरी जनउत्थान साकोसका व्यवस्थापक रणबहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदल सदस्यहरुमा बिनोद पराजुली, टिकाराम तिमल्सिना, अनन्त पाण्डे, मञ्जू गोदार, बिनोद जबरा तथा सरिता राना हुनुहुन्छ ।

साथै, साधारणसभा सम्पन्न गर्न आवश्यक बस्तु तथा सेवाहरु खरिद प्रक्रिया अगाडी बढाउने र स्थानीय संघ संस्थाहरुसँग आवश्यक समन्वय गर्ने विषयमा समेत बैठकले निर्णय गरेको छ ।

बैठकमा संघका सञ्चालकहरु तथा उपसमिति सदस्यहरु ज्ञानु पौड्याल र गोपाल प्रसाद गौतम, लुम्बिनी प्रोस्कूनका अध्यक्ष कृष्ण नेपाल, रुपन्देही जिल्ला बचत संघका अध्यक्ष बसन्त प्रसाद ढकाल समेतको सहभागिता रहेको थियो भने उक्त बैठकमा लुम्बिनी प्रदेश उद्योग व्यवसायी महासंघका अध्यक्ष माधव प्रसाद नेपाललाई विशेष आमन्त्रण गरिएको थियो ।

बैठकले संघको आगामी ३३औं वार्षिक साधारण सभालाई सहकारी, सरकार र निजी क्षेत्रको समन्वयमा सफल रुपमा सम्पन्न गर्ने सन्दर्भमा निर्णय गरेको हो ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप