भविष्य सहकारी हो
विश्व क्रेडिट युनियन सम्मेलन–२०२५ मा सहभागिताका लागि रजिष्ट्रेशन खुला
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विश्व क्रेडिट युनियन सम्मेलन–२०२५ मा सहभागिताका लागि रजिष्ट्रेशन खुला

एजेन्सी । विश्व क्रेडिट युनियन सम्मेलन–२०२५ मा सहभागिताका लागि नाम दर्ता खुला गरिएको छ । विश्वभरका वित्तीय सहकारीहरुको छाता संगठन विश्व ऋण परिषद् (ओकू) ले आयोजना गर्न लागेको उक्त सम्मेलन युरोपेली मुलुक स्वीडेनको राजधानी स्टकहोममा आगामी जुलाई १४ देखि १६ सम्म हुँदैछ ।

ओकूले अगामी अप्रिल ९ सम्म नाम दर्ता गर्नेहरुलाई रजिष्ट्रेशन शुल्कमा विशेष छुट (अर्ली बर्ड डिष्काउन्ट) उपलब्ध गराउने जनाएको छ । ओकूको वेबसाइट https://www.woccu.org/  मा गएर नाम दर्ता गराउन सकिनेछ ।

यो विश्व क्रेडिट युनियनका लागि बहुप्रतिक्षित सम्मेलन हो । अर्को भनेको सन् २०२५, विश्व क्रेडिट युनियन सम्मेलन आयोजनाको २० औं वर्ष पनि हो । सोही कारण पनि विश्व क्रेडिट युनियन सम्मेलनको २०औं वार्षिकोत्सव भव्य हुने ओकूले जनाएको छ । यो वर्ष द फ्युचर इज कोअपरेटिभ (भविष्य सहकारी हो ।) भन्ने थिमका साथ मनाउने निर्णयसँगै ओकूले सहभागीहरुको लागि नाम दर्ता खुला गरेको हो ।

सन् २०२५ लाई संयुक्त राष्ट्र संघले दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गरिसकेको परिप्रेक्ष्यमा सोही वर्ष हुने विश्व क्रेडिट युनियन सम्मेलनले थप महत्व राख्ने विश्वास ओकूको छ । सोही कारण आगामी ओकू सम्मेलनमा दिगो विकासमा विषयमा थप जानकारी हासिल हुने गरी कार्यक्रम तय गर्ने ओकूले जनाएको छ । स्कटहोम सम्मेलनमा ६० मुलुकका १८ सय बढी क्रेडिट युनियन अयिभानकर्मीहरुको सहभागिता रहने अपेक्षा गरिएको छ ।

सम्मेलनको दौरान ओकूको वार्षिक साधारण सभा, ओकू अन्तर्गत क्रेडिट युनियनमा आवद्ध महिलाहरुको सञ्जाल ग्लोबल विमिन लिडरशीप नेटवर्क (जीडब्लूएलएन) र युवाहरुको सञ्जाल डब्लूवाईसीयूपीसँगै क्रेडिट युनियनका जल्दाबल्दा विषयहरुमा प्लेनरी र ब्रेकआउट सेसन सञ्चालन हुने जनाइएको छ ।

विश्व क्रेडिट युनियन विश्वभरका बचत तथा ऋण सहकारी अभियानको महाकूम्भ हो । यो सम्मेलन सिकाइ तथा अनुभव आदानप्रदानसँगै सम्बन्ध विकास र विस्तार गर्ने साझा थलो समेत हो । ओकूले वेबसाइट तथा आफ्ना सामाजिक सञ्जालमार्फत आगामी अंग्रेजी वर्षको सम्मेलनका लागि सहभागी हुन आग्रह गर्दै रजिष्ट्रेशन खुला गरिएको जनाएको हो ।

यसअघि, विश्व क्रेडिट युनियन सम्मेलन २०२४ अमेरिकाको बोस्टन शहरमा जुलाई २१ देखि २४ सम्म आयोजना गरिएको थियो भने सन् २०२३ को विश्व क्रेडिट युनियन सम्मेलन जुलाई २३ देखि २६ सम्म क्यानाडाको भ्यानकूभर शहरमा आयोजना गरिएको थियो । ओकूको प्रत्यक्ष सदस्य नेफ्स्कूनले विगतका सम्मेलनहरुमा सहभागिता जनाउँदै आएको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप