भविष्य सहकारी हो
विश्व क्रेडिट युनियन सम्मेलन–२०२५ मा सहभागिताका लागि रजिष्ट्रेशन खुला
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विश्व क्रेडिट युनियन सम्मेलन–२०२५ मा सहभागिताका लागि रजिष्ट्रेशन खुला

एजेन्सी । विश्व क्रेडिट युनियन सम्मेलन–२०२५ मा सहभागिताका लागि नाम दर्ता खुला गरिएको छ । विश्वभरका वित्तीय सहकारीहरुको छाता संगठन विश्व ऋण परिषद् (ओकू) ले आयोजना गर्न लागेको उक्त सम्मेलन युरोपेली मुलुक स्वीडेनको राजधानी स्टकहोममा आगामी जुलाई १४ देखि १६ सम्म हुँदैछ ।

ओकूले अगामी अप्रिल ९ सम्म नाम दर्ता गर्नेहरुलाई रजिष्ट्रेशन शुल्कमा विशेष छुट (अर्ली बर्ड डिष्काउन्ट) उपलब्ध गराउने जनाएको छ । ओकूको वेबसाइट https://www.woccu.org/  मा गएर नाम दर्ता गराउन सकिनेछ ।

यो विश्व क्रेडिट युनियनका लागि बहुप्रतिक्षित सम्मेलन हो । अर्को भनेको सन् २०२५, विश्व क्रेडिट युनियन सम्मेलन आयोजनाको २० औं वर्ष पनि हो । सोही कारण पनि विश्व क्रेडिट युनियन सम्मेलनको २०औं वार्षिकोत्सव भव्य हुने ओकूले जनाएको छ । यो वर्ष द फ्युचर इज कोअपरेटिभ (भविष्य सहकारी हो ।) भन्ने थिमका साथ मनाउने निर्णयसँगै ओकूले सहभागीहरुको लागि नाम दर्ता खुला गरेको हो ।

सन् २०२५ लाई संयुक्त राष्ट्र संघले दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गरिसकेको परिप्रेक्ष्यमा सोही वर्ष हुने विश्व क्रेडिट युनियन सम्मेलनले थप महत्व राख्ने विश्वास ओकूको छ । सोही कारण आगामी ओकू सम्मेलनमा दिगो विकासमा विषयमा थप जानकारी हासिल हुने गरी कार्यक्रम तय गर्ने ओकूले जनाएको छ । स्कटहोम सम्मेलनमा ६० मुलुकका १८ सय बढी क्रेडिट युनियन अयिभानकर्मीहरुको सहभागिता रहने अपेक्षा गरिएको छ ।

सम्मेलनको दौरान ओकूको वार्षिक साधारण सभा, ओकू अन्तर्गत क्रेडिट युनियनमा आवद्ध महिलाहरुको सञ्जाल ग्लोबल विमिन लिडरशीप नेटवर्क (जीडब्लूएलएन) र युवाहरुको सञ्जाल डब्लूवाईसीयूपीसँगै क्रेडिट युनियनका जल्दाबल्दा विषयहरुमा प्लेनरी र ब्रेकआउट सेसन सञ्चालन हुने जनाइएको छ ।

विश्व क्रेडिट युनियन विश्वभरका बचत तथा ऋण सहकारी अभियानको महाकूम्भ हो । यो सम्मेलन सिकाइ तथा अनुभव आदानप्रदानसँगै सम्बन्ध विकास र विस्तार गर्ने साझा थलो समेत हो । ओकूले वेबसाइट तथा आफ्ना सामाजिक सञ्जालमार्फत आगामी अंग्रेजी वर्षको सम्मेलनका लागि सहभागी हुन आग्रह गर्दै रजिष्ट्रेशन खुला गरिएको जनाएको हो ।

यसअघि, विश्व क्रेडिट युनियन सम्मेलन २०२४ अमेरिकाको बोस्टन शहरमा जुलाई २१ देखि २४ सम्म आयोजना गरिएको थियो भने सन् २०२३ को विश्व क्रेडिट युनियन सम्मेलन जुलाई २३ देखि २६ सम्म क्यानाडाको भ्यानकूभर शहरमा आयोजना गरिएको थियो । ओकूको प्रत्यक्ष सदस्य नेफ्स्कूनले विगतका सम्मेलनहरुमा सहभागिता जनाउँदै आएको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप