मकवानपुरका साकोसहरु 'बीडीएस डेस्क' स्थापना गर्न इच्छुक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मकवानपुरका साकोसहरु 'बीडीएस डेस्क' स्थापना गर्न इच्छुक

काठमाडौं । मकवानपुरका विभिन्न बचत तथा ऋण सहकारीहरुले सदस्यहरुलाई उद्यमी बनाउँदै आत्मनिर्भरताको अभियानमा जोडिनुपर्ने आवश्यकता रहेको जनाएका छन् । आफ्ना सदस्यहरुमा उद्यमशीलता विकास गरी स्वरोजगारी सृजनाको अवसर उपलब्ध गराउन सक्दा सदस्य र साकोस दुबैलाई लाभदायक हुने भन्दै त्यसका लागि व्यवसाय प्रवर्धन कक्ष (बीडीएस डेस्क) राख्ने इच्छा व्यक्त गरेका हुन् ।

नेफ्स्कून मकवानपुर सदस्य सेवा कार्यालयको आयोजनामा आज २०८१ कार्तिक २९ गते सञ्चालन गरिएको उद्यमशीलता विकास सेवा कार्यक्रमका क्रममा सहभागी साकोसका प्रतिनिधिहरुले उक्त विचार व्यक्त गरेका हुन् । ऋण लगानीलाई विविधिकरण गर्न, ऋण लगानीको पोर्टफोलियो स्वस्थ्य राख्न र सदस्यहरुलाई संस्थाप्रति विश्वास जगाउन उद्यमशीलता प्रवर्धन अब जरुरी भैसकेको सहभागीहरुले उल्लेख गरेका हुन् ।

कार्यक्रममा ७ वटा साकोसका १८ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय भिमफेदी साकोस सञ्जालमा आवद्ध नेफ्स्कूनका सदस्य साकोसहरुको सहभागिता रहेको थियो । सञ्जाल संयोजक रोमी घलानको अध्यक्षतामा आयोजित कार्यक्रममा सहकारी सञ्जाल संयोजक रिता आले प्रमुख अथिति रहनुभएको थियो भने जिल्ला बचत सङ्घकी सन्चालक शर्मिला महत लगायत उद्यमी सदस्यहरुको उपस्थिति रहेको नेफ्स्कून सदस्य सेवा कार्यालय प्रमुख ज्योति महतले जानकारी गराउनुभयो । कार्यक्रममा नेफ्स्कूनका अनुगमन अधिकृत मनोज खड्काको पनि उपस्थिति थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप