नेफ्स्कूनको ३३ औं वार्षिक साधारण सभा तयारी बैठक बुटवलमा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३३ औं वार्षिक साधारण सभा तयारी बैठक बुटवलमा सम्पन्न 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३३ औं वार्षिक साधारण सभाको सम्बन्धमा आज बुटवलमा तयारी बैठक सम्पन्न भएको छ ।

बैठकमा आगामी पुस ५ र ६ गतेका लागि तय भएको नेफ्स्कूनको ३३ औं वार्षिक साधारण सभालाई कसरी सभ्य र भव्य रुपमा सम्पन्न गर्न सकिन्छ भनेर छलफल भएको थियो । बैठकमा नेफ्स्कूनकातर्फबाट आगामी सभालाई व्यस्थित तथा उपलब्धिमूलक एवम् अत्यधिक सहभागिताका साथ सम्पन्न गर्न सबैको साथ, सहयोग र सुझावको अपेक्षा र विश्वास राखिएको थियो भने सहभागी स्थानीय सहकारीकर्मीहरुले त्यसका लागि आवश्यक तयारीबारे राय सुझाव राख्दै आफ्नो तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

बैठकमा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष एवम् साधारण सभा तयारी उपसमिति संयोजक दामोदर अधिकारी, सञ्चालकहरु एवम् उपसमिति सदस्यहरु ज्ञानु पौड्याल तथा गोपालप्रसाद गौतम, लुम्बिनी प्रोस्कूनका अध्यक्ष कृष्ण नेपाल, बचत संघ नवलपरासीका अध्यक्ष राजन कुमार आचार्य, लुम्बिनी साकोसका अध्यक्ष महेश्वर श्रेष्ठ, सामूहिक विकास साकोस, शंकरनगरका सचिव भिमप्रसाद पोखरेल, पाल्पा रामपुरस्थित अन्धकारमुक्ति साकोसका उपाध्यक्ष खगेन्द्रप्रसाद न्यौपाने लगायत नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत राधेश्याम श्रेष्ठ एवम् स्थानीय व्यवस्थापनको सहभागिता थियो । छलफलमा लुम्बिनी प्रदेशका विभिन्न साकोसहरुका अध्यक्ष तथा सञ्चालक प्रतिनिधि एवम् व्यवस्थापकहरुको उपस्थिति थियो ।

संघको साधारणसभालाई सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा सभास्थल ब्यवस्थापन, सहभागिता, झाँकी, साँस्कृतिक र स्थानीय पर्यटन समेतका विषयमा प्रारम्भिक कार्ययोजना तयार गरी ३३ औं साधारणसभा व्यवस्थापन उप समिति समक्ष पेश गर्ने गरी रुपन्देहीको जनउत्थान साकोसका व्यवस्थापक रण बहादुर थापाको नेतृत्वमा ७ सदस्यीय कार्यदल समेत आजको छलफलबाट गठन गरिएको छ ।

नेफ्स्कूनको गत असोज १४ गते सोमबार बसेको सञ्चालक समितिको ३ सय ३३औं बैठकले आउँदो वार्षिक साधारण सभा काठमाडौं बाहिर पुस ५ र ६ गते लुम्बिनी प्रदेशको बुटवलमा गर्ने निर्णय गरेको थियो । सभाको तयारीका लागि संघका बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर अधिकारीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति समेत गठन गरिएको थियो । उक्त उपसमितिका संयोजक अधिकारीको अध्यक्षतामा २०८१ कार्तिक ७ गते नेफ्स्कूनको रुपन्देही सदस्य सेवा कार्यालयमा बसेको बैठकले आधा दर्जन प्रस्ताव उपर छलफल गरी आवश्यक निर्णयहरु समेत गरेको थियो ।

उपसमिति सदस्यहरुमा सञ्चालकहरु कमलादेवी गिरी, ज्ञानु पौड्याल, दिप्ती शाही र गोपालप्रसाद गौतम रहनुभएको छ भने सञ्चालक समितिको ३३४औँ बैठकले लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपाल, रूपन्देही बचत संघका अध्यक्ष वसन्त ढकाल, नवलपरासी बचत संघका अध्यक्ष राजन कुमार आचार्य र पाल्पा बचत संघका अध्यक्ष जगदीश भट्टराईलाई उपसमिति सदस्य मनोनयन गरेको थियो ।


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप