बंगलामुखी साकोसको सीयूडीसीसी
दिगोपनाका लागि संस्थागत पुँजी वृद्धिमा जोड दिनुहोस्ः नेफ्स्कून उपाध्यक्ष अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दिगोपनाका लागि संस्थागत पुँजी वृद्धिमा जोड दिनुहोस्ः नेफ्स्कून उपाध्यक्ष अधिकारी

काठमाडौं । बंगलामुखी साकोसको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहजीकरणमा चितवनको सौराहामा कार्तिक २७ गतेदेखि साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम-सीयूडीसीसी सुरु भएको छ । 

गत असोज १७ गतेको साधारणसभाबाट निर्वाचित सञ्चालक र लेखा सुपरिवेक्षण समितिका लागि यो उच्चस्तरीय तालिम राखिएको साकोसले जनाएको छ । मंसिर १ गतेसम्म चल्ने उच्चस्तरीय तालिममा साकोसको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उच्च व्यवस्थापनको सहभागिता छ ।

साकोसका अध्यक्ष मोहनकृष्ण श्रेष्ठको अध्यक्षतामा आयोजित तालिमको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नेफ्स्कूनकी उपाध्यक्ष शान्ती अधिकारी रहनुभएको थियो । प्रमुख अतिथि अधिकारीले गुणस्तर सुनिश्चितता कार्यक्रमले साकोसलाई सुरक्षित बनाउने भन्दै दिगो साकोसको लागि संस्थागत पूँजी अपरिहार्य रहेकोले संस्थागत पुँजी वृद्धिमा जोड दिन आग्रह गर्नुभयो ।

उहाँले साकोसहरुले बचत तथा ऋण सहकारीको सिद्धान्तमा रहेर चल्नु पर्ने बताउनुभयो । नेफ्स्कून उपाध्यक्ष अधिकारीले सहकारीको नेतृत्व सुशासनमा चल्नुपर्ने बताउँदै यससम्बन्धी उदाहरण पनि प्रस्तुत गर्नुभएको थियो । साकोसका अध्यक्ष मोहन कृष्ण श्रेठले नेतृत्वको लागि निरन्तर सिकाइ आवश्यक रहने भन्दै यो तालिम पनि त्यही निरन्तर सिकाइको एउटा उदाहरण भएको बताउनुभयो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठले नेफ्स्कूनले सञ्चालन गरेको प्रोवेसन कार्यक्रममले संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । प्रोवेसनमा सहभागी बगलामुखी साकोसले निरन्तर उक्त कार्यक्रमका सूचकहरु परिपालनामा ध्यान दिदै आएको उहाँले जानकारी गराउनुभयो ।

उहाँका अनुसार सुर्यविनायक नगरपालिका २, बसिडोल, बालकोट, भक्तपुर मुख्य कार्यालय रहेको बंगलामुखी साकोसको कुल सम्पत्ति हाल १ अर्ब ४७ करोड रहेको छ । संस्थामा हाल ३५७० सदस्य छन् भने २४ प्रतिशत तरलता छ । साकोससँग कुल बचत १ अर्ब ८ करोड रहेको छ भने सदस्यलाई ऋण लगानी १ अर्ब ९ करोड पुगेको छ । सामुदायिक क्रियाकलापमा बंगलामुखी साकोसको सक्रियता छ ।

तालिम सहजकर्ता नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत कोमल राज अधिकारी र तालिम अधिकृत श्यामराजा तिमल्सिना रहनुभएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२२ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप