प्रोवेसन कार्यक्रममा सहभागी नभएको भए हामी पनि समस्यामा परिसक्थ्यौं होला !
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रोवेसन कार्यक्रममा सहभागी नभएको भए हामी पनि समस्यामा परिसक्थ्यौं होला !

काठमाडौं । भक्तपुरको बंगलामुखी साकोसले नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी राष्ट्रिय कार्यक्रम प्रोवेसनमा सहभागी नभएको भए आज अन्य सहकारी जस्तै संस्था समस्याग्रस्त हुन्थ्यो होला भन्दै उक्त कार्यक्रमले संस्थालाई दिगो र सदस्य केन्द्रित भई सञ्चालनमा ठूलो सहयोग पुर्याएको दाबी गरेको छ । 

साकोसका प्रमुख कार्यकारी अधिकृत (सिईओ) जगतकृष्ण श्रेष्ठले संस्थालाई वित्तीय रुपमा कसरी स्वस्थ्य राख्ने, संस्थागत वृद्धि कसरी हासिल गर्ने र सुशासनलाई आधार मानी कसरी सदस्य केन्द्रीत र समुदायमा आधारित रही सञ्चालन गर्ने भन्ने विषयमा प्रोवेसन कार्यक्रमले टुल्स र टेक्निक्स उपलब्ध गराएको बताउनुभएको छ । 

बंगलामुखी साकोसको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहजीकरणमा चितवनको सौराहामा कार्तिक २७ गतेदेख सुरु भएको सञ्चालकहरुको क्षमता अभिवृद्धि सम्बन्धी चार दिवसीय तालिमको उद्घाटनक क्रममा साकोसका प्रमुख कार्यकारी श्रेष्ठले नेफ्स्कूनले सञ्चालन गरेको प्रोवेसन कार्यक्रममले संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको हो । प्रोवेसनमा सहभागी बगलामुखी साकोसले निरन्तर उक्त कार्यक्रमका सूचकहरु परिपालनामा ध्यान दिदै आएको छ ।

संस्थाको प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठका अनुसार सुर्यविनायक नगरपालिका २, बसिडोल, बालकोट, भक्तपुर मुख्य कार्यालय रहेको बंगलामुखी साकोसको कुल सम्पत्ति हाल १ अर्ब ४७ करोड रहेको छ । संस्थामा हाल ३५७० सदस्य छन् भने २४ प्रतिशत तरलता छ । साकोससँग कुल बचत १ अर्ब ८ करोड रहेको छ भने सदस्यलाई ऋण लगानी १ अर्ब ९ करोड पुगेको छ । सामुदायिक क्रियाकलापमा बंगलामुखी साकोसको सक्रियता छ ।

गत असोज १७ गतेको साधारणसभाबाट निर्वाचित सञ्चालक र लेखा सुपरिवेक्षण समितिका लागि यो उच्चस्तरीय तालिम राखिएको साकोसले जनाएको छ । साकोसका अध्यक्ष मोहनकृष्ण श्रेष्ठको अध्यक्षतामा आयोजित तालिमको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नेफ्स्कूनकी उपाध्यक्ष शान्ती अधिकारी रहनुभएको थियो ।

मंसिर १ गतेसम्म चल्ने उच्चस्तरीय तालिममा साकोसको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उच्च व्यवस्थापनको सहभागिता छ । तालिम सहजकर्ता नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत कोमल राज अधिकारी र तालिम अधिकृत श्यामराजा तिमल्सिना रहनुभएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप