नेफ्स्कूनको ३३ औं वार्षिक साधारण सभा: प्रारम्भिक कार्ययोजना कार्यदलको बैठक सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३३ औं वार्षिक साधारण सभा: प्रारम्भिक कार्ययोजना कार्यदलको बैठक सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३३ औं वार्षिक साधारण सभाको तयारीका लागि गठित प्रारम्भिक कार्ययोजना कार्यदलको पहिलो बैठक आज संघको रुपन्देही सदस्य सेवा कार्यालयमा बसी विभिन्न प्रस्ताव उपर छलफल पछि आवश्यक निर्णयहरु गर्दै सम्पन्न भएको छ ।

कार्यदलका संयोजक रुपन्देहीको जनउत्थान साकोसका प्रमुख कार्यकारी अधिकृत रन बहादुर थापाको संयोजकत्वमा बसेको बैठकले स्वागत व्यानर व्यवस्थापन, सदस्य उपस्थिति डेस्क स्थापना, लुम्बिनी अवलोकन भ्रमण सहजीकरण, सांस्कृतिक कार्यक्रम आयोजना व्यवस्थापन, सहकारी संस्थाका सफल उद्यमी सदस्यहरुको उत्पादन प्रवर्धनका लागि स्टल व्यवस्थापनसँगै प्रतिवेदन छपाई, मञ्च, होटल तथा खाना खाजा आदि व्यवस्थापनका सम्बन्धमा आवश्यक निर्णयहरु गरेको छ ।

आजको बैठकमा प्रारम्भिक कार्ययोजना कार्यदलका सदस्यहरुमध्ये टिकाराम तिमिल्सिना, अनन्त पाण्डे, मञ्जु गोदार, बिनोद जबरा र सरिता रानाको उपस्थिति रहेको थियो । 

यसअघि, नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवम् ३३औं वार्षिक साधारणसभा व्यवस्थापन उप–समितिका संयोजक दामोदर अधिकारीको अध्यक्षतामा कात्तिक ३० गते बुटवलमा सम्पन्न बैठकले साधारण सभाको समग्र व्यवस्थापन ९उपस्थिति, कार्यक्रम स्थल, सहभागी व्यवस्थापन, सहभागीहरुको भ्रमण व्यवस्थापन, खाना, छपाई लगायत० गर्नका लागि प्रारम्भिक कार्ययोजना तयार गरी उपसमिति समक्ष २०८१ मंसिर ७ गते भित्र पेश गर्ने गरी जनउत्थान साकोसका व्यवस्थापक थापाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदल सदस्यहरुमा बिनोद पराजुली, टिकाराम तिमल्सिना, अनन्त पाण्डे, मञ्जू गोदार, बिनोद जबरा तथा सरिता राना हुनुहुन्छ ।

आजको बैठकमा नेफ्स्कूनका तर्फबाट कल्पना भण्डारी, नेत्रप्रसाद सापकोटा, प्रकाश लुहार, प्रियंका कलवार र पुजा कुमारी अग्रहरीको व्यवस्थापन सहयोग रहेको थियो ।

नेफ्स्कूनको ३३ औं वार्षिक साधारण सभा आगामी पुस ५ र ६ गते लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको बुटवलमा अवस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुँदैछ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप