सिन्धुलीको हरिहरपुरगढीका सहकारीहरुका लागि नेतृत्व विकास तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीको हरिहरपुरगढीका सहकारीहरुका लागि नेतृत्व विकास तालिम

सिन्धुली । हरिहरपुरगढी गाउँपालिकाभित्र सञ्चालित सहकारीका सञ्चालक, पदाधिकारी तथा कर्मचारीलाई लक्षित गरी नेतृत्व तथा क्षमता विकाससम्बन्धी पाँचदिने तालिम सुरु भएको छ । 

गाउँपालिकाको आयोजना रहेको तालिमको पहिलो दिन आइतबार सहकारीको अवधारणा, विकासक्रम सहकारीको मूल्यमान्यता र सिद्धान्त, सहकारी संस्था र अन्य संस्थाबीच फरक, सञ्चालक समितिको भूमिका र दायित्व, सहकारीको कोष व्यवस्थापन र महत्त्वलगायत विषयमा प्रस्ट पारिएको कार्यक्रम संयोजक एवं पालिकाका आर्थिक विकास शाखा प्रमुख संजित कार्कीले जानकारी दिनुभयो । यसैगरी, सहकारीमा हुनसक्ने जोखिमहरु र समाधानका उपाय, सुरक्षित ऋण लगानीको प्रकृया तथा चरणहरु र आवश्यक कागजातको विषयमा पनि नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

बागमती प्रदेशको बचत तथा ऋण सहकारी संघका कृष्णहरी कोइरालाले पनि प्रशिक्षण दिनुहुने पालिकाले जानकारी दिएको छ । तालिममा सहकारीका पदाधिकारी तथा कर्मचारीलाई पर्ल्स अनुगमन प्रणाली, सहकारी संस्थामा पर्ल्सको महत्त्व, सिद्धान्त तथा पर्ल्स प्रविधिको विषयमा जानकारी गराइनेछ । त्यस्तै सहकारीमा रणनीतिक योजना, आवश्यकता, महत्त्व र रणनीतिक योजना निर्माणको प्रकृया र चरणणहरुको विषयमा पनि प्रशिक्षण गराइने शाखा प्रमुख कार्कीले जानकारी दिनुभयो ।

“सहकारीको साधारणसभाले दिएको निर्देशनअनुसार संस्थालाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि व्यवस्थापकको भूमिका कार्यकारी, नेतृत्वदायी तथा संयोजनकारी हुनुपर्छ,” उहाँले भन्नुभयो, “सहकारी सञ्चालनले विधि र प्रक्रिया राम्रोसँग बुझेर काम गर्न सकेमा सहकारीका समस्या कम हुँदै जाने भएकाले सहकारीका पदाधिकारी र कर्मचारीहरुका लागि तालिम सञ्चालन गरिएको हो ।”

सहकारी संस्थामा हुने सम्पूर्ण कामको व्यवस्थापन गर्ने, व्यवस्थापनलाई प्रभावकारी निर्देशन गर्नका लागि पनि व्यवस्थापक तथा पदाधिकारीले सहकारी ऐन, नियम, संस्थाको विनियम, निर्देशिकालगायतका विषयमा जानकारी राख्नुपर्ने भएकाले व्यवस्थापक तथा पदाधिकारीहरुका लागि तालिम सञ्चालन गरिएको तालिम संयोजक कार्कीले बताउनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप