नेचुरल साकोसको १६औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः शर्मिला शिल्पकार
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेचुरल साकोसको १६औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः शर्मिला शिल्पकार

काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः शर्मिला शिल्पकार निर्वाचित भएकी छिन् । शनिबार सम्पन्न संस्थाको १६औं वार्षिक साधारण सभाले आगामी ४ वर्षको लागि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरेको हो । 

नव निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा विकल्प पाठक, कोषाध्यक्षमा भिम बहादुर गुरुङ निर्वाचित भएका छन् । त्यस्तै सञ्चालकहरुमा पार्वती मानन्धर, गंगाकुमारी अधिकारी र सजनी आर्याय निर्वाचित भएकी छिन् ।

त्यसैगरी पुर्ण बहादुर तामाङको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन भएको छ । समितिका सदस्यहरुमा श्रीधर पाठक र मिना मोक्तान चयन भएकी छिन् ।

नवनिर्वाचित दुबै समितिलाई निर्वाचन समितिका संयोजक सिताराम राउतले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
संस्थामा नेतृत्वसहित महिला सहभागिता ५० प्रतिशत पुगेको छ । 

सभामा अध्यक्ष शिल्पकारले संस्थाको वित्तीय स्वस्थता र गुणस्तरियता कायम राख्दै सदस्यहरूको आर्थिक, सामाजिक र साँस्कृतिक पक्षमा सुरूवाती दिनदेखि नै क्रियाशिल रहेको बताईन । वित्तीय कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउनलाई सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धि जारी ऐन, निर्देशनलाई पूर्ण रूपमा पालना गर्दै आएको समेत बताईन ।

‘विविध प्रतिकुलताका बीचमा पनि हाम्रो लागि सफलताको वर्षको रूपमा रहेको छ’, अध्यक्ष शिल्पकारले भनिन्, ‘नेचुरलको सफलता र साखलाई आगामी वर्षहरूमा कायमै राख्न हाम्रो ध्यान रणनीतिक योजनाका साथ सदस्य सेवा र व्यवसाय वृद्धिमा केन्द्रित हुनेछ ।’

संस्थाकी अध्यक्ष शिल्पकारको सभापतित्व एवं बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकको प्रमुख आतिथ्यतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य प्रभात तामाङ, शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित र गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालको विशेष आतिथ्यता रहेको थियो ।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव गोविन्द प्रसाद काफ्ले, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक हेमबहादुर कार्की, काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष सिमा पुरी लगायतको आतिथ्यता रहेका थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्थाका सञ्चालक भिम बहादुर गुरुङले ‘नेचुरल सहकारीको पहिचान, उद्यमशीलता विकासको अभियान’ भन्ने मुल उद्देश्यका सञ्चालित नेचुरल सहकारीले सदस्यलाई वित्तीय सेवाका साथै सदस्य केन्द्रीत विविध कार्यक्रम सञ्चालन गर्दै आएको बताए । १६औं वार्षिक साधारण सभासम्म आईपुग्दा सदस्यहरुको माया, विश्वास प्रति संस्था आभारी रहेको बताए ।

सभामा संस्थाका सचिव विकल्प पाठकले सदस्यहरूको पूर्ण विश्वासले आजको विषम परिस्थितीमा पनि सवल अवस्था र गुणस्तरिय सेवा प्रदान गर्न संस्था सफल भएको बताए ।

‘सहकारीहरुको भिडमा नेचुरल सहकारी ले जुन पहिचान बनाउन सफल भएको छ त्यो तपाईं सदस्यहरूकै कारण सफल भएको छ । वर्तमान अवस्थामा पनि सदस्य वृद्धि, बचत वृद्धि, निरन्तर सदस्य शिक्षा तथा विस्तारीत मञ्चहरू संचालन र सदस्यहरूको सफलताहरू निमार्ण गर्दै अगाडी बढ्नुले संस्थाको सक्रियता र सदस्य केन्द्रियतालाई पुष्टि गर्दछ’, पाठकले भने, ‘स्वःनियम एंव सुशासन युक्त समुदायमा आधारित सदस्य केन्द्रित मुलकको उत्कृष्ट एंव अग्रणी सहकारीको रूपमा स्थापित गर्ने लक्ष्यलाई आत्मसाथ गर्दै नियमित कारोबार सँगै प्रविधि मैन्त्री सेवा तथा विभिन्न सामाजिक उतरदायित्वमा संस्था क्रियाशिल छ ।’

सहकारीको मूल्य, मान्यता, सिद्धान्त एवं सहकारी ऐन, नियमावली, मादण्ड र निर्देशनहरूको परिचालनमा नेचुरल सहकारी प्रतिवद्ध रहेको उनले बताए । सदस्यहरूको बचत र लगानीको सुरक्षाको प्रत्याभुती गर्दै संस्था प्रति दर्शाउनु भएको विश्वास र भरोसालाई डगमगाउन नदिने प्रतिवद्धता जनाए ।

साधारण सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक अच्युतम काफ्लेले प्रतिवेदन पेश गरेका थिए । समितिले आवधिक भन्दा नियमित बचतमा जोड दिनुपर्ने, बाह्य ऋणको अनुपात घटाउँदै लैजानुपर्ने, निक्षेप र कर्जाको अनुपात कायम राख्नुपर्ने, सदस्यलाई सक्रिय बनाउ रणनीति तयार गरेर लागू गर्नुपर्ने, कार्यालय खर्च कम गर्नुपर्ने लगायतको सुझाव सञ्चालक समितिलाई दिएको छ ।

साधारण सभाले आगामी चार वर्षको लागि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गर्नुका साथै विभिन्न ११ एजेण्डा उपर छलफल गरी पारित गरेको छ ।

संस्थाको सेयर पुँजी १६ करोड ५१ लाख, बचत तथा निक्षेप १ अर्ब ७९ करोड ६८ लाख, कर्जा तथा सापटी १ अर्ब ९१ करोड रहेको छ । त्यस्तै कुल आम्दानी ३१ करोड ६८ लाख गरी २८ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ । संस्थाले २ करोड २३ करोड (कर अघि) नाफा गरेको छ । संस्थाले १ करोड ९० लाख रुपैयाँ राजश्वमा योगदान गरेको छ । आव २०८०८१ मा संस्थाको कुल कारोबार २ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

साधारण सभाको अवसरमा उत्कृष्ठ कर्मचारी, उत्कृष्ठ सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । साधारण सभाको अवसरमा लायन्स तथा लियो क्लब अफ काठमाडौं चाबाहिलको संयुक्ता रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । साधारण सभा स्थलमा आयोजना गरिएको रक्तदानमा ५२ पिन्ट रगत संकलन भएको थियो ।

साधारण सभाकै अवसरमा संस्थाका सदस्यहरुद्वारा उत्पादित सामग्रीहरुको विक्रि तथा प्रर्दशनी समेत गरिएको थियो ।

साधारण सभामा अध्यक्ष शिल्पकारले संस्थाको वित्तीय स्वस्थता र गुणस्तरियता कायम राख्दै सदस्यहरूको आर्थिक, सामाजिक र साँस्कृतिक पक्षमा सुरूवाती दिनदेखि नै क्रियाशिल रहेको बताईन । वित्तीय कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउनलाई सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धि जारी ऐन, निर्देशनलाई पूर्ण रूपमा पालना गर्दै आएको समेत बताईन । ‘विविध प्रतिकुलताका बीचमा पनि हाम्रो लागि सफलताको वर्षको रूपमा रहेको छ’, अध्यक्ष शिल्पकारले भनिन्, ‘नेचुरलको सफलता र साखलाई आगामी वर्षहरूमा कायमै राख्न हाम्रो ध्यान रणनीतिक योजनाका साथ सदस्य सेवा र व्यवसाय वृद्धिमा केन्द्रित हुनेछ ।’

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप