काठमाडौं । चितवनको सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि. एक्सेस स्तरीकरण कार्यक्रममा आवद्ध भएको छ । कालिका–६, खोलेसिमल अवस्थित साकोसका अध्यक्ष लालुप्रसाद दाहाल र नेफ्स्कूनकी उपाध्यक्ष शान्ती अधिकारीले आज एक्सेस स्तरीकरण कार्यक्रम सम्बन्धी द्धिपक्षीय सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । कार्यक्रममा साकोसका उपाध्यक्ष टंक बहादुर थापा, सचिव भीम प्रसाद लामिछाने, लेखा सुपरिवेक्षण समिति संयोजक होम प्रसाद भट्ट तथा प्रमुख कार्यकारी अधिकृत रामचन्द्र पाठक सहभागी हुनुभएको थियो भने नेफ्स्कून चितवन सदस्य सेवा कार्यालय इन्चार्ज यमकला सुवेदीसँगै संघको स्थानीय व्यवस्थापन उपस्थिति थियो ।
सुरक्षित साकोसले एक्सेस कार्यक्रममा आवद्धताले साकोसलाई थप सुरक्षित, भरपर्दो र सदस्य मैत्री बनाउन टेवा पुग्ने विश्वास लिएको छ । एक्सेस स्तरीकरण कार्यक्रम नेफ्स्कून र एशियाली ऋण महासंघ (अकू) को प्राविधिक सहकार्यमा विगत लामो समयदेखि सञ्चालन हुँदै आएको छ । एक्सेस ब्राण्ड संस्थाको राष्ट्रिय अन्तर्राष्ट्रिय छविसँग जोडिएकाले पनि साकोसहरुमा यसप्रतिको आकर्षण बढ्दो छ ।
२०६५ सालमा स्थापित सुरक्षित साकोसमा हाल ५ हजार बढी सदस्य छन् । समुदायमा आधारित उक्त साकासको कुल सम्पत्ति ९९ करोड बढी रहेको छ भने कुल संस्थागत पुँजी १३ करोड ५१ लाख बढी छ ।
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
३ दिन अगाडि
७ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१५ दिन अगाडि
६ दिन अगाडि
५ दिन अगाडि
१४ दिन अगाडि