३३औं वार्षिक साधारण सभा
नेफ्स्कूनको साधारणसभामा सद्भावपूर्व सहकार्यका लागि सरोकारवालाहरुसँग आग्रह 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको साधारणसभामा सद्भावपूर्व सहकार्यका लागि सरोकारवालाहरुसँग आग्रह 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आगामी पुस ५ र ६ गते लुम्बिनी प्रदेशमा आयोजना हुने ३३औं वार्षिक साधारण सभाको तयारी जोडतोडका साथ चलिरहेको छ । लामो समयपछि काठमाडौं बाहिर हुन लागेको साधारण सभालाई सभ्य, भव्य, व्यवस्थित र अपूर्व सहभागिताका साथ सम्पन्न गर्न संघले कुनै कसर बाँकी राखेको छैन । ३३औं वार्षिक साधारण सभा व्यवस्थापन उप–समितिले स्थानीय सरोकारवालाहरुसँग समन्वय, सद्भाव र सहकार्यका लागि भेटघाटलाई बढाउँदै लगेको छ ।

उपसमितिले स्थानीय सरकार, व्यूरोक्रेसी, सहकारी अभियन्ता लगायत प्रत्यक्ष र परोक्ष सरोकारवालाहरुसँग भेट गरी साधारण सभाबारे जानकारीसहित सहयोग र समन्वयका लागि औपचारिक पत्रसहित आग्रह गरेको छ । यसैक्रममा आज उपसमिति सदस्यहरु नेफ्स्कून सञ्चालक ज्ञानु पौड्याल तथा लुम्बिनी प्रोस्कूनका अध्यक्ष कृष्ण नेपालले लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लार्का लामा तथा कोषाध्यक्ष ढुण्डीराज भट्टराईसँग भेट गरी लुम्बिनी भ्रमणमा सहजताका लागि आग्रह गर्नुभएको छ ।

भेटमा नेफ्स्कून सञ्चालक पौड्यालले बुटवलमा हुने साधारण सभामा ७६ जिल्लाबाट ठूलो संख्यामा प्रतिनिधिहरु सहभागी हुने भएकाले आन्तरिक पर्यटनमा पनि प्रवर्धन हुने भन्दै यो अवसरमा शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी लगायत आसपासका धार्मिक, साँस्कृतिक र पर्यटकीय महत्वका स्थानहरु अवलोकनका लागि कोषमा उपलब्ध सवारी साधनहरु उपलब्ध गराउन तथा शान्ति दीपसम्म आवतजावतको अनुमति लगायतका सहयोग उपलब्ध गराउन आग्रह गर्नुभएको थियो ।

नेफ्स्कूनले यो वर्ष 'लुम्बिनी जाऔं, नेफ्स्कूनको ३३ औं वार्षिक साधारण सभा भव्य रुपमा सफल बनाऔं' भनी सबै सदस्य संघ संस्थाहरुलाई आग्रह गरेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप