बहसमा 'बीडीएस डेस्क'
स्वर्णलक्ष्मी साकोसमा USAID Trade and Competitiveness को टोली
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्वर्णलक्ष्मी साकोसमा USAID Trade and Competitiveness को टोली

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सँग रणनीतिक सहकार्यमा रहेको अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएड) अन्तर्गतको Trade and Competitiveness को एक टोलीले आज दमक–६ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को स्थलगत अवलोकन भ्रमण गरी व्यवसाय प्रवर्धन सेवा (बीडीएस) कार्यक्रम कार्यान्वयन सम्बन्धमा छलफल गरेको छ । छलफलमा बीडीएस कार्यक्रमको सम्भावना, अवसर र चुनौतीबारे अन्तरक्रिया भएको जनाइएको छ । 

Jason Seuc, Director - Economic Growth Office, USAID, Anita Mahat Rana, Economic Growth Specialist, Economic Growth Office, USAID, Agnes Luz, Chief of Party, USAID Trade and Competitiveness, Bhojraj Poudel, Director- Economic Resilience and Competitiveness, USAID Trade and Competitiveness, सम्मिलित टोलीले उक्त भ्रमणमा नेफ्स्कूनका सञ्चालक एवम् संघको सुनसरी सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक लक्ष्मी सापकोटा, संघका बरिष्ठ अधिकृत नविनराज दाहाल, अधिकृत रिसभराज रेग्मी जोडिनुभएको थियो भने साकोसका अध्यक्ष लगायत सञ्चालक समिति तथा उच्च व्यवस्थापनको सहभागिता रहेको थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएड) अन्तर्गतको Trade and Competitiveness बीच सन् २०२३ जुन मा साझेदारी सम्झौता भएको थियो । उक्त सम्झौतामार्फत छोटो अवधिमै दुई दर्जन बढी साकोसमा बीडीएस डेस्क स्थापना, साकोस अभियानका समसामयिक सवालमा नीतिगत बहसपैरवी, सदस्य साकोसहरुलाई तालिम तथा शिक्षा, कृषि र पर्यटनसँग सम्बन्धित सेवा विकास लगायत थुप्रै कामहरु भएका छन् । 

नेफ्स्कूनको छैठौं रणनीतिक व्यवासायिक योजनामा समेत यो साझेदारीलाई थप सुदृढ बनाउने विषय सम्बोधन भएको छ । यो द्धिपक्षीय साझेदारीले साकोस अभियानमार्फत उद्यमशीलता प्रवर्धनका दिशामा महत्वपूर्ण कोशेढुङ्गा हुने विश्वाससँगै सक्रियताका साथ कार्यक्रमलाई अघि बढाएका हुन् । 

साकोसहरुको माध्यमबाट पिँधमा परेका समुदायको सामाजिक आर्थिक सशक्तिकरणका लागि साना तथा मझौला उद्यम सञ्चालनमा आवश्यक परामर्श, सेवा, पुँजी र प्रविधि सहजीकरणमा नेफ्स्कूनको सशक्त सञ्जाल प्रभावकारी हुने भन्दै USAID Trade and Competitiveness ले यो समझदारीलाई महत्व दिएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप