२८औं वार्षिक साधारण सभा: रौतहट बचत संघ
सुशासित साकोस अभियान निर्माणको आवश्यकतामा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुशासित साकोस अभियान निर्माणको आवश्यकतामा जोड

काठमाडौं । रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको २८ औं बार्षिक साधारण सभा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा मंसिर ५ गते बुधबार सम्पन्न भएको छ । संघका अध्यक्ष विभु पोखरेलको अध्यक्षतामा आयोजित सभामा प्रमुख अतिथि अधिकारीले सहकारी राज्यको एउटा बलियो आर्थिक खम्बा भएकाले विद्युतीय वित्त प्रणाली, स्तरीकरण र स्थिरीकरण कोषको प्रभावकारी सञ्चालनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीतिक साझेदारी सहित अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र सफल अभ्यासहरुलाई नेपालको साकोस अभियानमा अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्वस्थ र सुरक्षित साकोसहरूको जवाफदेही एकीकृत सञ्जाल भन्ने नेफ्स्कूनको परिकल्पना पूरा गर्न सद्भावपूर्वक सहकार्यको अपेक्षा गर्दै स्थानीय स्तरबाट समेत सुशासित साकोस अभियान निर्माणमा पहलकदमीको लागि अनुरोध गर्नुभयो । 

कार्यक्रममा संघका अध्यक्ष विभू पोखरेलले रौतहट जिल्लामा सहकारी अभियानलाई गति दिने प्रवर्द्धनात्मक र समन्वयनात्मक कार्य गर्ने पवित्र उद्देश्य लिएर २०५४ असोज १२ गते विधिवत दर्ता भई रौतहट जिल्ला सहकारी अभियानको एक दरिलो खम्वा भएको भन्दै संघले गत चैत्रमा दोश्रो ४ वर्षे रणनितिक योजना निर्माण गरेर “गुणस्तरीय साकोसका लागि सुशासनयुक्त गतिशील संघ” को नारालाई सार्थकता बनाउन आफूहरु निरन्तर लागिपरेको बताउनुभयो ।

उहाँले हिजोआज सहकारी क्षेत्रमा गलत भाष्य प्रयोग गरेर केही खराब सहकारीका गतिविधिलाई आधार मानेर नियोजित हिसाबलेनै बदनाम गर्न खोजिएकाले तमाम समस्याहरुलाई समाधान गर्न पारस्परिक एकता, मित्रवत व्यवहार, पारदर्शिता र निरन्तर लगाव नै हो भन्ने कुरामा सबै सहकारीहर स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो । सभामा पोखरेलले सञ्चालक समितिको तर्फबाट समग्र सांगठनिक प्रतिवेदन, महासचिव देव बहादुर सापकोटाले २०८०/८१ को प्रगति प्रतिवेदन तथा २०८१/८२ को प्रस्तावित निति कार्यक्रम र कोषाध्यक्ष नरेन्द्र बहादुर रानाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । 

कार्यक्रमका वक्ताहरुले सहकारीले स्वरोजगार बनाएको आत्मनिर्भर बन्न उत्प्रेरित गरेको, वितिय परिचालन गरी उत्पादनसँग जोडिएको, बचतको अर्थ भावनालाई आत्मसाथ गर्न अभिप्रेरित गरेको, सामाजिक साँस्कृतिक परिवर्तन गर्न भूमिका निर्वाह गरेको, नेतृत्वको विकास, आपसि सद्भाव विश्वास र एकतावद्ध वनाउन भूमिका खेलेको, ७ खर्व भन्दा वढी पूँजी परिचालन गरेको, १ लाखभन्दा बढीलाई रोजगारी उपलब्ध गराएको विषयलाई नियामक निकाय र सरोकारवालाहरुले बिर्सन नहुने भन्दै सदस्यको घरदैलोमा पुगेर आवश्यकता पहिचान गरी सदस्य केन्द्रित कार्य गर्नुको विकल्प नभएको बताउनुभएको थियो । 

कार्यक्रममा नेफ्स्कून सञ्चालक शोभा कुमारी राउत, धनुषा सहकारी संघ लिमिटेडका अध्यक्ष ध्रुव नारायण यादव, पर्सा बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष राजेश पण्डित, बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सत्येन्द्र ठाकुर, चन्द्रपुर नगरपालिकाका सहकारी इकाई प्रमुख शेख नसरे आलम, राष्ट्रिय सहकारी बैंक चन्द्रनिगाहपुरका प्रमुख रुपा थापा लगायतको आतिथ्यता रहेको सो कार्यक्रमको सञ्चालन संस्थाका सचिव बसन्त कुमार आचार्यले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप