अन्तर्राष्ट्रिय सहकारी सम्मेलन-२०२४ को उद्घाटन भारतीय प्रधानमन्त्री मोदीले गर्ने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अन्तर्राष्ट्रिय सहकारी सम्मेलन-२०२४ को उद्घाटन भारतीय प्रधानमन्त्री मोदीले गर्ने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय सहकारी सम्मेलन-२०२४ को उद्घाटन गर्ने तय भएको छ । भर्खरै मात्र पुष्टि भएको यो समाचारलाई भारतीय सञ्चारमाध्यमहरुले बिशेष महत्वका साथ प्रकाशन प्रसारण गरेका छन् ।

प्रधानमन्त्री मोदीलाई उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्यताको लागि निमन्त्रणा गरिएपनि प्रधानमन्त्रीको कार्यालयबाट भर्खरै मात्र 'कम्फर्म' गरिएको हो । आगामी सोमबार मंसिर १० (नोभेम्बर २५) बाट आयोजना हुने सम्मेलनका लागि आवश्यक अन्य सबै तयारी भएपनि प्रमुख अतिथि भारतीय प्रधानमन्त्री मोदी हुने नहुने निश्चित भएको थिएन । यो समाचार अहिले ब्रेकिङ न्यूज बनेको छ ।

नयाँ दिल्लीको भारत मण्डपमा हुने सम्मेलनको दौरान प्रमुख अतिथि भारतीय प्रधानमन्त्री मोदीले संयुक्त राष्ट्रको तर्फबाट संयुक्त संघीय अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को समेत औपचारिक घोषणा गर्नुहुनेछ ।

विश्व सहकारी अभियानको ध्यान केन्द्रीत हुने उक्त सम्मेलनको प्रमुख अतिथि प्रधानमन्त्री मोदी हुने पक्का भएपछि यसले अझ कार्यक्रमको गरिमा र महत्व बढ्ने भारतीय सञ्चार माध्यमहरुले विश्लेषकहरुलाई उद्धृत गर्दै जनाएका छन् । सम्मेलनमा करिब १ सय राष्ट्रका १ हजार बढी सहकारीकर्मीहरुको सहभागिता रहने बताइएको छ ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) स्थापनाको १ सय ३० वर्षे इतिहासमा पहिलो पटक दक्षिण एशियाली मुलुक भारतमा अन्तर्राष्ट्रिय सहकारी सम्मेलन आयोजना हुन गैरहेको छ ।

त्यसमाथि विश्व अर्थतन्त्र अनि विश्व सहकारी मञ्चमा भारतको प्रभुत्व बढिरहेको समयमा यो सम्मेलन नयाँ दिल्लीमा आयोजना गर्न लागिएको हो । विश्वका ३ सय ठूला सहकारीहरुको सूचीमा भारतको इन्डियन फारमर्स फर्टिलाइजर कोपरेटिभ लिमिटेड (इफ्को), अमूल, लगायतका सहकारीहरु अग्रस्थानमा रहेका छन् । सोही कारण हाम्रो छिमेकी मुलक भारत विश्व सहकारीको ध्यान खिच्न सफल भएको छ । 

Cooperatives Build Prosperity for All भन्ने थिममा सञ्चालन हुने सम्मेलनमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसदेखि भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, वातावरण चिन्तक, लेखक तथा अभियन्ता बन्दना शिवा, भारतीय सहकारी मन्त्रालयका सचिव आशिष कुमार भुटानी, आईसीए अध्यक्ष एरियल ग्वार्को, आयोजक इफ्कोका प्रबन्ध निर्देशक उदय शंकर अवस्थी लगायत वक्ता रहनुभएको छ । इफ्को सम्मेलनको प्रमुख आयोजक रहेको छ । सम्मेलनबारे थप जानकारी प्रदान गर्न इफ्कोले आज पत्रकार सम्मेलन पनि गर्दैछ । सम्मेलन ३० नोभेम्बरसम्म सञ्चालन हुनेछ । विश्व सहकारी अभियानको महाकूम्भमा नेपालको सहकारी अभियानबाट पनि प्रतिनिधित्व हुँदैछ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप