'सहकारीहरुलाई पारदर्शी र जवाफदेही बनाउनुपर्छ'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सहकारीहरुलाई पारदर्शी र जवाफदेही बनाउनुपर्छ'

सिन्धुली । हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले सहकारीलाई पारदर्शी र जवाफदेही बनाउनुपर्ने बताउनुभएको छ । गाउँपालिकाले सहकारीका सञ्चालक, पदाधिकारी तथा कर्मचारीहरुलाई लक्षित गरी सञ्चालन गरेको पाँचदिने नेतृत्व तथा क्षमता विकाससम्बन्धी तालिम समापन समारोहलाई सम्बोधन गर्नुहँदै उहाँले सो कुरा बताउनुभएको हो ।

“सहकारीमा अहिले जुन समस्या देखिएको छ, त्यो पारदर्शी र जवाफदेही बन्न नसक्दाको परिणाम हो,” अध्यक्ष वाइबाले भन्नुभयो, “पारदर्शी र जवाफदेही बनाउन सके सहकारीमार्फत आर्थिक र सामाजिकरुपमा धेरै लाभ लिन सकिन्छ ।” उहाँले तालिममा सहभागीहरुबाट सहकारी संस्थाको सुधारमा प्रभावकारी काम गर्ने अपेक्षासमेत व्यक्त गर्नुभयो ।

गत आइतबार सुरु भएको तालिम बिहीबार सम्पन्न भएको छ । तालिममा गाउँपालिकाभित्र सञ्चालित सहकारीका सञ्चालक, पदाधिकारी तथा कर्मचारीहरुलाई सहकारी सञ्चालनसम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिइएको गाउँपालिकाले जनाएको छ ।

तालिमको पहिलो दिन आइतबार नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सहजकर्ता रविन्द्र श्रेष्ठले प्रशिक्षण दिनुभयो । उहाँले सहकारीको अवधारणा, विकासक्रम सहकारीको मूल्यमान्यता र सिद्धान्त, सहकारी संस्था र अन्य संस्थाबीच फरक, सञ्चालक समितिको भूमिका र दायित्व, सहकारीको कोष व्यवस्थापन र महत्त्वलगायत विषयमा प्रस्ट पार्नुभएको कार्यक्रम संयोजक एवं पालिकाका आर्थिक विकास शाखा प्रमुख संजित कार्कीले जानकारी दिनुभयो ।

सहकारीमा हुनसक्ने जोखिमहरु र समाधानका उपाय, सुरक्षित ऋण लगानीको प्रकृया तथा चरणहरु र आवश्यक कागजातको विषयमा पनि श्रेष्ठले प्रशिक्षार्थीहरुलाई जानकारी दिनुभएको थियो ।

बागमती प्रदेशको बचत तथा ऋण सहकारी संघका कृष्णहरी कोइरालाले पनि प्रशिक्षण दिनुभएको थियो । तालिममा सहकारीका पदाधिकारी तथा कर्मचारीलाई पर्ल्स अनुगमन प्रणाली, सहकारी संस्थामा पर्ल्सको महत्त्व, सिद्धान्त तथा पर्ल्स प्रविधिको विषयमा जानकारी गराइएको छ । त्यस्तै सहकारीमा रणनीतिक योजना, आवश्यकता, महत्त्व र रणनीतिक योजना निर्माणको प्रकृया र चरणणहरुको विषयमा पनि प्रशिक्षण गराइएको शाखा प्रमुख कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सहकारी सञ्चालनले विधि र प्रक्रिया राम्रोसँग बुझेर काम गर्न सकेमा सहकारीका समस्या कम हुँदै जाने भएकाले सहकारीका पदाधिकारी र कर्मचारीहरुका लागि तालिम सञ्चालन गरिएको हो ।”

सहकारी संस्थामा हुने सम्पूर्ण कामको व्यवस्थापन गर्ने, व्यवस्थापनलाई प्रभावकारी निर्देशन गर्नका लागि पनि व्यवस्थापक तथा पदाधिकारीले सहकारी ऐन, नियम, संस्थाको विनियम, निर्देशिकालगायतका विषयमा जानकारी राख्नुपर्ने भएकाले व्यवस्थापक तथा पदाधिकारीहरुका लागि तालिम सञ्चालन गरिएको तालिम संयोजक कार्कीले बताउनुभयो ।

तालिममा सहभागीहरुले पाँचदिने तालिमबाट सहकारी व्यवस्थापनसम्बन्धी महत्त्वपूर्ण ज्ञान पाएको बताउनुभयो । उहाँहरुले तालिमबाट प्राप्त ज्ञानलाई आ(आफ्नो सहकारीमा लागू गराउने प्रतिबद्धतासमेत जनाउनुभयो । यस प्रकारको तालिम गाउँपालिकाले समयसमयमा आयोजना गरे सहकारीका समस्या न्यूनीकरणमा महत्तवपूर्ण भूमिका खेल्ने सहभागीहरुको भनाइ थियो ।
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप