'सहकारीहरुलाई पारदर्शी र जवाफदेही बनाउनुपर्छ'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सहकारीहरुलाई पारदर्शी र जवाफदेही बनाउनुपर्छ'

सिन्धुली । हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले सहकारीलाई पारदर्शी र जवाफदेही बनाउनुपर्ने बताउनुभएको छ । गाउँपालिकाले सहकारीका सञ्चालक, पदाधिकारी तथा कर्मचारीहरुलाई लक्षित गरी सञ्चालन गरेको पाँचदिने नेतृत्व तथा क्षमता विकाससम्बन्धी तालिम समापन समारोहलाई सम्बोधन गर्नुहँदै उहाँले सो कुरा बताउनुभएको हो ।

“सहकारीमा अहिले जुन समस्या देखिएको छ, त्यो पारदर्शी र जवाफदेही बन्न नसक्दाको परिणाम हो,” अध्यक्ष वाइबाले भन्नुभयो, “पारदर्शी र जवाफदेही बनाउन सके सहकारीमार्फत आर्थिक र सामाजिकरुपमा धेरै लाभ लिन सकिन्छ ।” उहाँले तालिममा सहभागीहरुबाट सहकारी संस्थाको सुधारमा प्रभावकारी काम गर्ने अपेक्षासमेत व्यक्त गर्नुभयो ।

गत आइतबार सुरु भएको तालिम बिहीबार सम्पन्न भएको छ । तालिममा गाउँपालिकाभित्र सञ्चालित सहकारीका सञ्चालक, पदाधिकारी तथा कर्मचारीहरुलाई सहकारी सञ्चालनसम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिइएको गाउँपालिकाले जनाएको छ ।

तालिमको पहिलो दिन आइतबार नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सहजकर्ता रविन्द्र श्रेष्ठले प्रशिक्षण दिनुभयो । उहाँले सहकारीको अवधारणा, विकासक्रम सहकारीको मूल्यमान्यता र सिद्धान्त, सहकारी संस्था र अन्य संस्थाबीच फरक, सञ्चालक समितिको भूमिका र दायित्व, सहकारीको कोष व्यवस्थापन र महत्त्वलगायत विषयमा प्रस्ट पार्नुभएको कार्यक्रम संयोजक एवं पालिकाका आर्थिक विकास शाखा प्रमुख संजित कार्कीले जानकारी दिनुभयो ।

सहकारीमा हुनसक्ने जोखिमहरु र समाधानका उपाय, सुरक्षित ऋण लगानीको प्रकृया तथा चरणहरु र आवश्यक कागजातको विषयमा पनि श्रेष्ठले प्रशिक्षार्थीहरुलाई जानकारी दिनुभएको थियो ।

बागमती प्रदेशको बचत तथा ऋण सहकारी संघका कृष्णहरी कोइरालाले पनि प्रशिक्षण दिनुभएको थियो । तालिममा सहकारीका पदाधिकारी तथा कर्मचारीलाई पर्ल्स अनुगमन प्रणाली, सहकारी संस्थामा पर्ल्सको महत्त्व, सिद्धान्त तथा पर्ल्स प्रविधिको विषयमा जानकारी गराइएको छ । त्यस्तै सहकारीमा रणनीतिक योजना, आवश्यकता, महत्त्व र रणनीतिक योजना निर्माणको प्रकृया र चरणणहरुको विषयमा पनि प्रशिक्षण गराइएको शाखा प्रमुख कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सहकारी सञ्चालनले विधि र प्रक्रिया राम्रोसँग बुझेर काम गर्न सकेमा सहकारीका समस्या कम हुँदै जाने भएकाले सहकारीका पदाधिकारी र कर्मचारीहरुका लागि तालिम सञ्चालन गरिएको हो ।”

सहकारी संस्थामा हुने सम्पूर्ण कामको व्यवस्थापन गर्ने, व्यवस्थापनलाई प्रभावकारी निर्देशन गर्नका लागि पनि व्यवस्थापक तथा पदाधिकारीले सहकारी ऐन, नियम, संस्थाको विनियम, निर्देशिकालगायतका विषयमा जानकारी राख्नुपर्ने भएकाले व्यवस्थापक तथा पदाधिकारीहरुका लागि तालिम सञ्चालन गरिएको तालिम संयोजक कार्कीले बताउनुभयो ।

तालिममा सहभागीहरुले पाँचदिने तालिमबाट सहकारी व्यवस्थापनसम्बन्धी महत्त्वपूर्ण ज्ञान पाएको बताउनुभयो । उहाँहरुले तालिमबाट प्राप्त ज्ञानलाई आ(आफ्नो सहकारीमा लागू गराउने प्रतिबद्धतासमेत जनाउनुभयो । यस प्रकारको तालिम गाउँपालिकाले समयसमयमा आयोजना गरे सहकारीका समस्या न्यूनीकरणमा महत्तवपूर्ण भूमिका खेल्ने सहभागीहरुको भनाइ थियो ।
 
भर्खरै
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१३ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

१ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

पाठकबाट थप