सहकारी ऐनसहित आधा दर्जन कानुन संशोधनको तयारी, संसद्को हिउँदे अधिवेशनमा विधेयक पेस गरिने 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी ऐनसहित आधा दर्जन कानुन संशोधनको तयारी, संसद्को हिउँदे अधिवेशनमा विधेयक पेस गरिने 

काठमाडौँ । सरकारले संस्थागत सुशासन र नियमनका लागि आधा दर्जन कानुन परिमार्जनको प्रक्रिया पनि अगाडि बढाएको छ । सहकारीको रकम अपचलनमा संलग्नमाथि कानुनी कारबाहीलाई तीव्रता दिइरहेका बेला कानुन परिमार्जनको काम पनि सँँगै अघि बढाइएको हो ।

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदनको सुझाव तथा तत्कालीन समस्या सम्बोधनका लागि कानुन संशोधनको तयारी गरिएको हो । संसद्को हिउँदे अधिवेशनमा विधेयक पेस गर्ने गरी विषय पहिचान भएका छन् । पछिल्लो समय बचत रकम हिनामिनामा संलग्नमाथि चरणबद्ध अनुसन्धान एवं सर्वसाधारणको बचत फिर्ताको प्रक्रिया सरकारले अगाडि बढाइरहेको छ । 

सहकारीसम्बन्धी समस्या सम्बोधन गर्न विधेयकको मस्यौदा तयारीका लागि प्रधानमन्त्री कार्यालयका कानुन सचिव फणीन्द्र गौतमको संयोजकत्वमा गठित समितिले कानुन संशोधनका विषय पहिचान गरेको छ । विषय पहिचान र विधेयक मस्यौदा तर्जुमाका लागि ३० दिनको समय दिएर सचिव गौतमको संयोजकत्वमा समिति बनेको थियो । समितिले सहकारी ऐनसहित प्रचलित आधा दर्जन कानुन संशोधनको विषय पहिचान गरिसकेको छ । अब मस्यौदा तयार पारी पेस हुने छ ।

संयोजक गौतमले संशोधनका मोटामोटी विषय पहिचान भएको र मस्यौदा तर्जुमा गरी चाँडै पेस हुने बताउनुभयो । गौतमले भन्नुभयो, “कुन कुन कानुनमा के कस्ता संशोधन गर्ने भन्ने विषय पहिचान भएका छन् । संस्थागत सुशासनसँगै नियमनसँग जोडिएका कानुन सुधारका लागि हामीले गृहकार्य गरेका छौँ ।”

सहकारी ऐन, नेपाल राष्ट्र बैङ्क ऐन, निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन र बैङ्क तथा वित्तीय संस्थाका प्रचलित ऋण असुलीसँग सम्बन्धित कानुन संशोधनका लागि विषय पहिचान भएका हुन् । समितिले बचत तथा ऋण सहकारीको मर्मलाई थप बलियो बनाउन सहकारी ऐनमा हुने संशोधनका विषय पहिचान गरेको छ । सहकारीको वर्गीकरण, दर्ता, कारोबारको क्षेत्र, बचत रकमको सीमालगायतमा संशोधन गर्न लागिएको छ । ऋण प्रवाह र बचतका विद्यमान व्यवस्थालाई पनि परिमार्जन गर्ने गरी विषय पहिचान भएका छन् । व्यक्तिगत र संस्थागत बचतकर्तालाई फरक सीमा गर्ने गरी गृहकार्य भइरहेको छ । 

यस्तै कर्जा तथा निक्षेप सुरक्षणका लागि पनि कानुनमा व्यवस्था गर्न लागिएको छ । यसका लागि निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन र नेपाल राष्ट्र बैङ्क ऐन संशोधन हुने छ । निक्षेप र कर्जा दुवै सुरक्षणतर्फ निश्चित सिलिङ तोक्ने गरी प्रचलित कानुनमा संशोधन गर्ने गरी विषय पहिचान भएको छ । ऋण असुली न्यायाधीकरणसम्बन्धी कानुन व्यवस्थाका लागि प्रचलित कानुनमा संशोधन गर्न लागिएको छ । सहकारीलाई छुट्टै नियमनकारी निकाय गठन गर्ने गरी विषय पहिचान भएको छ । नियमनकारी निकाय गठनका लागि कानुन सुधारको प्रक्रिया अगाडि बढाइएको हो ।  

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिले पनि सहकारी क्षेत्रका समस्या समाधानका लागि नीतिगत सुझाव दिएको थियो । यस्तै संरचनागत र कानुनी सुधारका लागि पनि समितिले सरकारलाई सुझाएको थियो । समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा कानुन सुधारको प्रक्रिया सरकारले अगाडि बढाएको हो । 

(गोरखापत्र दैनिक)

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप