अन्तर्राष्ट्रिय सहकारी सम्मेलन-२०२४
अन्तर्राष्ट्रिय सहकारी सम्मेलनमा भाग लिन नेपाली सहकारी अभियानको टोली दिल्ली प्रस्थान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अन्तर्राष्ट्रिय सहकारी सम्मेलनमा भाग लिन नेपाली सहकारी अभियानको टोली दिल्ली प्रस्थान

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा यही नोभेम्बर २५ देखि ३० सम्म आयोजना हुने अन्तर्राष्ट्रिय सहकारी सम्मेलन २०२४ मा भाग लिन नेफ्स्कून नेतृत्वसहित नेपाली सहकारी अभियानको एक टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

नेफ्स्कून, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड तथा सञ्चारकर्मी लगायतको टोली आज दिउँसो नयाँ दिल्ली तर्फ गएको हो ।

टोलीमा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सञ्चालक शोभ कुमारी राउत तथा प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा हुनुहुन्छ भने महासंघका तर्फबाट पूर्व अध्यक्ष केशव प्रसाद बडाल, बरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेल तथा निवर्तमान अध्यक्ष मिनराज कडेल सहभागी हुनुहुन्छ ।

यसैगरी,  टोलीमा राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव डा.खगराज शर्मा तथा पत्रकार रुपा घिमिरे सहभागी हुनुहुन्छ ।

टोलीलाई नेफ्स्कूनका कार्यवाहक अध्यक्ष दामोदर अधिकारी, महासचिव घनश्याम अधिकारी तथा निमित्त प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद तिमिल्सिनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामनासहित बिदाई गर्नुभएको थियो । नेफ्स्कून तथा महासंघकातर्फबाट आईसीएको बार्षिक साधारण सभामा पनि सहभागिता जनाउने कार्यक्रम छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय सहकारी सम्मेलन २०२४को उद्घाटन गर्ने तय भएको छ । नयाँ दिल्लीको भारत मण्डपमा हुने सम्मेलनको दौरान प्रमुख अतिथि भारतीय प्रधानमन्त्री मोदीले संयुक्त राष्ट्रको तर्फबाट संयुक्त संघीय अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को समेत औपचारिक घोषणा गर्नुहुनेछ ।

विश्व सहकारी अभियानको ध्यान केन्द्रीत हुने उक्त सम्मेलनको प्रमुख अतिथि प्रधानमन्त्री मोदी हुने पक्का भएपछि यसले अझ कार्यक्रमको गरिमा र महत्व बढ्ने भारतीय सञ्चार माध्यमहरुले विश्लेषकहरुलाई उद्धृत गर्दै जनाएका छन् । सम्मेलनमा करिब १ सय राष्ट्रका १ हजार बढी सहकारीकर्मीहरुको सहभागिता रहने बताइएको छ ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) स्थापनाको १ सय ३० वर्षे इतिहासमा पहिलो पटक दक्षिण एशियाली मुलुक भारतमा अन्तर्राष्ट्रिय सहकारी सम्मेलन आयोजना हुन गैरहेको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१५ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप