मन्थलीको नवजागरण साकोसद्वारा संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यलाई रकम वितरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मन्थलीको नवजागरण साकोसद्वारा संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यलाई रकम वितरण

काठमाडौं । मन्थली नगरपालिका-१ रामेछापस्थित नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संरक्षित पुँजी फिर्ता कोषबाट आफ्ना शेयर सदस्यलाई रकम वितरण गरेको छ ।

शनिबार एक कार्यक्रम संरक्षित पुँजी फिर्ता कोषमा  भएको रकम सेयर सदस्यलाई वितरण गरेको हो । सहकारीले सो कोषको १६ लाख ९८ हजार रुपैँया सेयर सदस्यलाई फिर्ता गरेको संस्थाका व्यवस्थापक रमेश उदासले जानकारी दिनुभयो । 

नवजागरण साकोसका अध्यक्ष सोमेश थापाको अध्यक्षता तथा बागमती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सबैभन्दा बढी रकम फिर्ता पाउने शेयर सदस्यहरूलाई चेक प्रदान गरिएको थियो । अन्य सदस्यको भने खातामा नै रकम पठाइने उदासले बताउनुभयो । 

कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष श्याम थापा, जिल्ला सहकारी संघ, रामेछापका अध्यक्ष हिमाल ढुंगेल, रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहाल, नेफ्स्कून, सदस्य सेवा कार्याल, मन्थलीका इन्चार्ज सूर्यबहादुर थापा, संस्थाको संचालक, लेखा सुपरिवेक्षण समिति, उपसमिति, शेयर सदस्य, कर्मचारीको उपस्थितिमिा २०८०।०८१ मा संस्थाको मुनाफाबाट संरक्षित पूँजी फिर्ता कोषमा भएको १६ लाख बढी रकम संस्थाका शेयर सदस्यहरुलाई वितरण गरिएको हो । जसमा सबैभन्दा बढी रकम रु.२६२६९।८६ प्रदान गरिएको थियो तथा रु.७,०००।–माथि प्राप्त गर्ने शेयर सदस्यहरुको रकम चेक मार्फत वितरण गरिएको थियो ।

उक्त कोषबाट प्रदान गरिएको रकम सम्पूर्ण शेयर सदस्यको शेयर बचत खातामा जम्मा गरिएको तथा संस्थामा ऋण कारोबार गरी ऋण भाखा नघाएका सदस्यहरुले प्राप्त गरेको रकम जगेडा कोषमा जम्मा गरिएको छ ।

उक्त कार्यक्रम संस्थाका सचिव नारायण बहादुर कार्कीले सञ्चालन गर्नु भएको थियो भने स्वागत मन्तव्य कोषाध्यक्ष भिमसेन थापा, संस्थाको गतिविधि व्यवस्थापक रमेशकुमार उदाशले प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रममा संंस्थाका पूर्व अध्यक्ष श्याम थापा, सहसचिव मन्जु दंगाल, सञ्चालकहरु बबिता कार्की, शोभा सुनुवार, सुनिरा श्रेष्ठ र लेखा सुपरिवेक्षण समिति सदस्य जगन्नाथ दाहाललाई प्रशांस पत्र प्रदान गरिएको थियो ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप