रामेछापमा साकोसका व्यवस्थापकहरुसँग अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रामेछापमा साकोसका व्यवस्थापकहरुसँग अन्तरक्रिया

काठमाडौं । नेफ्स्कून मन्थली सदस्य सेवा कार्यालयको आयोजनामा व्यवसाय प्रवर्धनको लागि रामेछाप स्थित लिखुतामाकोशी गा.पा, गोकुलगंगा गा.पा, मन्थली न.पा वडा नं १३, १४ र दोलखा किर्ने मा साकोसका व्यवस्थापकहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

नेफ्स्कून मन्थली सदस्य सेवा कार्यालय व्यवस्थापन उप समिति सदस्य गोविन्द प्रसाद घिमिरेको अध्यक्षतामा आयोेजित कार्यक्रममा रामेछाप जिल्ला बचत संघका अध्यक्ष जगन्नाथ दाहाल प्रमुख अतिथि तथा जनहितकोष साकोसका उपाध्यक्ष गोपाल बहादुर सिवाकोटी अतिथि रहनुभएको थियो । कार्यक्रम लिखुतामाकोशी गा.पा स्थित जनहितकोष साकोसको कार्यक्रम हलमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बचत संघका अध्यक्ष जगन्नाथ दाहालले सुरक्षित र सुशासित साकोस निर्माणमा व्यवस्थापकहरुको मुख्य र महत्वपुर्ण भूमिका रहने भन्दै व्यवस्थापकहरुले साकोसमा काम गर्दै गर्दा विषय विज्ञता हासिल गरी सहकारीको विषयमा जानकार हुने र साकोस सञ्चालक र सदस्यहरुलाई समेत जानकार बनाउनु पर्ने बताउनुभयो । साथै अहिलेको प्रतिकूल परिस्थितिमा साकोसहरु संघको सुपरीवेक्षणमा रही सञ्जाल प्रति ऐक्यवद्ध भई स्तरीय बन्नुपर्ने भन्दै नेफ्स्कूनको छैठौं रणनितिक योजना अनुुसार साकोसहरुलाई संघलेनै जिम्मा लिने गरी काम कार्यान्वयको शुभकामना व्यक्त गर्नुभयो ।

त्यसैगरी जनहितकोष साकोसका उपाध्यक्ष गोपाल बहादुर सिवाकोटीले नेफ्स्कूनले व्यवस्थापकहरुसँगको छलफल कार्यक्रम साकोसहरुलाई पायक पर्ने गरी आफ्नो साकोसको हलमा आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभभयो । उहाँले साकोसमा सञ्चालक समितिमा निर्वाचित हुनेहरु सबै सहकारीको विषयमा जानकार नहुन पनि सक्ने भएकोले उहाँहरुलाई आफ्नो संस्था बारे र सहकारी सञ्चालन बारे जानकारी गराउने कार्यमा समेत व्यवस्थापकको भूमिका महत्वपुर्ण हुने उल्लेख गर्नुभयो ।

कार्यक्रम समापनमा सभाध्यक्ष नेफ्स्कून मन्थली सदस्य सेवा कार्यालय व्यवस्थापन उप समिति सदस्य गोविन्द प्रसाद घिमिरेले सहकारीमा सञ्चालकहरु स्वयंसेवी भूमिकामा रहने भएकोले संस्थाको सम्पूर्ण काममा जिम्मेवारपूर्ण भूमिका निर्वाह गरी कार्यसञ्चालन गर्ने, संस्थालाई आवश्यक पर्ने निति, विधिहरुको खोजी, संशोधन गर्नको लागि आवश्यकता औल्याउने समेत काम व्यवस्थापकबाट गर्नुपर्ने र उक्त कामको लागि सम्पूर्ण सहजीकरण गर्ने र समयानुकुल निति निर्देशनको काम सञ्चालक समितिले गर्नुपर्नेमा जोड दिनुभयो । साथै कार्यक्रममा व्यस्त समयका बाबजूद सहभागी हुने अतिथि, व्यवस्थापकहरु साथै कार्यक्रमको लागि हल र व्यवस्थापन गर्न सहयोग गर्ने जनहितकोष साकोस परीवारलाई नेफ्स्कूनको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा नेफ्स्कून मन्थली सदस्य सेवा कार्यालयका प्रमुख सूर्य बहादुर थापाले संघका वस्तु तथा सेवाहरु, सहकारीका मुल्य, मान्यता सिद्धान्तहरु, नेफ्स्कूनका रणनितिक दशक, छैठौं रणनितिक योजना, सहकारी नियमनको अन्तराष्ट्रिय अभ्यास, नेफ्स्कूनका गरेका प्रयासहरु, स्थिरीकरण कोष, स्तरीकरण कार्यक्रम, जोखिममा आधारित साकोस सुपरीवेक्षण, तालिम, सदस्य सूचना प्रणालीमा तथ्याङ्क अध्यावधिक, सफ्टवेयर साथै साकोसहरुले उधमसिलता र उत्पानमा जोड दिनको सागी लगानीको वातावरण वनाउन र सहरको पैसा गाँउमा ल्याई गाँउको विकास र सदस्यहरुको आय श्रोतको वृद्धीमा साकोसहरुको भुमिका लगायत विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो भने कार्यक्रम व्यवस्थापन संघका व्यवसाय सहायक सुनिता दाहालले गर्नुभएको थियो । कार्यक्रममा ४ महिला सहित १६ जनाको उपस्थिति थियो ।
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप