कैलाश सरलाई स्वास्थ्यलाभको कामना !
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कैलाश सरलाई स्वास्थ्यलाभको कामना !

भक्तपुर । नेपालको सहकारी अभियानका मूर्धन्य व्यक्तित्व एवम् नेफ्स्कूनका पूर्व अध्यक्ष कैशालभक्त प्रधानाङ्गलाई संघको तर्फबाट स्वास्थ्यलाभको कामना व्यक्त गरिएको छ । स्वास्थ्यमा समस्यादेखिएपछि केही समय अस्पतालको बसाइ पश्चात हाल निजी निवास भक्तपुर नगदेशमै स्वास्थ्यलाभ गरिरहनुभएका पूर्व अध्यक्ष प्रधानाङ्गलाई आज नेफ्स्कूनका कार्यवाहक अध्यक्ष दामोदर अधिकारी तथा महासचिव घनश्याम अधिकारीले भेट गरी उहाँको पछिल्लो अवस्थाबारे जानकारी लिदैं स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।

भेटमा नेफ्स्कूनकातर्फबाट कार्यवाहक अध्यक्ष अधिकारी तथा महासचिव अधिकारीले पूर्व अध्यक्षको स्वास्थ्यमा क्रमिक सुधार भएकोमा प्रसन्नता व्यक्त गर्दै चाँडै पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।

आज भेटमा नेफ्स्कूनका तर्फबाट कार्यवाहक अध्यक्ष र महासचिवले संघको आसन्न वार्षिक साधारण सभाबारे पूर्व अध्यक्ष प्रधानाङ्गलाई जानकारी गराउँदै भएको थियो भने उहाँले पनि साकोस अभियान र संघबारे चासो व्यक्त गर्नुभएको थियो । आवाजमा कठिनाइ भएका कारण प्रधानाङ्गले लिखित संवाद गर्नुभएको थियो । उहाँ हाल नेफ्स्कूनका सल्लाहकार हुनुहुन्छ ।

उमेरले ८६ को पनि आधा वर्ष बिताइसक्नुभएका प्रधानाङ्गलाई केही समयअघि स्वास्थ्यमा समस्यादेखिएपछि मध्यपुर अस्पतालमा उपचारार्थ भर्ना हुनुभएको थियो । केही दिन त्यहाँ उपचार गराइ १० दिन अघि उहाँ निजी निवास नगदेश भक्तपुर फर्कनुभएको थियो ।

प्रधानाङ्गले नेफ्स्कूनको हालसम्मको सबैभन्दा बढी समय (१४ वर्ष) अध्यक्ष भई साकोस अभियानको विकास, जागरण र प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । नेफ्स्कून बाहिर रहँदा समेत उहाँ मुलुकको सहकारी अभियानबारे चासो, चिन्तन, अध्ययनमा अधिक समय व्यतित गर्नुहुन्छ ।

अस्तपालमा उपचाररत रहँदा होस् वा घरमा स्वास्थ्यलाभ गरिरहँदा समेत प्रधानाङ्ग सहकारी अभियानबारे नै लेख पढ गर्न तर्फ ल्यापटपमा दस्तावेजीकरण गर्नमा व्यस्त रहिरहने परिवारजन तथा उहाँसँग भेट गर्नुभएका अभियन्ताहरुले बताउने गर्नुहुन्छ ।रोगका बाबजूत सक्रियता तथा उर्जामा कुनै कमी हुन नदिनुभएका उहाँ आज पनि ल्यापटपमै सहकारी अभियानका विषयमा लेखनीमै व्यस्त हुनुहुन्थ्यो ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

११ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप