कैलाश सरलाई स्वास्थ्यलाभको कामना !
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कैलाश सरलाई स्वास्थ्यलाभको कामना !

भक्तपुर । नेपालको सहकारी अभियानका मूर्धन्य व्यक्तित्व एवम् नेफ्स्कूनका पूर्व अध्यक्ष कैशालभक्त प्रधानाङ्गलाई संघको तर्फबाट स्वास्थ्यलाभको कामना व्यक्त गरिएको छ । स्वास्थ्यमा समस्यादेखिएपछि केही समय अस्पतालको बसाइ पश्चात हाल निजी निवास भक्तपुर नगदेशमै स्वास्थ्यलाभ गरिरहनुभएका पूर्व अध्यक्ष प्रधानाङ्गलाई आज नेफ्स्कूनका कार्यवाहक अध्यक्ष दामोदर अधिकारी तथा महासचिव घनश्याम अधिकारीले भेट गरी उहाँको पछिल्लो अवस्थाबारे जानकारी लिदैं स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।

भेटमा नेफ्स्कूनकातर्फबाट कार्यवाहक अध्यक्ष अधिकारी तथा महासचिव अधिकारीले पूर्व अध्यक्षको स्वास्थ्यमा क्रमिक सुधार भएकोमा प्रसन्नता व्यक्त गर्दै चाँडै पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।

आज भेटमा नेफ्स्कूनका तर्फबाट कार्यवाहक अध्यक्ष र महासचिवले संघको आसन्न वार्षिक साधारण सभाबारे पूर्व अध्यक्ष प्रधानाङ्गलाई जानकारी गराउँदै भएको थियो भने उहाँले पनि साकोस अभियान र संघबारे चासो व्यक्त गर्नुभएको थियो । आवाजमा कठिनाइ भएका कारण प्रधानाङ्गले लिखित संवाद गर्नुभएको थियो । उहाँ हाल नेफ्स्कूनका सल्लाहकार हुनुहुन्छ ।

उमेरले ८६ को पनि आधा वर्ष बिताइसक्नुभएका प्रधानाङ्गलाई केही समयअघि स्वास्थ्यमा समस्यादेखिएपछि मध्यपुर अस्पतालमा उपचारार्थ भर्ना हुनुभएको थियो । केही दिन त्यहाँ उपचार गराइ १० दिन अघि उहाँ निजी निवास नगदेश भक्तपुर फर्कनुभएको थियो ।

प्रधानाङ्गले नेफ्स्कूनको हालसम्मको सबैभन्दा बढी समय (१४ वर्ष) अध्यक्ष भई साकोस अभियानको विकास, जागरण र प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । नेफ्स्कून बाहिर रहँदा समेत उहाँ मुलुकको सहकारी अभियानबारे चासो, चिन्तन, अध्ययनमा अधिक समय व्यतित गर्नुहुन्छ ।

अस्तपालमा उपचाररत रहँदा होस् वा घरमा स्वास्थ्यलाभ गरिरहँदा समेत प्रधानाङ्ग सहकारी अभियानबारे नै लेख पढ गर्न तर्फ ल्यापटपमा दस्तावेजीकरण गर्नमा व्यस्त रहिरहने परिवारजन तथा उहाँसँग भेट गर्नुभएका अभियन्ताहरुले बताउने गर्नुहुन्छ ।रोगका बाबजूत सक्रियता तथा उर्जामा कुनै कमी हुन नदिनुभएका उहाँ आज पनि ल्यापटपमै सहकारी अभियानका विषयमा लेखनीमै व्यस्त हुनुहुन्थ्यो ।

भर्खरै
नियमित बचतको माध्यमबाट वृद्धाश्रममा बस्नुपर्ने बाध्यता अन्त्य हुन्छ: नेफ्स्कून महासचिव अधिकारी
नियमित बचतको माध्यमबाट वृद्धाश्रममा बस्नुपर्ने बाध्यता अन्त्य हुन्छ: नेफ्स्कून महासचिव अधिकारी

३ दिन अगाडि

भारत भ्रमण ‘ल्याण्डमार्क भिजिट’ साबित भएको छ 
भारत भ्रमण ‘ल्याण्डमार्क भिजिट’ साबित भएको छ 

४ दिन अगाडि

महाराष्ट्र बचत ऋण सहकारी संघको आयोजनामा अन्तर्राष्ट्रिय सहकारी सम्मेलन-२०२५ सम्पन्न
महाराष्ट्र बचत ऋण सहकारी संघको आयोजनामा अन्तर्राष्ट्रिय सहकारी सम्मेलन-२०२५ सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनद्वारा एनसीयूआइ तथा नाफ्कूबसँग नयाँ दिल्लीमा छलफल
नेफ्स्कूनद्वारा एनसीयूआइ तथा नाफ्कूबसँग नयाँ दिल्लीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनले वित्तीय विवरणमा कुनै छेडखानी नगरेको कोषाध्यक्ष थापाको स्पष्टोक्ति
नेफ्स्कूनले वित्तीय विवरणमा कुनै छेडखानी नगरेको कोषाध्यक्ष थापाको स्पष्टोक्ति

७ दिन अगाडि

हामीले सधै साकोस अभियानलाई साक्षी राखेर काम गरेका छौं : नेफ्स्कून महासचिव अधिकारी
हामीले सधै साकोस अभियानलाई साक्षी राखेर काम गरेका छौं : नेफ्स्कून महासचिव अधिकारी

८ दिन अगाडि

शुभकामना साकोसले रक्त संकलन कक्ष निर्माणमा आर्थिक सहयोग गर्ने
शुभकामना साकोसले रक्त संकलन कक्ष निर्माणमा आर्थिक सहयोग गर्ने

८ दिन अगाडि

नेफ्स्कूनको वित्तीय अवस्थालाई लिएर दिग्भ्रमित हुनुपर्ने अवस्था छैनः कार्यवाहक अध्यक्ष अधिकारी
नेफ्स्कूनको वित्तीय अवस्थालाई लिएर दिग्भ्रमित हुनुपर्ने अवस्था छैनः कार्यवाहक अध्यक्ष अधिकारी

८ दिन अगाडि

लोकप्रिय
भक्तपुरका साकोसहरुबीच वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
भक्तपुरका साकोसहरुबीच वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन

९५५ दिन अगाडि

जिल्ला बचत संघ मोरङको आयोजनामा भोलिदेखि साकोस गोष्ठी सुरु हुने 
जिल्ला बचत संघ मोरङको आयोजनामा भोलिदेखि साकोस गोष्ठी सुरु हुने 

९५९ दिन अगाडि

जोखिम सुपरिवेक्षण कार्यक्रममा सहभागी काठमाडौं दोस्रो समुहको सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 
जोखिम सुपरिवेक्षण कार्यक्रममा सहभागी काठमाडौं दोस्रो समुहको सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 

९६३ दिन अगाडि

दिगो र सुशासित सहकारीका लागि बलियो आन्तरिक नियन्त्रण प्रणाली आवश्यक
दिगो र सुशासित सहकारीका लागि बलियो आन्तरिक नियन्त्रण प्रणाली आवश्यक

२८३ दिन अगाडि

नेफ्स्कून ’कन्सोलिडेटेड’ अवस्थामा पुगेको छ  
नेफ्स्कून ’कन्सोलिडेटेड’ अवस्थामा पुगेको छ  

२८९ दिन अगाडि

नवलपुर जिल्ला बचत संघको आयोजनामा 'लेखा सुपरिवेक्षण समितिको क्षमता विकास तालिम'
नवलपुर जिल्ला बचत संघको आयोजनामा 'लेखा सुपरिवेक्षण समितिको क्षमता विकास तालिम'

३२७ दिन अगाडि

'प्रथम सहकारी डिजिटल कन्क्लेभ’ को सात बुँदे प्रतिबद्धता
'प्रथम सहकारी डिजिटल कन्क्लेभ’ को सात बुँदे प्रतिबद्धता

३३६ दिन अगाडि

सहकारी अभियानको भावनासँग जोडिन्छु र सहयोग गर्छुः मन्त्री अधिकारी
सहकारी अभियानको भावनासँग जोडिन्छु र सहयोग गर्छुः मन्त्री अधिकारी

३४१ दिन अगाडि

पाठकबाट थप