लेखा व्यवस्थापन तालिम
'सहकारी संस्थाको लेखा चुस्त दुरुस्त हुनुपर्छ'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सहकारी संस्थाको लेखा चुस्त दुरुस्त हुनुपर्छ'

काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी संघ लि.,नवलपरासी (ब.सु.पूर्व) को आयोजनामा मंसिर १४ गतेदेखि १६ गतेसम्म कावासोतीमा लेखा व्यवस्थापन तालिम आयोजना गरिएको छ । तालिममा ४३ जनाको सहभागिता थियो ।

बचत संघका कार्यवाहक अध्यक्ष बद्रिनाथ नेपालको अध्यक्षता रहेको तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका कार्यवाहक अध्यक्ष दामोदर अधिकारी रहनुभएको थियो भने संघका सञ्चालक गोपाल प्रसाद गौतम, सहायक कार्यकारी अधिकृत राधेश्याम श्रेष्ठ, संघको चितवन सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमतिति सदस्य केदारनाथ न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेफ्स्कूनका कार्यवाहक अध्यक्ष दामोदर अधिकारीले सहकारी संस्थाको लेखा चुस्त दुरुस्त हुनुपर्ने भन्दै आन्तरिक नियन्त्रण प्रणालीमा लेखा राख्ने कर्मचारी महत्वूर्ण भूमिका रहने बताउनुभयो । सहकारी संस्थामा सुशासनको आवश्यकतामा जोड दिदैं कार्यवाहक अध्यक्ष अधिकारीले तालिम सफलताको शुभकामना कामना व्यक्त गर्नुभयो । 

समापनका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघ नेपालका सञ्चालक होमनाथ जैसीले सहकारी क्षेत्रमा काम गर्ने कर्मचारीहरुले उच्च मनोवलका साथ काम गर्नुपर्ने बताउनुभयो । केही संस्थामा समस्या आएको भएता पनि अधिकांश संस्थामा समस्या नभएको उहाँले जीकिर गर्नुभयो ।सदस्यहरुमा सकारात्मक सन्देश प्रवाह गर्न कर्मचारीको अहम् भूमिका रहने उहाँको भनाइ थियो । तालिम सहजीकरण नेफ्स्कूनका अधिकृत उमेश कोइरालाको रहेको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप