नेफ्स्कून-डिएसआईके रणनीतिक सहकार्य
‘कृषकहरुका लागि व्यवसाय खेल तालिम’ काठमाडौंमा सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘कृषकहरुका लागि व्यवसाय खेल तालिम’ काठमाडौंमा सुरु

काठमाडौं । नेफ्स्कून तथा जर्मनीको सेभिङज् बैंक अन्तर्गतको विकास नीति हेर्ने अंग (डीएसआईके) को आयोजनामा ३ दिवसीय कृषकहरुका लागि व्यवसाय खेल तालिम ज मंसिर १८ गते काठमाडौंमा सुरु भएको छ । तालिममा साकोस तथा संघहरुबाट गरी २५ जनाको सहभागिता छ । 

नेफ्स्कून र जर्मनीको स्पार्कासन्स फाइनान्स ग्रुप अन्तर्गतको डिएसआईके (जर्मन स्पार्कासन्स स्टिफटुङ फर इन्टरनेशनल कोअपरेसन) बीचको रणनीतिक साझेदारी अन्तर्गत यो तालिम आयोजना गरिएको हो ।

स्पार्कासन्स फाइनान्स ग्रुपले डिएसआईके मार्फत वित्तीय पहुँच अभिवृद्धि गरी गरिबी निवारणमा भूमिका निर्वाह गर्ने विषयमा सफल साबित आफ्नो मोडललाई मुलुकको सीमा र त्यो भन्दा पर विकासोन्मुख तथा उदीयमान अर्थतन्त्रहरुमा लागू गर्दै आएको छ ।

सोही सन्दर्भमा नेपालमा पनि सहकारीका सदस्यहरुमार्फत कृषि क्षेत्रमा संलग्न सदस्यहरुलाई आफ्नो व्यवसायको स्थापनादेखि बजारीकरणसम्म सहयोग पुग्ने हेतुले नेफ्स्कूनसँगको साझेदारीमार्फत आज यो तालिम सञ्चालन गरिएको हो । 

यसैबीच, तालिम उद्घाटन कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले डिएसआईकेसँगको रणनीतिक सहकार्यमार्फत नेपालको साकोस अभियान र अभियनामा आवद्ध सदस्यहरु लाभान्वित हुन सक्ने भन्दै तालिममार्फत व्यक्तिगत र संस्थागत सक्षमता विकास गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो । साथै उहाँले, तालिम आयोजनामा प्राविधिक सहजीकरणका लागि डिएसआईकेका विभिन्न मुलुकस्थित लङ टर्म एक्सपर्टहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । यस्ता, अन्तर्राष्ट्रिय सहकार्यमार्फत नेपालको साकोस अभियानलाई उत्पादनशील क्षेत्रमा ध्यान केन्द्रित गरी सदस्यहरुको जीवनस्तरमा तात्विक सुधार गर्न पुग्ने विश्वास अध्यक्ष ढकालले व्यक्त गर्नुभयो ।

तालिमको सुरुवातमा उत्प्रेरणा सार्थ उद्देश्यमाथि डिएसआईकेका क्रिश्चियन ग्राजेकले प्रकाश पार्नुभएको थियो भने कार्यक्रममा लौरा स्कियालो, प्रशिक्षक एड्विन् क्याडापाट, प्रशिक्षण सहयोगी थान टुङ फान, अनुवादक झमक नारायण श्रेष्ठ रहनुभएको छ । नेफ्स्कूनका बरिष्ठ अधिकृत नविनराज दाहालले तालिमको संयोजन गर्नुभएको छ भने व्यवस्थापन सहयोग अधिकृतद्वय रिता सुवेदी तथा पवन घिमिरेको रहेको छ ।

सहभागीहरुले तालिमामार्फत आफ्नो संस्थामा आवद्ध कृषक सदस्य तथा कृषि कर्ममा लाग्न चाहने सदस्यहरुलाई व्यवासको सुरुवाती चरणदेखि बजारीकरण तथा ब्राण्डिङसम्मका विषयमा प्राविधिक सहजीकरण गर्न सहज हुने अपेक्षा र विश्वास लिनुभएको छ ।

डिएसआईकेसँगको समन्वयमा नेफ्स्कूनले यसघि बिजनेश गेम सिमुलेशन, बचत खेल र लघु उद्यम खेल प्रशिक्षक प्रशिक्षण आदि तालिमहरु सञ्चालन गरिसकेको छ ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

१ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१ घण्टा अगाडि

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र
नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

१४ घण्टा अगाडि

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१५ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१५ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

१ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप