नेफ्स्कून-डिएसआईके रणनीतिक सहकार्य
‘कृषकहरुका लागि व्यवसाय खेल तालिम’ काठमाडौंमा सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘कृषकहरुका लागि व्यवसाय खेल तालिम’ काठमाडौंमा सुरु

काठमाडौं । नेफ्स्कून तथा जर्मनीको सेभिङज् बैंक अन्तर्गतको विकास नीति हेर्ने अंग (डीएसआईके) को आयोजनामा ३ दिवसीय कृषकहरुका लागि व्यवसाय खेल तालिम ज मंसिर १८ गते काठमाडौंमा सुरु भएको छ । तालिममा साकोस तथा संघहरुबाट गरी २५ जनाको सहभागिता छ । 

नेफ्स्कून र जर्मनीको स्पार्कासन्स फाइनान्स ग्रुप अन्तर्गतको डिएसआईके (जर्मन स्पार्कासन्स स्टिफटुङ फर इन्टरनेशनल कोअपरेसन) बीचको रणनीतिक साझेदारी अन्तर्गत यो तालिम आयोजना गरिएको हो ।

स्पार्कासन्स फाइनान्स ग्रुपले डिएसआईके मार्फत वित्तीय पहुँच अभिवृद्धि गरी गरिबी निवारणमा भूमिका निर्वाह गर्ने विषयमा सफल साबित आफ्नो मोडललाई मुलुकको सीमा र त्यो भन्दा पर विकासोन्मुख तथा उदीयमान अर्थतन्त्रहरुमा लागू गर्दै आएको छ ।

सोही सन्दर्भमा नेपालमा पनि सहकारीका सदस्यहरुमार्फत कृषि क्षेत्रमा संलग्न सदस्यहरुलाई आफ्नो व्यवसायको स्थापनादेखि बजारीकरणसम्म सहयोग पुग्ने हेतुले नेफ्स्कूनसँगको साझेदारीमार्फत आज यो तालिम सञ्चालन गरिएको हो । 

यसैबीच, तालिम उद्घाटन कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले डिएसआईकेसँगको रणनीतिक सहकार्यमार्फत नेपालको साकोस अभियान र अभियनामा आवद्ध सदस्यहरु लाभान्वित हुन सक्ने भन्दै तालिममार्फत व्यक्तिगत र संस्थागत सक्षमता विकास गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो । साथै उहाँले, तालिम आयोजनामा प्राविधिक सहजीकरणका लागि डिएसआईकेका विभिन्न मुलुकस्थित लङ टर्म एक्सपर्टहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । यस्ता, अन्तर्राष्ट्रिय सहकार्यमार्फत नेपालको साकोस अभियानलाई उत्पादनशील क्षेत्रमा ध्यान केन्द्रित गरी सदस्यहरुको जीवनस्तरमा तात्विक सुधार गर्न पुग्ने विश्वास अध्यक्ष ढकालले व्यक्त गर्नुभयो ।

तालिमको सुरुवातमा उत्प्रेरणा सार्थ उद्देश्यमाथि डिएसआईकेका क्रिश्चियन ग्राजेकले प्रकाश पार्नुभएको थियो भने कार्यक्रममा लौरा स्कियालो, प्रशिक्षक एड्विन् क्याडापाट, प्रशिक्षण सहयोगी थान टुङ फान, अनुवादक झमक नारायण श्रेष्ठ रहनुभएको छ । नेफ्स्कूनका बरिष्ठ अधिकृत नविनराज दाहालले तालिमको संयोजन गर्नुभएको छ भने व्यवस्थापन सहयोग अधिकृतद्वय रिता सुवेदी तथा पवन घिमिरेको रहेको छ ।

सहभागीहरुले तालिमामार्फत आफ्नो संस्थामा आवद्ध कृषक सदस्य तथा कृषि कर्ममा लाग्न चाहने सदस्यहरुलाई व्यवासको सुरुवाती चरणदेखि बजारीकरण तथा ब्राण्डिङसम्मका विषयमा प्राविधिक सहजीकरण गर्न सहज हुने अपेक्षा र विश्वास लिनुभएको छ ।

डिएसआईकेसँगको समन्वयमा नेफ्स्कूनले यसघि बिजनेश गेम सिमुलेशन, बचत खेल र लघु उद्यम खेल प्रशिक्षक प्रशिक्षण आदि तालिमहरु सञ्चालन गरिसकेको छ ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

५ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप