सन्दर्भः ३३औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस
फरक क्षमताको पहिचान, नमूना महिला साकोसले गर्छ सम्मान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
फरक क्षमताको पहिचान, नमूना महिला साकोसले गर्छ सम्मान

काठमाडौं । रुपन्देहीस्थित नमूना महिला बचत तथा ऋण सहकारी संस्था लि. ले ३३औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा संस्थाको कार्यक्षेत्रभित्रका फरक क्षमता भएकाहरुलाई सम्मानसँगै अन्तरक्रिया कार्यक्रम गरेको छ । साकोसकी अध्यक्ष जमुना उपाध्यायको अध्यक्षता, बुटवल उपमहानगरपालिका १६ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलको आतिथ्यता, उपाध्यक्ष उमा पोखरेलको स्वागत, तथा सचिव मिना घर्तीको सञ्चालनमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

नमूना महिला साकोसले सहकारी सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्षेत्रभित्रका बुबाआमा, दाजुभाइ, दिदीबहिनी गरी ८७ जनालाई सम्मान गरेको हो ।

कार्यक्रममा अपाङ्ग महिला संघकी अध्यक्ष कल्पना ढकाल, साकोसकी संस्थापक अध्यक्ष रमा खड्का, प्रमुख अतिथि लगायतका वक्ताहरुले स्थानीय स्तरमा रहेका सहकारीहरुमध्ये नमूना महिलाले उत्कृष्ट कार्य गर्दै आएको भन्दै प्रशंसा गर्नुभएको थियो । आफ्नो सदस्यता नरहेपनि नमूना महिला साकोसले घरभित्र रहेका आफन्तहरुलाई बाहिर ल्याउने वातावरण निर्माण गरेकोमा कृतज्ञता व्यक्त गर्दै सदस्य बन्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

आगामी दिनमा पनि समुदायको हितका निम्ति यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदैं विशिष्ट पहिचान स्थापित गर्ने दिशामा अग्रिम शुभकामना दिनुभएको थियो ।

भर्खरै
नेफ्स्कून सञ्चालक पौड्याल लुस्कून अध्यक्ष निर्वाचित

२१ घण्टा अगाडि

जिल्ला बचत संघ पर्साको अध्यक्षमा पटेल विजयी

२२ घण्टा अगाडि

'सहकारी अध्यादेश बचत ऋण सहकारीहरुप्रति अनुदार छ'  

साकोस अभियानका मुद्दाहरुमा सबै तहका संघबीच साझ बुझाइ आवश्यक: नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारी

२३ घण्टा अगाडि

खुल्ला प्रतिस्पर्धा मार्फत कर्मचारी माग गरिएको सूचना

४ दिन अगाडि

‘प्रतिस्थापन विधेयकमार्फत सहकारी अध्यादेशलाई समसामयिक बनाउँछौं’ : सचिव पोखरेल

८ दिन अगाडि

क्रेडिट यूनियन डेभलपमेन्ट फाउन्डेशन अफ नेपालको अध्यक्षमा नेफ्स्कूनका पूर्व अध्यक्ष डी.बी. वस्नेत चयन  
क्रेडिट यूनियन डेभलपमेन्ट फाउन्डेशन अफ नेपालको अध्यक्षमा नेफ्स्कूनका पूर्व अध्यक्ष डी.बी. वस्नेत चयन...

११ दिन अगाडि

सहकारी अध्यादेश २०८१ को सम्बन्धमा नेफ्स्कूनद्वारा जारी प्रेस विज्ञप्ती

लोकप्रिय
'सहकारी अध्यादेश बचत ऋण सहकारीहरुप्रति अनुदार छ'  
'सहकारी अध्यादेश बचत ऋण सहकारीहरुप्रति अनुदार छ'  

२२ घण्टा अगाडि

साकोस अभियानका मुद्दाहरुमा सबै तहका संघबीच साझ बुझाइ आवश्यक: नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारी
साकोस अभियानका मुद्दाहरुमा सबै तहका संघबीच साझ बुझाइ आवश्यक: नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारी

२३ घण्टा अगाडि

सामूहिक साकोसको तेस्रो विस्तारित मञ्च कार्यक्रम सम्पन्न 

९२६ दिन अगाडि

चितवनमा जोखिम व्यवस्थापनका उपाय विषयक कार्यक्रम सञ्चालन

५८६ दिन अगाडि

सहकारी सद्भावना भ्रमणमा नेपाल आइपुगेका बङ्लादेशी सहकारीकर्मीलाई नेफ्स्कूनद्वारा स्वागत 

५९७ दिन अगाडि

कैलालीमा सहकारी क्षेत्रका चुनौती र नेतृत्वको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

६०५ दिन अगाडि

तनहूँमा सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम सञ्चालन

६१२ दिन अगाडि

मन्त्री र रजिष्ट्रारलाई महासंघले बुझायो १३ बुँदे माग

६२४ दिन अगाडि

पाठकबाट थप