महेन्द्रनगरमा 'साकोस व्यवस्थापकहरुसँग अन्तरक्रिया'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महेन्द्रनगरमा 'साकोस व्यवस्थापकहरुसँग अन्तरक्रिया'

काठमाडौं । नेफ्स्कन कञ्चनपुर सदस्य सेवा कार्यालयको आयोजनामा आज मंसिर १७ गते महेन्द्रनगरमा व्यवसाय प्रवर्धनका लागि साकोस व्यवस्थापकहरुसगँ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेफ्स्कूनका सञ्चालक सदस्य दिप्ती शाहीको अध्यक्षतामा सञ्चालित कार्यक्रमको अतिथिहरुमा कञ्चनपुर बचत संघका अध्यक्ष भवानी चन्द, कञ्चनपुर कोअपरेटिभ म्यानेजर्स क्लबका अध्यक्ष गणेश भट्ट, क्लबका पदाधिकारी सहित साकोस ब्यवस्थापकहरुको सहभागिता थियो । 

नेफ्स्कून सञ्चालक दिप्ती शाहीले कार्यक्रममा व्यवस्थापहरुको जिज्ञासाको सम्बोधन गर्नुभएको थियो । उहाँले ब्यवस्थापकहरुलाई साकोसको बलिया खम्बा बताउँदै यस्ता कार्यक्रमहरुमार्फत सिकाइ र अनुभवमा थप निखार आउने दाबी गर्नुभयो । यस्ता कार्यक्रमलाई सिकाइ अवसरका रुपमा लिन उहाँले आग्रह गर्नुभयो । नेफ्स्कूनका वस्तु तथा सेवाबाट अधिकतम लाभ लिन आग्रह गर्नुभयो ।

कार्यक्रममा संघका बस्तु तथा सेवा, व्यावसायिक क्रियाकलाप आदिबारे  नेफस्कून कञ्चनपुर सदस्य सेवा कार्यालय प्रमुख यम डाँगीले सहजीकरण गर्नुभएको थियो । कञ्चनपुर म्यानेजर्स क्लबलाई कसरी सिकाइ तथा असल अभ्यासको प्लेटफर्म बनाउन सकिन्छ भन्ने बिषयलाई जोड दिदै क्लबको बार्षिक साधारणसभा गर्ने निर्णयका साथै विविध विषयमा निर्णय समेत भएको छ ।

बचत संघका अध्यक्षले सम्पूर्ण ब्यवस्थापकलाई नेफस्कूनसँग जोडिएर वित्तीय सेवाको लाभ लिन आग्रह गर्नुका साथै, केन्द्रिय संघहरु सँग जोडिएर बचत संघ काम गर्न तयार रहेको पनि बताउनु भयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप