गण्डकी पहिलो क्लष्टरको पहिलो पाम
सहकारी अभियानमा ऐक्यबद्धताको खाँचो छ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियानमा ऐक्यबद्धताको खाँचो छ 

पोखरा । नेफस्कूनले गण्डकी पहिलो क्लष्टरको पहिलो कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला (पाम) आज २०८१ मंसिर १७ गते पोखरामा सञ्चालन गरेको छ । कार्यशालामा २८ वटा संस्थाबाट प्रतिनिधित्व रहेको छ । नेफ्स्कूनले 'पाम' सञ्चालन शैलीमा गरेको परिमार्जनपछिको प्रोवेसन गण्डकी पहिलो क्लष्टरको यो पहिलो कार्यशाला हो ।

कार्यशालाको उद्घाटनमा नेफ्स्कूनको संचालक सदस्य कमला देवी गिरीले अहिले सहकारी अभियानमा ऐक्यबद्धताको खाँचो औंल्याउनुभयो । संस्थागत शुसासन तथा वित्तीय सुस्वास्थ्य कायम गर्न प्रेवेशन कार्यक्रम महत्वपूर्ण रहेको बताउँदै उहाँले अभियानमा प्रश्न चिन्ह खडा नहुने गरी काम गर्नपर्ने बताउनुभयो । साथै उहाँले पाम सञ्चालनको शैलीमा परिमार्जन गरिएको बताउँदै संस्थागत सुशासन, वित्तीय स्वास्थ्य र सहकारीको छवि निर्माणमा सबैको भूमिका आवश्यक भएको बताउनुभयो । अभियानमाथि हिलो छ्याप्ने काम भैरहेको समयमा अहिले सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा सञ्चालक गिरीको विशेष जोड थियो । उहाँले शुसासनको परिपालनासहित नीति विधिको परिधिभित्र नरही सहकारी संचालन गर्दा समस्यामा आएको बताउँदै यस कार्यक्रमले उक्त कुराहरु सुधार हुने दाबी गर्नुभयो ।  

साथै उहाँले पुस ५ र ६ गते बुटवलमा आयोजना हुने नेफ्स्कूनको ३३औं वार्षिक साधारण सभामा यो क्लष्टरको तर्फबाट उत्साहजनक सहभागिताको लागि आग्रह समेत गर्नुभयो । 

कार्यक्रममा संघको पोखरा सदस्य सेवा  व्यवस्थापन उपसमितिका सदस्यहरु, संघका पूर्व सञ्चालक एवम् पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ लगाएत २८ वटा साकोसवाट ५५ जनाको सहभागिता छ । कार्यक्रममा ऋणका कागजात व्यवस्थापन र ऋणको कानुनी प्रकृयाको बिषयमा संघका कानुनी सल्लाहकार अधिवक्ता शिब अधिकारीले सहजीकरण गर्नुभएको छ ।

यसैगरी, संघका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल र  बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले सुचकहरुमा छलफल गर्नुभएको छ । कार्यक्रम संचालनका क्रममा संघका कार्यक्रम अधिकृत बिनोद ढकालले सबै साकोसको पल्स सुचकहरुबारे प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा संघका कार्यक्रम अधिकृत मनोज खडका, व्यवसाय अधिकृत सुरज चालिसेको समेत सहभागिता छ । कार्यक्रम रोयल दिदीबहिनी किचन, बुद्धचोक पोखरामा सञ्चालन भइरहेको छ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

८ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

८ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप