गण्डकी पहिलो क्लष्टरको पहिलो पाम
सहकारी अभियानमा ऐक्यबद्धताको खाँचो छ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियानमा ऐक्यबद्धताको खाँचो छ 

पोखरा । नेफस्कूनले गण्डकी पहिलो क्लष्टरको पहिलो कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला (पाम) आज २०८१ मंसिर १७ गते पोखरामा सञ्चालन गरेको छ । कार्यशालामा २८ वटा संस्थाबाट प्रतिनिधित्व रहेको छ । नेफ्स्कूनले 'पाम' सञ्चालन शैलीमा गरेको परिमार्जनपछिको प्रोवेसन गण्डकी पहिलो क्लष्टरको यो पहिलो कार्यशाला हो ।

कार्यशालाको उद्घाटनमा नेफ्स्कूनको संचालक सदस्य कमला देवी गिरीले अहिले सहकारी अभियानमा ऐक्यबद्धताको खाँचो औंल्याउनुभयो । संस्थागत शुसासन तथा वित्तीय सुस्वास्थ्य कायम गर्न प्रेवेशन कार्यक्रम महत्वपूर्ण रहेको बताउँदै उहाँले अभियानमा प्रश्न चिन्ह खडा नहुने गरी काम गर्नपर्ने बताउनुभयो । साथै उहाँले पाम सञ्चालनको शैलीमा परिमार्जन गरिएको बताउँदै संस्थागत सुशासन, वित्तीय स्वास्थ्य र सहकारीको छवि निर्माणमा सबैको भूमिका आवश्यक भएको बताउनुभयो । अभियानमाथि हिलो छ्याप्ने काम भैरहेको समयमा अहिले सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा सञ्चालक गिरीको विशेष जोड थियो । उहाँले शुसासनको परिपालनासहित नीति विधिको परिधिभित्र नरही सहकारी संचालन गर्दा समस्यामा आएको बताउँदै यस कार्यक्रमले उक्त कुराहरु सुधार हुने दाबी गर्नुभयो ।  

साथै उहाँले पुस ५ र ६ गते बुटवलमा आयोजना हुने नेफ्स्कूनको ३३औं वार्षिक साधारण सभामा यो क्लष्टरको तर्फबाट उत्साहजनक सहभागिताको लागि आग्रह समेत गर्नुभयो । 

कार्यक्रममा संघको पोखरा सदस्य सेवा  व्यवस्थापन उपसमितिका सदस्यहरु, संघका पूर्व सञ्चालक एवम् पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ लगाएत २८ वटा साकोसवाट ५५ जनाको सहभागिता छ । कार्यक्रममा ऋणका कागजात व्यवस्थापन र ऋणको कानुनी प्रकृयाको बिषयमा संघका कानुनी सल्लाहकार अधिवक्ता शिब अधिकारीले सहजीकरण गर्नुभएको छ ।

यसैगरी, संघका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल र  बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले सुचकहरुमा छलफल गर्नुभएको छ । कार्यक्रम संचालनका क्रममा संघका कार्यक्रम अधिकृत बिनोद ढकालले सबै साकोसको पल्स सुचकहरुबारे प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा संघका कार्यक्रम अधिकृत मनोज खडका, व्यवसाय अधिकृत सुरज चालिसेको समेत सहभागिता छ । कार्यक्रम रोयल दिदीबहिनी किचन, बुद्धचोक पोखरामा सञ्चालन भइरहेको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३६ दिन अगाडि

पाठकबाट थप